उद्योग विभाग र कम्पनी रजिष्ट्रार भष्टाचारको अखडा, मन्त्री भण्डारी रमिते

राजनीति समाचार

काठमाडौं । सरकार गठन भएको ३ महना पुरा भइसक्दा पनि सरकारले अझै ठोस काम गर्नसकेको छैन । सरकारभित्रै असन्तुष्टि बढ्दै गएको छ । सरकारले पटक पटक गरी १२२ जना सहसचिवहरुको सरुवा गरेको छ । त्योसँगै ३१ जना सहसचिवहरुको सरुवा गरिसकेको छ । सरुवा सचिवमध्येमा भूमि सचिव, खानेपानी सचिव, रक्षा सचिव, सर्तकता केन्द्रका सचिव रहेका छन् भने कतिपय सहसचिवहरु सरुवामा पर्ने हुन् त्यो निश्चित छैन ।

प्रशासन महाशाखाका सहसचिवहरुलाई सरकारले सरुवा गरेतापनि अझै सम्बन्धित मन्त्रालयको समस्या हल हुन सकेके छैन । कतिपय सहसचिवहरुको सरुवा भएतापनि उनीहरुको पदस्थापना भएको छैन । अन्य सहसचिवहरु संघिय मन्त्रालयमा हाटा गरेर घर फर्कने गरेका छन् । त्यस्तै कतिपय मन्त्रालय र विभागमा सहसचिवको दरबन्दी खाली रहेको छ । सहसचिवहरुको दरबन्दी खाली रहेको कारण त्यस्ता कार्यालयमा सेवाग्राहीको काम हुन सकेको छैन ।

उदाहरण लिन सकिन्छ खानेपानी सरसफाइ मन्त्रालयका सहसचिव नवराज सापकोटाको उमेर हदको कारण जागिरबाट अवकास पाइसँदा पनि सापकोटाको ठाउँमा सरकारले सहसचिव पठाउन सकेको छैन । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलयअन्तर्गत पर्ने कम्पनी रजिष्टार कार्यालयका रजिष्टार दिपक पहाडीले पनि उमेर हदको कारण अवकाश पाइसकेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा सरकारले ढिलै भएपनि दीपक अधिकारीलाई पठाएको छ । त्यसैगरी, उद्योग विभागका महानिर्देशक रहेका छन् यज्ञराज कोइराला । कोइरालाले उद्योग विभागलाई चलायमान बनाउन सकेका छैनन् । किनकी कोइरालालाई तत्कालीन कांग्रेस सरकारले उद्योग विभागको महानिर्देशक बनएको थियो ।

अहिले गठबन्धन सरकारबाट उद्योग मन्त्री बनेका दामोदर भण्डारीले उनै कोइरालाई ठमौति गरेका छन् । कोइराला पनि खुवाउन र खान माहिर छन् । कांग्रेसका कोइरालाले एमालेका उद्योमन्त्री दामोदर भण्डारीलाई रिझाउनु चानचुने कुरा होइन । कोइराला मन्त्री भण्डारीलाई रिझाएर उद्योग विभागका बस्न सफल भएका छन् । उद्योग विभागका महानिर्देशक यज्ञ कोइरालाको काम विदेशी लगानी शाखा, कानूनी शाखा, ट्रेडमार्क शाखा, अनुमति शाखामा बसेर लाखौ उठाइरहेकाछन् ।

त्यसले गर्दा महानिर्देशक कोइराला उद्योग विभागमा टिक्न सफल भएका छन् । उद्योग विभागको यो अवस्था छ भने कम्पनी रजिष्टार कार्यालयमा रजिष्टार भर्खर आएका कारण अन्य कर्मचारीहरुले फाइदा उठाइरहेका छन् । यसरी फाइदा उठाउने कर्मचारीमा प्रायजसो ः बैदेशिक लगानी शाखा र लिमिटेड शााखामा कार्यरत कर्मचारीहरुले करौडौं उठाइरहेका छन् । त्यसको छानबिन कसले गर्ने ? बैदेशिक लागनी शाखा र लिमिटेड शाखामा कार्यरत कर्मचारीहरु यसप्रकार रहेका छन् । हरि चपाई, लोकराज जोशी, अनुप खड्का, नबिन भट्राइ, तोक बहादुर बिष्टहरुको हालीमुहाली चलेको छ । किनकी कम्पनी रजिष्टारमा रजिष्टार नहुँदा पुरानै आएका छन् । यिनिहरुको फुर्तिफार्थी चलेको छ । बैंदेशिक लगानी शाखा र लिमिटेड शाखा बस्ने कर्मचारीहरुले अन्य शाखाका कर्मचारीहरुलाई एक आँखाले देखिसहदैनन् । त्यसकारणले उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालय बिचौलिया र कर्मचारीहरुको रजाई चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *