एमालेको जालमा दलहरु

राजनीति समाचार

काठमाडौं । नेपालका ठूला भनिएका राजनीतिक दलका शीर्ष नेताहरु कतिसम्म झुट बोल्छन् भन्ने कुरा तत्कालीन पाँच दलीय गठबन्धन सरकार तोडेर नेपाली कांग्रेससँग सहकार्य गर्ने समाचार बहिरिरहँदा पत्रकारहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई असार १७ गते पत्रकाहरुले तपाई छिट्टै कांग्रेससँग सहकार्य गरेर प्रधानमन्त्री बन्दै हुनुहुन्छ हो ? भन्ने प्रश्न गरेका थिए ।

त्यसको उत्तरमा अध्यक्ष ओलीले भनेका थिए, “त्यो त मलाई थाहा छैन । यो साल म प्रधानमन्त्री हुने लक्षण देख्दिन, भए छु भने राम्रै होला ।” तर त्यसको भोलिपल्ट असार १८ गते रातको १२ बजे बालकोटमा कांग्रेससँग सहकार्य गरी आफू प्रधानमन्त्री बन्ने सपनालाई साकार बनाएका छन् । नेपाली कांग्रेससँग सहकार्य गरेर प्रधानमन्त्री बन्ने उदेश्य राखेका ओलीले पत्रकारहरुलाई झुटो जवाफ दिका थिए ।

ओली प्रधानमन्त्री बनको खण्डमा देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउँछन् कि झुटो आश्वासनमा निराशा बनाउँछन् त्यो निश्चित छैन । तत्कालीन नेकपाको सरकारमा ओली प्रधानमन्त्री बनेको बेला नेपाली जनतालाई पानी जहाज र घरघरमा ग्यासको चुलो भन्दै फुस्रो आश्वासन दिएका थिए । त्योसँगै राम अयोध्यामा नजन्मिएर नवलपरासीमा जन्मेको भन्दै केहि समय चर्तिकला देखाएका थिए । त्योसँगै कोरोना कालमा ओम्नी कम्पनीसँग कोरोना खोप खरिददेखि थर्मागनसमेत भ्रष्टाचार गरेका समाचार नआएका होइनन्।

बन्दै गरेको धरहारलाई सम्पन्न भएको बहाना पारेर उद्घाटन गर्न समेत भ्याए । सो धरहरा अहिलेसम्म निर्माण सम्पन्न भइसकेको छैन । यसरी एमाले अध्यक्ष ओली सत्तामा रहँदा र सत्तामा बाहिर हुँदा बोली फरक–फरक हुने गरेको छ । कहिले ओली वाम एकताको नारा दिन्छन् कहिले त कांग्रेससँग सहकार्य गरेर सरकारमा सामेत हुन्छन् । तर नेपालमा उद्योगधन्दा, कलकारखाना ठप्प हुँदा पनि एमाले अध्यक्ष ओलीले उखान टुक्काको भरमा कार्यकर्तालाई झुलाउने, सर्वसाधारण जनतालाई हसाउने भन्दा अन्य काम गरेको देखिदैन । हावासँगै एमाले अध्यक्ष बहकिने गरेका छन् ।

तर काम भने ओलीको शुन्य छ । अन्य दलका नेताहरुले ओलीप्रति विश्वास गर्न छोडेका छन् । आफूले सहकार्य गरेर बनाएको पाँच दलीय गठबन्धन सरकारबाट आफैँ हटेपछि प्रचण्डको सरकार अल्पमतमा परेको छ । ओलीले सरकार अल्पमतमा पारेर कांग्रेससँग सहकार्य गरेर जानु कतिको उचित हो भन्दै आमविज्ञहरुले प्रश्न गर्न थालेका छन् । एमालेका अध्यक्ष केपी ओलीले यस्तो खेल खेलेपछि ओलीप्रति जनताको विश्वास घट्दै गएको छ । एमालेले माओवादीलाई धोका दिएको जस्तै भविष्यमा कांग्रेसलाई पनि धोका दिने अनुमान गरिएको छ । एमालेले माओवादीदेखि भर्खर स्थापित भएका रास्वपा र कांग्रेसलाई समेत जालमा पार्ने खेल खेलिरहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *