सहकारी ठगी काण्डबाट उम्किन रवि ओलीको सरणमा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेले उपप्रधानसहित गृह मन्त्रालय सम्हालेको ३ महिनाभन्दा बढि भइसकेको छ । गृहमन्त्री रवि लामिछानेले सरकार बाहिर रहँदा भष्टाचारको मुद्दा एकएक गरी केलाएर कारबाही गर्छु भनेका थिए । त्योसँगै निर्मला पन्तको बलत्कार हत्यामा संलग्न भएका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने भनेका थिए । त्यो पनि ल्याउन सकेका छैनन् । तत्कालीन सरकारको पालामा भुटानी शरणार्थी काण्डमा मुछिएर फरार भएका १० जनालाई पक्राउ गर्न सकेका छैनन् । गिरीबन्घु टि–स्टेटको जग्गा खरिद काण्डमा मुछिएका व्यक्तिहरुलाई गृहमन्त्री लामिछानेले पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।

उल्टै आफै सहकारी ठगीमा मुछिएपछि चोर बाटो प्रयोग गरी छनबीन समिति नै निषेध पार्ने रणनीतिमा लागिपरेका छन् । ढिलोचाडो सहकारी ठगी काण्डमा रवि लामिछाने दोषी नठहरिएलान् भन्न सकिँदैन । नेपाली उखानमा ‘काले काले मिलेर खाउँ भाले’ भनिएजस्तो एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति रवि लामिछोबीच मिलेमतो गरी सहकारी ठगीकाण्डलाई ढिसमिस पार्ने काम भइरहेको छ । यदि रवि लामिछाने सहकारी ठगी काण्डमा दोषी ठहरिएमा यो सरकार नै गिर्ने अवस्था छ भने अर्कोतिर अधिकांश सहकारी सञ्चालकहरु वामपन्थी र कांग्रेस निकट नेताहरु मुछिने पनि त्यतिकै सम्भावना देखिन्छ ।सरकारले सहकारी ठगी काण्डका नाइकेहरुलाई जोगाउने परिपञ्च रचिरहेको छ ।

उता, गृहमन्त्री लामिछानेले नेपाल प्रहरीभित्र डिआइजी सरुवामा पनि खेलोफड्को गरेर आर्थिक लाभ लिएका थिए । रविले सहकारी ठगीबाट जोगिनको लागि नेपाल प्रहरीका आइजीपी नै फेर्ने तरखर भित्रि रुपमा चलाइरहेता पनि त्यो सफल भने हुन सकेको छैन । रविले प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाइ चलायमान बनाउँछु भनेतापनि त्यो काम गर्न सकेका छैनन् । त्यसैगरी, गृहसचिव एकनारायण अर्याल एमाले भएकै कारण एमालेका अध्यक्ष केपी ओलीले गृहसचिव अर्याललाई जे आदेश दिन्छन् त्यहि आदेशको भरमा रवि लामिछाने चल्ने गरेका छन् ।

रास्वपाको जति पहिला चर्चा थियो अहिले सरकारमा गएपछि पार्टीको चर्चा हराएको छ । किनकी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा गएर जनता र देशको कामभन्दा पनि भ्रष्टाचारी र विकृतिलाई प्रोत्साहन गर्दै लगेका छन् । त्यसकारणले पनि रास्वपाको नाम गुमनाम बन्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *