काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको ११औं महाधिवेशनको रन्को शुरु हुन थालेको छ । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष भएका केपी शर्मा ओली यतिबेला अरुलाई देखाएर आफ्नो मुखको स्वाद फेर्दै छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई एमाले पार्टीमा आउन खोज्दा अध्यक्षको तर्फबाट राष्ट्रियसभा गृहमा बिचार र भनाइले अध्यक्ष ओलीले के चाहन्छन् भन्नै पर्दैन । जहाँ कुनै सन्दर्भ जोड्नुपर्ने छैन । अध्यक्ष ओलीले कसलाई सहयोग गर्छन् दुई कार्यकाल अध्यक्ष भएको समयमा एमाले नेताहरुले ओलीलाई बाधक पारेका थिएनन् । तर, दोस्रोपटक भिम रावलले बाधा खडा गरे । रावललाई एमाले पार्टीमा टिक्न दिएन ।
आगामी महाधिवेशनमा विद्या भण्डारीलाई अध्यक्षमा प्रतिष्पर्धा गराउन एक्काइस सदस्य पदाधिकारी मध्य बहुमतबाट तयारी गरिँदैछ । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मि शाक्य, सुरेन्द्र पाण्डे सचिवहरु योगेश भट्टराई, गोकर्ण बिष्ट, भिम आचार्य, उपमहासचिवमा पृथ्वी गुरुङ सुब्बा, रघुवीर महाशेठ, विष्णु पौडेल लगायतको टिम विद्याको पक्षमा देखिएका छन् । त्यसले गर्दापनि एमालेको एघारौं महाधिवेनमा अध्यक्ष कसले बाजी मार्ने हो निश्चित छैन ।
अध्यक्ष ओलीले पहिला मदन भण्डारीलाई महासचिव हामीले बनाएको भन्दै जाँदा ७४ वर्षको जन्मजयन्तीको अवसरमा स्व.भण्डारीका चार पत्नी भएको सहकारी ठगीमा लागेको जस्तो असान्दर्भिक विषय किन अध्यक्ष ओलीले उठाए ? यो प्रश्न एमालेभित्र पेचिलो बन्दैछ । अध्यक्ष ओलीप्रति शंका गर्ने विषय यहि हो ।
अध्यक्ष ओलीको यो भनाइले विद्या भण्डारीमाथिको इज्जतमा कुनै दाग त लाग्दैन । किनकी अध्यक्ष ओली बोल्दै जाँदा कहाँ चिप्लीन्छन् थाहै हुँदैन भन्दै थिए केही कार्यकर्ताहरु । अर्कोतिरदुई ठूला दल मिलेर बनेको सरकारले एक वर्ष पार गर्दापनि भ्रष्टाचारी बढेको देशलाई सुशासन र चलायमान बनाउन नसकेको आरोप लागेको छ । एमालेभित्र पहिला पदको लागि जो जति चाकडी, चाप्लुसी गरेर ठाउँमा पुगे र पु¥याईयो अबको दुनियामा त्यो सम्भव छैन । एमालेभित्र यहि चाकडी र चाप्लुसी अवस्था रह्यो भने एमाले पार्टी माओवादी पार्टी जस्तो नबन्ला भन्न सकिँदैन । एमालेका अध्यक्षलाई भजाएर खानेहरुपनि एमालेमा त्यत्तिकै छन् । एमाले पार्टीमा कतिपय नेता र कार्यकर्ताहरु भ्रष्टाचारमा डुबेका छन् । त्यसले गर्दापनि एमाले पार्टीभित्र सुधारको आवश्यकता त्यत्तिकै छ । एमाले नेताहरु सुध्रिएको खण्डमा पार्टीपनि सुध्रिने अवस्था त्यत्तिकै छ । एमाले पार्टीलाई गुटभन्दापनि नेतृत्व गर्ने व्यक्तिको खाचो भएको छ ।

