सानो घेरामा रमाउँदै प्रधानमन्त्री

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको घेरा फराकिलो छैन । उनले पार्टीमा एकसेएक अर्थ विज्ञ हुँदा डा.युवराज खतिवडालाई नै रोजेकोमा सबै दंग छन् । पूर्व अर्थमन्त्री एवं उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि त्यहाँ थिए । उनी सफल अर्थमन्त्री पनि हुन् । विष्णु पौडेल संसद थिए, पार्टीको उपाध्यक्ष पनि हुन् । ओलीले डा.खतिवडालाई राष्ट्रिय योजना आयोग सदस्य, उपाध्यक्ष, राष्ट्रिय सभाको सांसद अर्थमन्त्रीसमेत बनाए । उनले नेकपा एमालेका लागि सिन्को भाँचेका पनि होइन । विद्यार्थीकालमा यी मण्डले हुन् । यी अर्थमन्त्री हुँदा विशाल ग्रुपको सेवा गरेका हुन् तर केपीले उसलाई छाडेनन् ।

त्यस्तै अर्काे पात्र हुन् विष्णु रिमाल । नुवाकोटका रिमाल कुनै बेला चौधरी ग्रुपमा ओभरसियर जागिरे थिए । माधव नेपाल पार्टीको नेतृत्वमा रहँदा उनलाई एमाले मजदुर विभागको नाइके बनाए । तारे होटल र औद्योगिक घटना उनको चन्दा असुली क्षेत्र थियो । एमालेले अखिल नेपाल टे«ड युनियनलाई एनजीओकरण गरायो । टे«ड युनियनको राजनीति रिमाललाई फाप्यो । अहिले पनि उनै प्रमुख राजनीतिक सल्लाहकार बनाइएको छन् ।

जहाँ रिमाल र खतिवडा हुनछन्, त्यहाँ नेकपा एमाले सफल हुँदैन । शैक्षिक पाठ्यपुस्तकमा कर लगाउने कृषि उपज उत्पादनसँग कानून विपरीत कर असुल्ने २० लाखभन्दा तलको पुँजीलाई प्यानमा दर्ता गरेपनि राजस्व असुल्ने नाममा भ्याट लगाएर दुख दिने अग्रवालहरुलाई राजस्व सहज पार्ने दायित्व यी खतिवडाको हो ।
पार्टीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य युवराज ज्ञवाली उपमहासचिव प्रदीप ज्ञवाली थिए ।

झापा आन्दोलनको इतिहासबाट पछिल्लो पटक पनि दुई तिहाई समर्थनसहित सत्तामा पुग्ने तर त्यसको सहयात्रीहरु नारद भारद्वाज, वाग्ले र धनेन्द्र बस्नेत, मनकुमार गौतम, मोहन चन्द्र अधिकारीलाई बेवास्ता गर्ने केपी ओली एमालेका श्री ३ हुन् । जसले सहयात्रीहरुको खोजी गर्नुभन्दा दरबारका वरपरका पात्रहरुलाई प्यारो ठान्छ । एमालेमा केपी ओलीलाई आत्मप्रशंसा प्रेमीका रुपमा लिइन्छ । उनी आत्मसमीक्षा गर्दैनन्, गल्ती स्वीकार्न सक्दैनन् । बारम्बार डा.खतिवडालाई ठाउँ दिनैपर्ने र विष्णु रिमाल मुख्य सल्लाहकार हुने कारण के होला ? एमालेमा यो प्रश्न उठ्छ तर ओलीका अगाडि सबै नतमस्तक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *