बेचन झाका कारण प्रचण्ड सरकार ढल्यो

राजनीति समाचार

काठमाडौं । काठमाडौंका मेयर बालेन साहको अपरिपक्वताले उनको बोली पूर्ण नहुँदै पछाडि पर्नु परेको छ । सिंहदरबार जलाउने, सडक खन्ने योजना एकाएक अस्थिर भए । नगरपरिषद्ले बालेनलाई धोका दियो । जहाँ कांग्रेस र एमालेबाट चुनाव जितेकाहरुको बाहुल्यता छ । यिनै बालेन, हर्क साम्पाङका जोडी बनेका तर आफू कानूनी रुपमा अपरिपक्व रवि लामिछाने एमाले अध्यक्ष केपी ओलीले काखमा राखेर दुध पिलाउँदै छरी घसेको पत्ता नपाउँदा कुनै दिन सहकारी ठगीमा जेल नपर्लान भन्न सकिँदैन ।

प्रहरीको अपराध अनुसन्धानमा बसन्त कुँवरले नेतृत्व गर्दा बेचन झा र राम गुरुङलाई डा.आरजुकै जोडबलले भगाइयो । झा समातिए, गुरुङलाई कसैले केही गर्न सकेन । अहिले प्रहरीहरु कांग्रेस र एमाले नेताका दैलामा पुगेका छन् । जहाँ रविका एआईजी श्याम ज्ञवाली र भिम ढकाललाई जोडेर काँचो वायु झैं बकाइँदै छ । सरकारबाट फुत्कने अवस्था थिएन भने बेचन झा मार्फत प्राप्त रिपोर्टको आधारमा राजेश बज्राचार्य र डा.आरजु देउवालाई झ्याइँझ्याइँ पार्ने सुर कस्दा असार १५ को दिन बालकोटमा बित्यो ।

स्वर्ग नर्क सँगै बस्ने सँगै रमाउने केपी ओलीको तर्कले मख्ख परेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डको फोन रिसिभ गरेनन् । सरकारको सूचनाका सुत्रहरुसमेत रवि र प्रचण्डका विरोधी भएको त्यो बेला पर्दाफास भयो जुन बेला प्रचण्ड र रवि दुबै जनलाई काँचो वायुले घेरेको थियो । संविधानको धारा ७६(२) को सरकारले ७४(४) अनुसार विश्वासको मत नपाउँदा स्वतः ७६(३) मा जानुपर्ने भएपछि दुईवटा ठुला दलले संविधानलाई मानेनन् । किनकि उनीहरु देशको ढुकुटी स्वाहा पार्ने संविधानभन्दा ठूला कानूनभन्दा माथि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *