काठमाडौं । “मानव हत्याको आरोपमा जेल परेका महमद आफ्ता आलमलाई जेल मुक्त गर्छु । म बोलेपछि काम पुरा हुन्छ ।” रास्वपाका उपसभापति पुर्न बहादुर खड्काले पार्टी सभापति शेर बहादुरसँग भेट गराउँदा वाग्लेलाई भनेको शब्द हुन् यी ? देउवाको आसय र रास्वपाका सभापति रवि लामिछानेलाई आफ्नो नेतृत्वमा सरकार बनेपछि रिहाई गर्ने संकेतको भनाई हो यो । रास्वपाले भिजिट भिषा प्रकरणका गृहमन्त्री रमेश लेखक विरुद्व संसदमा अवरोध गरिरहेको छ । सभापति देउवाले संसदको अवरोध हटाएर छानबिन समितिलाई विश्वास गर्नु भनेका छन् ।
यी दुईबीचको एक्ला एक्लै वार्तामा अरु कुरा के भए गोप्य रहेका छन् । रास्वपामा रहेका धेरै नेता कांग्रेससँग रिसाएका छन् । तर, नेकपा एमालेका नेताहरु भ्रष्टाचार र सहकारी ठगीमा परेका छन् । रास्वपाका उपसभापति वाग्ले पहिला पार्टी सभापति शेर बहादुर देउवा र डा. आरजु राणाको शरणमा नपर्दा उनले नेपाली कांग्रेसबाट टिकट पाएनन् । तर, विश्व पौडेलले चितवन–२ मा टिकट पाएर निर्वाचन लड्दा जनकले पराजय भोगे । त्योपनि रास्वपाकै हरि ढकालबाट । आज रास्वपाले कांग्रेस एमालेले गरेको गैर कानूनी दमन सहेर बसेको छ । आफ्नालाई जोगाउने अरुलाई फसाउने काम कांग्रेसले गर्दै आएको छ ।
कांग्रेसका सभापति शेर बहादुर देउवाले आफु प्रधानमन्त्री बन्दा सर्वदलीय सरकारको निर्माणको पतयारी गर्ने र चुनावी सरकार भएकोले त्यो सरकारले जनताको सम्बोधन गर्ने विषय धेरै टाढा छैनन् भन्दै छन् । सत्ता अन्धो हुन्छ कानून हेर्दैनन् भन्ने कुरा अहिलेको यो परिपार्टीले प्रमाणित गरेको छ । किनकी संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस एमालेको ढलीमली चलिरहेको छ ।
काठमाडौं महानगर पनि अछुतो रहेन नगरको विकाशे आयोजनाहरु पनि अलपत्र परिरहेका छन् । कांग्रेस र एमालेले गर्दा काठमाडौं महानगरपालिकाले प्रगति हासिल गर्न सकेको छैन । अहिले काठमाडौं महानगरपालिकामा केन्द्रीय सरकार र स्थानीय सरकारबीच द्वन्द्व चलिरहेकोले विकासको कामहरु अलपत्र परिरहेका छन् ।

