टोखा हुँदै विदुर तर्फको यात्रा

राजनीति लेख

आजभोली दोलखा र काठमाडौंको वाहेकको यात्रा कम नैं भैरहेको छ, मेरो । विगतमा धेरै जिल्ला पुग्ने अवसर मिलेको थियो । तथापी अहिले त्यो अवसर आक्कल झुक्कल आउने गरेको छ । यस पटक नुवाकोट र रसुवा तिरको यात्राको चाँजोपाँजो समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालले मिलायो । अघिल्लो पटक कहिले नुवाकोट गएको थिएँ याद गर्न सकिंन । तर नुवाकोट मेरोलागि अपरिचित होइन । तथापी ५ बर्ष भन्दा वढि पक्कै भयो त्यहाँ नपुगेको छ । यस अवधीमा त्रिशुलीमा पानी धेरै वगिसक्यो । नुवाकोट, विदुर, बट्टारमा धेरै परिवर्तन पक्के भयो होला । पुरानो स्मृतीसँग ताजा अवस्था जोड्न आतुर थिएँ ।

यात्राको मेसो

काठमाडौं उपत्यका र दोलखा भन्दा अन्यत्र कहिलेकांही मात्र जाने अवसर मिल्ने गर्दछ । छलफल तथा संवाद प्रयोजनका निम्ति केही महिना अघि धादिङ्ग, मकवानपुर र सिन्धुली जाने मौका मिलेको थियो । अहिले नुवाकोट र रसुवा जिल्ला जाने मेसो मिलेको छ । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालले राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा जलवायु उत्थानशिल क्षमता अभिवृद्धि कार्यशालाको निम्ती हामी त्यहाँ जादैं थियौं । हाम्रो टिममा समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालका अध्यक्ष विना श्रेष्ठ, कोषाध्यक्ष सुदिलगोपाल आचार्य र म रहेका छौं । ३ दिने कार्यशाला नुवाकोटको सदरमुकाममा गर्ने निधो गरिएको थियो ।

काठमाडौंबाट हामी १ बजेतिर यात्रा सुरु ग¥यौं । काठमाडौंको कोलाहाल र ट्राफिक जाम सहँदै छिचोल्दै हामी चढेको स्कार्पियो टोखा तिर हानियो । पछिल्लो पटक ७,८ वर्ष अघि यहि सडक हुँदै नुवाकोट गएको थिएँ । अनी यहि बाटो हुँदै फर्किएको थिएँ । तर त्यो बेलामा यो सडक कच्ची थियो । अहिले पनि त्यस्तै सडक होला भनी म हतारिएको थिएँ काठमाडौंबाट हिड्नकोलागि । अहिले टोखा हुँदै नुवाकोट जाने सडक धेरै जसो कालोपत्रे अनी ढलान गरेको रहेछ । कच्ची सडक हिड्नै परेन भन्दा पनि हुन्छ । शिवपुरीको जङ्गल हुँदै हामी अगाडी वढेका थियौं । सडकको दायाँवायाँ हरियाली वन छ ।

ठाउँ ठाउँमा झरना देखिन्थ्यो । मानिसहरु रमाइलो मानिरहेका थिए । झरनामा निथुकर््कै भिज्दै रमाइलो गरेको देखियो । फोटो खिच्ने, रिल बनाउने, टिकटकको चाँजोपाँजो मिलाउने पनि थिए । दृश्य रमाइलो देखिन्थ्यो । हामी पनि रमाइलो गफ गर्दै अगाडी वढि रह्यौं । हाम्रो गाडीमा चालक सहित ४ जना मात्रै थियौं । कहिले राजनीतिका गफ ग-यौ त कहिले वनका । टोखाको उकालो चढे पछि अल्लेको उचाई चुमेर ओरालो झरियो । गुरुङ्ग गाउँ हेर्दै चापाबोट पुग्यौं । वोरे खोला, छहरे भन्ने गाउँमा पुग्यौं । यो स्थान चाहि शिवपुरी गाउँपालिको पुछार पर्ने रहेछ । त्यही लिखु खोलासँग भेट भयो । त्यसपछि थानसिंह हुदै पटावरीमा पुग्यौंं ।

त्यहाँ तादी नदी फेला प¥यो यसमा लिखु मिसिसकेको छ । यस पछि ढिकुरे, वर फेदी, गँगटे, वट्टार भन्ने स्थान हुँदै विदुर पुग्यौं ।
विकास भएन भनेर सधैं गुनासा गर्नेलाई एक दशक भित्रै भएको यो परिवर्तन कसरी महसुस गर्ने गराउने होला । चित्त वुझ्दो अझै भएको छैन तर पनि हुँदै नभएको होइन । धेरै परिवर्तन भएका छन् । भौतिक, मानविय, सामाजिक क्षेत्रमा सकारात्मक प्रभावहरु देखिएका छन् । फेरी दोहो¥याएर लेखें, सवै प्रयाप्त भयो भन्ने कुरा होइन तर केही हुँदै नभएको पनि हैन भन्ने मात्र हो ।

हामी करिव साढे तिन वजे तिर नुवाकोट जिल्लाको सदरमुकाम विदुर पुग्यौं । हाम्रा समन्वय गर्ने व्यक्ति डा. राजकुमार आचार्यसँग भेटघाट भयो । हाम्रो बसोवासकोलागि तय गरिएको सुखद पाहुना घर थियो । जुन विदुर नगरपालिकाको भवन नजिकै रहेछ । हामी त्यहाँ पुगि झोला थन्क्यायौं । गर्मिको राम्रै महसुस भयो । हामी डिभिजन वन कार्यालय नुवाकोट तिर लाग्यौं । रोशनी पोख्रेल डिभिजनल वन अधिकृत हुनुहुँदो रहेछ । उहाँसँग कुराकानी गरियो । वनका तथा भोली देखि हुने कार्यक्रमको वारेमा छलफल भयो । त्यही एक जना वडा अध्यक्षसँग चिनजान भयो । विदुर नगरपालिकाको नगर सभा हुन नसकेको कुरा दुखेसो सहित सुनाउनु भयो । त्यसैको छलफलमा छौं । प्रयासरत छौं नगर सभा गर्न गराउन, २० गतेलाई नगर सभा गर्ने सूचना आएको छ भन्दै हुनुहुन्थ्यो ।

विदुर बजार पैदल हिडियो केही बेर । म अघिल्लो पटक आउँदा र अहिलेमा वजारमा क्षेत्रमा त्यस्तो धेरै परिवर्तन भए जसतो लागेन । घरहरु अलि ठुला भएछन् । थपिएछन् पनि । राम्रा राम्रा होटलहरु देखिए । व्यवसायिकता तर्फका कामहरु वढेछन् भन्ने अनुमान गर्न सकिन्छ । केरुङ्ग नाकाको कारण यहाँको चहलपहल पक्कै वढेको होला । सडक अलि फराकिलो भएको हो कि भन्ने मात्रै भयो । त्यहाँ पुग्ने सडकहरु पिच र ढलान भएछन् । अरु त उस्तै उस्तै लाग्यो ।

विदुर पुगेको दोस्रो दिन विहान ५ बजे घुम्न निस्किएँ । विहानीको समयमा हिड्ने साथै विदुरमा वाहिरी आँखाले देखिने परिवर्तन हेर्ने रहर धेरै थियो । त्रिशुली नदी तिर सडकै सडक लागें । त्रिशुली नदीमा भएको पुलमा पुगें । नदी माथि कुहिरो आकाश तिर वढि रहेको थियो । पुल नपुग्दै दायाँ तिर उकालो लाग्ने कालोपत्रे सडक रहेछ । यहि सडक हुँदै रसुवाको सदरमुकाम धुञ्चे पुग्न सकिन्छ । विदुरबाट धुञ्चे पुग्न ४८ किमी सडक पार गर्नु पर्ने रहेछ । अझै अगाडी वढ्दा चिन तर्फको नाका केरङ्ग पुग्न पनि सकिन्छ । धुञ्चे त पटक पटक पुगिएको छु तर केरुङ्ग जाने रहर यसपाला पूरा होला की भन्ने आशा छ ।

गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजनाले आयोजना गरेको ‘जलवायु उत्थानशिलताकोलागि क्षमता अभिवृद्धि कार्यशाला’ को पहिलो दिन सुरु भयो । यस कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, वन उपभोक्ता, नागरिक संघसंस्थाका प्रतिनिधिहरु सहित ३० जनाको सहभागीता रहेको छ । यस विषयमा पछिल्लो श्रृखलामा लेख्नेनैं छु ।

अन्त्यमा, ७ वर्षको अन्तरालमा फेरी एक पटक नुवाकोटको सदरमुकाम विदुर जाने मौका मिल्यो । शहर वढेसँगै वन पनि वढेको भन्ने तथ्य आंखाले सजिलै देख्न पाइयो । टोखा देखि विदुरसम्म पुग्दा सडक आसपासको दृश्य देख्दा र विदुर शहरको आसपासमा नैं हरियाली वन जङ्गल देख्न पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *