एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ला ?

राजनीति लेख

रामचन्द्र बस्नेत
ठूला भनिएका राजनीतिक दलहरु जब महाधिवेशन आउँछ अनि अध्यक्ष र सभापतिको लागि तँछाडमछाड गरेर गुटबन्दीमा उत्रिन्छन् । नेपाली कांग्रेसबाट झाँगिएको त्यो रोग अहिले आएर नेकपा एमाले, माओवादी केन्द्र, जसपाहुँदै एकीकृत समाजवादी पार्टीमा देखिन थालेको छ । शीर्ष नेताहरुबीच आन्तरिक सहमति र सहकार्य नहुँदा पार्टीभित्र विकृति र विसंगतिका चाङहरु फैलिँदै गएका छन् । त्यसको फाइदा स्वतन्त्रहरुले उठाउँदै गएका छन् । नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको भिडन्तले विभिन्न भ्रातृ संघं, संगठनको अधिवेशन समेत हुन सकेको छैन ।

त्यसैगरी नेकपा एमालेभित्र केपी ओली र माधव नेपालको भिडन्तले गर्दा पार्टी नै दुई फ्याक हुन पुग्यो । त्यसपछि गठन भएको एकीकृत समाजवादी पार्टीले आगामी १६ देखि २० गतेभित्र १० औं अधिवेशन गर्दै छ । सो अधिवेशनमा तीन जनाको भिडन्त हुने देखिन्छ । त्यसमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, पार्टी अध्यक्ष माधव नेपाल र नेता घनश्याम भुसाललले अध्यक्षको दावी गरिरहेका छन् । तीनजना नेतामध्येमा कसले अध्यक्षको लागि वाजी मार्ने हुन् त्यो निश्चित छैन । भरखर जन्मिएको पार्टी भएकाले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना त्यत्तिकै छ । तर, अस्वस्थ प्रतिस्पर्धा गर्ने हो भने पार्टीभित्र गुट जन्मिने देखिन्छ । अहिलेसम्म जुनसुकै पार्टीभित्र अधिवेशनको विषयलाई लिएर गुट जन्मिने गरेको छ ।

अधिवेशनको ह्याङबाट जन्मिएको गुटले पार्टीलाई कमजोर बनाउदै लाने र त्यसको असर देश र जनतालाई पर्ने गरेको छ । नेकपा एकीकृत समाजवादीमा हुँदै गरेको अधिवेशनले पार्टीभित्र कस्तो मोड लिने हो त्यो निश्चित छैन । तर, समग्र रुपमा अन्य पार्टीको अधिवेशनभन्दा फरक धार र फरक विचार राखेर नेताहरुबीच स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने हुन्छ । यदि त्यो गरिएन भने एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरुवीच मतभेद सिर्जना हुने र कार्यकर्ता लाखापाखा लाग्ने सम्भावना त्यत्तिकै छ । त्यसलाई चिर्नको लागि पनि एकीकृत समाजवादीका नेताहरु एक भएर अगाडि बढ्नुपर्ने र एमाले र अन्य वामपन्थी पार्टीका कार्यकर्ता एस पार्टीमा आकर्षित गर्नको लागि पहल गर्नुपर्ने देखिन्छ ।

त्यसमा शीर्ष नेताहरुले ध्यान दिन जरुरी छ । अहिलेसम्म अन्य ठूला दलहरु पार्टीको महाधिवेशनबाट संगठन चुस्तदुरुस्त हुनुपर्नेमा झन् गुटगत रुपमा छिन्नभिन्न हुने गरेका छन् । तर, एकीकृत समाजवादीमा त्यस्तो सम्भावना देखिँदैन । किन कि यो पार्टीको दशौं अधिवेशनले सबै तह, तप्का, वर्ग समुदायमा संगठन बलियो र चलायमान बनाउन सक्ने नेतृत्व छान्न प्रयास गर्ने छ भन्ने आमकार्यकर्ता, बुद्धिजीवी र पत्रकारहरुले आशा राखेका छन् । त्यसमा शीर्ष नेताहरुले ध्यान दिन जरुरी देखिन्छ । अन्यथा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्तै व्यक्तिगत गुटमा नहोमिउन् भन्ने कामना पनि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *