भोला खतिवडा
काठमाडौं। उपत्यकानजिकै रहेको अनीवढि पर्यटक पुग्ने चितवनहो । यहाँका हरेकगतिविधि पर्यटन केन्द्रीतछन् जस्तो लाग्दछ । यहाँकामानिसहरुको सोचाई अनीवोलीचालीपनि पर्यटन केन्द्रीत देखिन्छ । पछिल्लो अवधीमाचितवनपुग्ने पटकपटकमौकामिलिरहेको छ ।
कहिले वाग्मतीप्रदेशवनतथावातावरणमन्त्रालय त कहिले रिकफ्ट नेपालले, कहिले डिभिजनवनकार्यालयले यो अवसर जुटाइदिएको छ । यहाँपर्यटनविकासका कुरा मात्रै होइनवनव्यवस्थापनका सन्दर्भमा पनिअन्यत्रको भन्दा फरक अभ्यास देखिन्छ । यहाँ वरण्डाभार वन संरक्षण क्षेत्र रहेको छ । चितवनमा९३ वटा सामुदायिकवन रहेका छन् । नेपालकैं पहिलो राष्ट्रियनिकुञ्ज पनियहि छ ।
वन संरक्षण क्षेत्र
वनऐनअनुसार घोषण गरेका ११वन संरक्षण क्षेत्र छन् । वाग्मतीप्रदेशमा २ वटाछन् । त्यो मध्ये एक बरण्डाभार वन संरक्षण क्षेत्र हो ।जुनचितवनजिल्लामापर्दछ । २०६८ सालफागुन १५ मा संरक्षितवनको रुपमाघोषणा गरिएको वरण्डाभार क्षेत्र अहिले वन संरक्षण क्षेत्र भएको छ । भरतपुर महानगरपालिकाकेहीवडा सहित अरु ३ वटा स्थानीयतहमा समेटिएको छ ।
१० हजार ४ सय ६६ हेक्टर वन क्षेत्र रहेको यस वन संरक्षण क्षेत्रमावरिपरीको भुभाग ३ हजार भन्दावढि हेक्टर क्षेत्रफल १७वटा सामुदायिकवनउपभोक्ता समूहले जिम्मालिएकाछन् । यहाँ ३६ वटाकवुलियतीवन समूहहरु पनि रहेका छन् । त्यसै गरी ३ वटाधार्मिक वनछन् । यी समुदायमाआधारि वनव्यवस्थापनपद्धतीले व्यवस्थापन गरेको वनको विचभागमा ६ हजार हेक्टर भन्दा केहीवढि राष्ट्रियवन रहेको छ । जस्लाई कोर क्षेत्र भनिन्छ ।
वरिपरी रहेका १७वटा सामुदायिकवनउपभोक्ता समूहहरुले कोर एरियाको वन समेत संरक्षणगर्दछन् । त्यो कोर एरियालाई थपव्यवस्थापन गर्नकालागि १७वटै सामुदायिकवन र डिभिजनवनकार्यालय चितवन संलग्नभएको एक परिषदगठनभएको छ ।अहिलेसम्मको अभ्यासमा बरण्डाभार वन संरक्षण क्षेत्रको वाह्य क्षेत्रमा रहेको सामुदायिकवनउपभोक्ता समूहरुको प्रतिनिधित्वमापरिषदगठनहुन्छ । त्यसकोे सदस्य सचिवभने सरकारी वनअधिकृत हुने व्यवस्था छ ।
वन संरक्षण क्षेत्र सम्वन्धीकानूनीव्यवस्थावन ऐनमा रहेको तर यसको परिषदगठन सम्वन्धीकुनै कानूनीप्रावधान देखिंदैन । वागमतीप्रदेशको वन ऐन संशोधनको प्रकृया पनिवढेकोले यस विषयमाछलफलतथा परामर्श गर्ने कार्यक्रम तय भएको थियो । संवादमुखी यस कार्यक्रम बरण्डाभार वन संरक्षण क्षेत्र परिषदले आयोजना गरेको थियो । व्यवस्थापकीय सहकार्य रिकफ्ट नेपालले गरेको थियो । यस संवादलाई महत्वदिएर वनतथावातावरणमन्त्री भरतवहादुर केसी उपस्थीतहुनु भएको थियो ।
छलफलबाटनयाँविषयहरु आए । यस्ता संरक्षण क्षेत्र सञ्चालनकालागिगठनहुने परिषदको विधानतयार गर्ने चलनथिएन । यहाँप्रकृयागतविधानवनाउनेअनीडिभिजनवनकार्यालयमादर्ता गर्ने त्यसै गरी परिषदले व्यवस्थापन योजनावनाई मन्त्रालयबाट स्वीकृत गराउने जस्ता विषयहरुमासुझावहरु आए । सामुदायिकवनलगायत समुदायमाआधारित वन व्यवस्थापनपद्धती र परिषदविच सहअस्तित्वको सहकार्यका उपायहरु खोजियो, निकालियो ।
प्रतिवद्धता
यस संवादबाट केहीप्रतिवद्धता र अपेक्षाहरु सार्वजनिक गरिएको छ । बरण्डाभार वन संरक्षण क्षेत्र समुदाय मैत्री र दिगोपनाकालागि संवादमा संलग्नभएकावन संरक्षण परिषद र सामुदायिकवनउपभोक्ता समूहको प्रतिवद्धताजाहेर भएको छ ।
कार्ययोजनावमोजिमवृक्षारोपणतथातालतलैया व्यवस्थापन गर्ने, कार्यसमितिमा समावेशी समतामुलकप्रतिनिधित्व गराउने,समतामुलकशासनपद्दतिअनुसार ऊपभोक्ताहरुको पहिचान, योजनातर्जुमा र कार्यन्वयनकालागिनीतिगत सुनिश्चिततागर्ने गराउने,वरण्डाभारको नेतृत्वचयनमा सकारात्मकचिन्तनस् दुरदृस्टी सहित नेतृत्वचयनको लागिभुमिका खेल्ने
संस्थागतअतिक्रमणनियन्त्रणकालागि सा।व। र वरण्डभार बीच समन्वयको भूमिका खेल्ने, वन, वन्यजन्तु, संरक्षणमाउपभोक्ताहरुलाई परिचालन गर्न सहजीकरण गर्नेअठोट गरिएको छ । त्यसै गरी वनऐन, नियमपालनाको लागि स्थानीयतह सँग समन्वय गर्ने, वनमाआश्रित परिवारहरुको जीविकोपार्जनमा सुधार ल्याउनकानिम्ति वरण्डभारसँग पहल गर्ने, मानववन्यजन्तु द्वन्दव्यवस्थापनकालागि वरण्डाभार सँग समन्वय गरि न्यूनीकरणकालागि सहकार्य गर्नेप्रतिवद्धता गरिएकोछ ।
परिषदको प्रतिवद्धता
बरण्डाभार वन संरक्षण परिषदको अठोट समेत तय गरिएको छ । आर्थिक कारोबार पारदर्शि बनाउनउत्प्रेरित गर्ने, वन संरक्षण क्षेत्रको आर्थिक सुदृढिकरणकार्यका लागि पर्यापर्यटनक्रियाकलाप जस्तैः सन्ध्याकालिन सफारी, हाइकिङ्ग ट्रेकिङ्ग, साइकलिङ्ग र अध्ययन अनुसन्धानकार्यहरु संचालन गर्ने गर्ने प्रतिवद्धतामाभनिएको छ । त्यसै गरी वन डढेलो नियन्त्रण सचेतनाकार्यक्रम सञ्चालन गर्ने, वनमाआश्रित विपन्नवर्ग लक्षितआयआर्जनको काममासहयोग गर्ने, वन्यजन्तु क्षेतिपुर्ति कोष व्यवास्थापन गर्न समुहलाई प्रेरित गर्ने,वार्षिक साधारण सभातथाआमभेला समयमा सम्पन गर्न प्रेरित गर्ने,समाबेशीकार्यसमितिपुर्नगठनमा सहयोग गर्ने, समतामुलकशासनपद्दतिअनुसार उपभोक्ताहरुको पहिचान, योजनातर्जुमा र कार्यन्वयनकालागिनीतिगत सुनिश्चिततामार्फत गर्न गराउन प्रेरित गराउनेअठोट गरेको छ । सामुदायिकवनलाई व्यवस्थापनतथा
सक्रियबनाउनविभिन्नकार्यक्रम संचालन गर्न सकिने, राज्यवाटवार्षिक बजेटको साथै वरण्डाभार वनवाटउत्पादनहुने वन पैदावारको ३० प्रतिशत रकम संरक्षण र व्यवस्थापनखर्चकालागीव्यवस्थापन गर्नेर नेपालभरका वन संरक्षणहरुको अनुभवआदानप्रदानकार्यशालाआयोजना गर्ने अठोट व्यक्त गरिएको छ ।
अपेक्षा
संवादबाटवन संरक्षण क्षेत्र केन्द्रीत केही अपेक्षाहरु वनतथावातावरणमन्त्री समक्ष पेश गरिएको थियो । परिषदको कानुनी संरचनाप्रदेश वन ऐनमाव्यवस्थापन गरि सम्पूर्ण नियमनप्रदेश तहबाट गर्नु पर्ने अपेक्षा गरिएको छ ।परिषदको छुट्टै विधानतयार गरी डिभिजनवनकार्यालयमादर्ता गर्ने र व्यवस्थापन योजनाभने वनकार्यालयको प्राविधिक सहयोगमा परिषदले तयार गरी प्रदेश वनतथावातावरणमन्त्रालयबाट स्वीकृत हुनु पर्ने भनिएको छ ।
वन संरक्षण परिषदमाकम्तीमाआधामहिला सहित समावेशीप्रकृतीहुने गरी सबै किसिमको वनव्यवस्थापनपद्धतीहरुको प्रतिनिधित्वहुनु पर्ने भनिएको छ । संरक्षण क्षेत्र पर्नेवडाअध्यक्षहरु मध्ये विधानमातोकिएअनुसार पदेन सदस्य, संरक्षण क्षेत्रमा पर्ने स्थानीयतहहरुको प्रमुख संरक्षक, डिभिजनवनकार्यालयले तोकेको वनअधिकृत सदस्य सचिवहुने गरी परिषदगठन गर्नेकानूनीप्रवन्धकोलागिआग्रह गरिएको छ । वन संरक्षण क्षेत्रकोलागितयार गरेको दशवर्षे व्यवस्थापन योजनाकार्यान्वयनकालागिप्रदेश सरकार लगायतले सहयोग गर्नु पर्ने अपेक्षा राखिएको छ ।
संवादको निचोडप्रतिप्रतिक्रियादिँदै वनतथावातावरणमन्त्री भरत केसीले वन संरक्षण क्षेत्र र यसको परिषदलाई वैधानिकतादिन र कार्यक्रमिक सहकार्य गर्न प्रतिवद्धताजाहेर गर्नु भयो । वनमन्त्रालयले सम्मान सहितको सेवालाई प्राथमिकतामा राखेको समेत जानकारी गराउनु भएको थियो ।वन स्रोत भनेको देखाउने मात्रै होइन सदुपयोग गरी समृद्धिमा योगदान पु¥याउनु पर्दछ भन्ने कुरामा जोड दिनु भएको थियो ।
जङ्गल सफारी
वाग्मतीप्रदेशवनतथावातावरणमन्त्री भरत केसी सहितको टोलीअघिल्लो पटकहात्तीमहोत्सबमा सौराहापुग्दाहोटलतथा पर्यटनव्यवसायीहरुले सन्ध्याकालिन सफारीको सञ्चालनको वातावरणवनाउनआग्रह गर्नुृ भएको थियो । मध्यवर्ती क्षेत्रमा रहेका कुमरोज, वाघमारा सामुदायिकवनमा सफारी सञ्चालनभएको तर दिउँसो मात्रै गर्न पाइने रहेछ । साँझमा पर्यटक सफारी गर्न चाहँदा सो सुविधादिनउपलव्धहुननसकेको अवस्था रहेछ ।
निकुञ्ज प्रशासनले वन्यजन्तुको सुरक्षा दृष्टिकोणले होला साँझमा सफारी गर्न दिँदो रहेनछ । मध्यवर्ती क्षेत्र भन्दावाहिर रहेका सामुदायिकवनमा सन्ध्याकालिनअर्थात सुर्यास्त पछि सफारी गर्न सक्दा पर्यटनव्यवसायथप सुदृढ हुन सक्ने चर्चा भयो । यस विषयमाचितवनकाडिभिजनलवनअधिकृत विष्णु प्रसाद आचार्यसँग पनिछलफलभयो । पर्यटनतथाहोटलव्यवसायीको यो प्रस्तावले उहाँलाई थपउत्साहीवनायो । केही सामुदायिकवनहरुले गरेको कोसिसमा केन्द्रीत रहि बरण्डाभार वन संरक्षण क्षेत्र परिषदले आयोजना गरेको संवादमा यो विषयले प्रवेश पायो ।
संवादकाक्रममासिर्जनात्मककार्यको सूचीतयार गर्दा जङ्गल सफारीकाबारेमा चर्चा भयो । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिकवनउपभोक्ता समूहहरुले परिषदको सहकार्यमा सुर्यास्तपछिको जङ्गल सफारी गर्ने चाहानामाथिछलफलभयो । ती सामुदायिकवनकाअध्यक्ष, होटलव्यवसायी, मन्त्रालयविचमापनि संवादभयो । यस खाल्को सफारीको अवसर, चुनौतीकावारेमा चर्चा भयो ।
२ दिने संवादको दोस्रो दिनवनतथावातावरणमन्त्री भरत केसी, मन्त्रालयका
योजनामहाशाखाप्रमुखअजयमानन्धर, चितवनडिभिजनवनकार्यालयकाप्रमुखविष्ण्ुाआचार्य, रिकफ्ट नेपालकाउपनिर्देशकप्रदीपबुढाथोकी, पवनकार्की सहितको हाम्रो टोलीकुमरोज मध्यवर्ती सामुदायिकवनमा सञ्चालन भैरहेको जङ्गल सफारी तिर लाग्यौं । २ घण्टाको सफारीमाविशेष खाल्को गाडीथियो जुन दृश्य हेर्न सजिलो हुने थियो । एकजनागाइडथियो, उस्ले नयाँजनावर देखाउँद केहीक्षण रोकेर जानकारी गराउँथ्यो । हामीले चखेवाको जोडी, गोही, गैंडालाई चासोपूर्वक हेरेका थियौं । अरु हरिणमिर्ग पनि भेटियो । तर त्यसले हाम्रो ध्यानखासै तानेन ।
मेरो ध्यानभने सामुदायिकवनहरुले चाहेको सन्ध्याकालिन सफारी कस्तो होलाभन्ने चासो थियो । यो सफारीको क्रममा वरण्डाभार क्षेत्रमा समेत सफारी गर्न सकिने विषयमाचर्चा ग¥यौं । संभावनाकापक्षहरुमा धेरै चर्चा भयो । यसबाट सामुदायिकवन र वन संरक्षण परिषदको दिगो आर्थिक स्रोतको संभावना देखियो । अन्यव्यवसायपनिप्रवद्र्धन हुनेछ ।
अन्त्यमा, फरक खाल्को वन संरक्षण क्षेत्र जसले विधान सहितलाई आफुलाई व्यवस्थीत गर्न खोज्दैछ । सामुदायिकवनको दिगो व्यवस्थापनका साथमापर्यापर्यटनमाविशेष काम सुर्यास्त पछिको जङ्गल सफारीको गर्ने सोच विकास गरिरहेको छ । सामुदायिकवन र वन संरक्षण क्षेत्र दुवै जनमुखी र सिर्जनात्मकवनाउनलागि परेका छन् । यसमावनतथावातावरणमन्त्रालय र मातहत सरकारी निकार्यसँग सहकार्यका अपेक्षा समेत गरेका छन् ।

