प्रचण्डको जादूको छडीमा खिया

राजनीति समाचार

काठमाडौं । सत्ता गठबन्धन बलियो बनाउँदै आफु प्रधानमन्त्री पदमा टिक्न जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि एक एक मन्त्री पद दिन एमाले अधयक्ष केपी ओलीलाई सहमत गराएका प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिक्ने जादुको छडीमा खिया लागेको छ । ६ सिटको जनमत पार्टीका अध्यक्ष सिके राउत उद्योग वाणिज्य तथा आपूर्ति वा परराष्ट्र मन्त्रालयसहित उपप्रम बन्ने दाउमा थिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी यसपटक उर्जा जलस्रोत तथा सिंचाई र पर्यटन मन्त्रालयमध्ये एकमा दाबी गर्दै थिइन । गृहमन्त्री रवि लामिछानेमाथि सहकारसी पीडितको आरोप पनि कानूनी रुपमा पुष्टि हुँदै जान थालेपछि रास्वपाको विकल्पमा प्रधानमन्त्री प्रचण्डले त्यो तयारी गर्दै थिए । तर एमाले अध्यक्ष ओलीले तत्काल जनमत र नाउपालाई बोक्न उचित ठानेनन् । ओली आफ्ना पार्टीबाट मन्त्री हटाउँदा पार्टीभित्र आक्रोश बढ्ने देखेर प्रधानमन्त्रीको तयारीलाई ध्यान दिएनन् । बरु कांग्रेससँगमिल्न पुगे ।

उता प्रचण्डले परराष्ट्र, सिंचाई र संचारका मन्त्री फेरेर संसदमा आफुलाई सघाउने माधव सापकोटा, सिन्धुपाल्चोक, राजन दाहाल, सिन्धुलीलाई मन्त्री बनाउँदा शक्ति बस्नेत, रेखा शर्मा, नारायणकाजी श्रैष्ठलाई विदाई गर्ने पक्षमा थिए । तर घात प्रतिघातलाई महत्व दिने आफुबाहेक अरुलाई शान्ति नदिने एमाले अध्यक्षले प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्ने छाँट देखिएन । ठूला दुई पार्टीलाई भिडाएर आफु प्रम बनेका प्रचण्डको ध्यान पार्टीका नाममा आफ्ना हनुमान र सारथी प्रयोग गर्ने मात्र भएपछि जादूको छडीमा असार १५ यता बाट खिया लाग्यो ।

अहिले केपी ओलीले मच्चाएको उपद्रोमा राजदूत पद कब्जा भयो । पार्टीले राजदूतको लागि सिफारिस गरेका सुशील प्याकुरेल राजदूत पद अस्वीकार गरे । उनको चाहना इन्सेकको फाउण्डर मुलुकको जासुसी संस्था सीआईएको मुलुक अमेरिका थियो । ओलीले भारतीय नागरिक अब सुफ्यान खान नामक इशान ओभरसिजका संचालकलाई साउदी अरबको राजदूत सिफारिस गराए ।

ओली मात्र होइनन, प्रधानमन्त्री प्रचण्डसँग पदको बार्गेनिङ गरेर हैरान पार्ने सहकारी ठग रवि लामिछाने पनि हुन् । रविले २ जना राजदूतको कोटा लिएर डालो थापेका थिए । जसले सांसद ढाकाकुमार श्रेष्ठलाई पैसा उठाउन लगाएर २०८० पुस १३ गते श्रेष्ठको पद खोसेका थिए । सहकारी छानबिन विशेष समितिले रवि लामिछाने जोडिएका ११ वटा सहकारीको कागजपत्र झिकाएर छानबिन गर्दा एमालेका अध्यक्ष केपी ओलीले जति जोगाए पनि जोगिने अवस्था थिएन । त्यहीकारण प्रधानमन्त्री प्रचण्डको सरकार ढल्न पुगेको हो । यो बेला प्रचण्डको जादूको छडीमा पनि खिया लाग्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *