काठमाडौं । चितवन व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन पहिलो पटक सुरु गरेको छ ।
काठमाडौंमा केही ठाउँमा यो च्याउ उत्पादन हुने गरेकोले बीउ ल्यार्इ काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणगरी बनाइएको पोकामा राखेर यसको परीक्षण गरिएको हो ।बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मले अहिले ६ सयवटा पोकामा यो च्याउको परिक्षण उत्पादन गरेको छ ।
यस च्याउलाई तापक्रम र आद्रता मिलाएर सुकाएर धुलो बनाएर प्रयोग गर्ने गरिएको छ । नसर्ने रोगका बिरामीहरु जस्तै उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेह नियन्त्रणमा सहयोग पुर्याउने, क्यान्सर प्रतिरोधी गुण भएको, शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, डिप्रेसन एवं अनिदोपना हटाउन सहयोग गर्ने गुण भएकोले बिहान दिउँसो चिया कफीमा प्रयोग गरेर खाने गरेको पाइएको छ ।
यसलाई दूध खुवाउँदै गरेको आमा, ५ वर्ष मुनिका बच्चा र शल्यक्रिया गरेर बसेका बिरामीहरूलाई प्रयोग गर्न दिन नहुने भएकाले यसको महत्व र उपयोगिता अध्ययनका लागि पहिलो पटक परीक्षण गरिएको हो । यो च्याउ अहिले नेपालमा विदेशबाट आउने गरेको छ ।
