किन हुन्छ नयाँ अर्थमन्त्री आउनेबित्तिकै सेयरमा चलखेल ?

राजनीति समाचार

काठमाडौं । जब सरकार फेर बदल हुन्छ अनि शेयर मार्केट बढ्ने र घट्ने गर्दछ । कुन पार्टीबाट कुन दाइ अर्थमन्त्री बन्छन् भनेर सेयर ब्रोकरहरु बाटो ढुकिरहेका हुन्छन् । कसैकसैले फलानो पार्टीबाट फलानो अर्थमन्त्री भएमा यो कम्पनीको यति बृद्धि हुन्छ भनेर मुख मिठ्याइरहेका हुन्छन् । त्यो हवालामा रातारात सेटिङ गरेर सेयरको मूल्य बृद्धि गर्ने र त्यो मौकामा आफ्नो बेच्ने गर्दछन् ।

आफूसँग भएको सेयर विक्री भइसकेपछि एकाएक सेयर माकेर्ट घटाएर अर्काको किन्ने गर्दछन् । यसरी सेयर माफियाहरुले अर्थमन्त्रीलाई नै गुमरामा पारेर रातारात बिनाकारण मूल्य बृद्धि गराएर अर्बौंको चलखेल गर्ने गर्दछन् । पैसा हुनेहरुले उद्योग धन्दा व्यापार व्यावसाय गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेपर्नेमा त्यो नगरी सेयरमा लगानी गरेर रातारात अर्बपति बन्ने खेलोफड्को हुने गरेको छ । कतिपय स्टक एक्सचेन्जका कर्मचारीहरुले सेयर ब्रोकरहरुलाई गोप्य सूचना लिक गरेर आफन्तलाई सेयर किन्न लगाउने गर्दछन् । त्यस्ता विषयमा न त धितोपत्र बोर्डले ध्यान दिएको हुन्छ, न त राष्ट्र बैंकले अनुगमन गरेको हुन्छ । स्टक एक्सचेन्ज कम्पनी र सेयर ब्रोकरहरुको मिलेमतोमा सेयरको मूल्य घटाउने बढाउने गरेर पैसा असुली गरिराखेका हुन्छन् ।

राज्यका सम्बन्धित निकायहरु पनि सेयर ब्रोकरहरुको पछाडि लागेर कमाउधन्दामा व्यस्त हुने गरेका छन् । सेयर बजार भनेको सधैं पैसा हुनेहरुको लागि मात्रै हुने गरेको छ । धितोपत्र बोर्डले पनि पहिलादेखि पैसावालाको लागि लक्षित गरेर सेयर कारोबारको नीति बनाएको छ । तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले सबैलाई समेट्ने गरी कम्तिमा १० कित्ता सबैले सेयर पाउने नियम बनाएर सर्वसाधारणलाई राहत पु¥याउने काम गरेका थिए । तर, उनको कार्यकाल सकिनासाथ बुक बिल्डिङको नाममा फेरि धेरै पैसा हुनेहरुले मात्रै सेयर पाउने नियम लागु गरिएको छ । बुक बिल्डिङमार्फत सेयर खुल्न थालेपछि सर्वसाधारणले सेयर भर्न नसक्ने भएका छन् । त्यसकारण सेयर बजार भनेको सधैं पैसा हुनेहरुले खेल्ने जुवा घर हो । सेयर कारोबारबाट कुनै उत्पादनमुलक काम नभई खाली एउटाको गोजीको पैसा अर्काले उछिट्याउने खेल मात्र सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *