कांग्रेस र माओवादीसँगैं एमालेमा झाँगियो आफन्तवाद

राजनीति समाचार

निष्ठावान र दक्ष कार्यकर्तालाई एमालेबाट बाइपास
काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुले एकले अर्कोमाथि परिवारवादको दोषारोपण गर्ने परम्पार नै चलेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिवारवादको आरोप लागिरहँदा एमाले अध्यक्ष केपी शार्मा ओलीले भनेका थिए, ‘कांग्रेस र माओवादी परिवारवादमा होमिएको छ ।’ ओलीले कांग्रेस र माओवादीलाई परिवारवादमा होमिएको आरोप लगाइरहँदा आफू प्रधानमन्त्री भएपछि पुरानै सहयोगीलाई साथ लिएर त्यसको छनक दिएका छन् । ओलीले आफ्नो परिवारभित्रको नभएपनि ‘बा’भन्नेहरुको ताँती नै लागेको छ ।

किन कि अध्यक्ष ओली प्रधानमन्त्री मात्रै ४ पटक भइसकेका छन् । चारपटक प्रधानमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पटक–पटक नियुक्ति गरेका छन् । उता, स्वकिए चिवमा आफ्नै सालो राजेश साक्यलाई नियुक्ति गरेका छन् । त्यसैगरी तत्कालीन नेकपाको सरकारमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडालाई आर्र्थिक सल्लाहकारमा नियुक्ति गरेका छन् । उता, न्यायावक्तामा पहिलाकै रमेश बडाललाई दोहो¥याएका छन् । यसरी ओली जति पटक प्रधानमन्त्री बन्छन् अनि पहिलाकै व्यक्तिहरुलाई दोहो¥याएर आफ्ना विभिन्न सल्लाहकार बनाउँछन् । अध्यक्ष ओलीले एउटै व्यक्तिलाई पटक–पटक अवसर दिइरहँदा एमालेभित्र असन्तुष्टि बढेर गएको छ ।

अब प्रधानमन्त्रीले नियुक्ति गर्न बाँकी रहेका छन् राजन भट्टराई । तर, भट्टराईमाथि नैतिकताको विषयमा प्रश्न उठेको छ । त्यो सार्वजनिक रुपमा बाहिर आएको छैन । एउटै व्यक्तिलाई पटक–पटक अवसर दिइरहँदा पार्टीभित्र असन्तुष्टि झाँगियदै गएको छ । यसरी असन्तुष्टि झागिँदै जाने हो भने त्यो एमाले पार्टी धरासायी हुने देखिन्छ । एमालेभित्र एकातिर परिवारवाद झाँगिएको अरोप भने अर्कोतिर पुरानालाई मात्रै अवसर दिएको नयाँलाई ओझेलमा पारेको आरोप छ । प्रधानमन्त्री ओलीको यस्तो संकिर्णताले एमालेका १० भाइहरु अलपत्र परेका छन् ।

योगेश भट्टराई त मन्त्रीको सपथ खानको लागि दौरा, सुरुवाल लगाएर ठिक्क परेका थिए । अन्तिममा आएर उनी छाँगाबाट खसे जस्तै भए । त्यसैगरी अध्यक्ष ओलीले योगेशसहित अन्य ९ भाइलाई यो सरकारको मन्त्रिमण्डलमा सामेल गराउन सकेनन् । एमालेमा मात्रै नभएर अन्य पार्टीका नेता र बुद्धिजीवीहरुले एमालेभित्र अब निष्ठावान र क्षमतावान कार्यकर्ताहरु नभएको अनुमान गर्न थालेका छन् । किन कि एमालेभित्र पुराना नेता, दक्ष कार्यकर्ता र अनुभवी हुँदाहुँदा पनि अध्यक्ष ओलीको इसारामा नचल्ने नेताहरु सधैं बाइपास हुने गरेका छन् ।

अध्यक्ष ओलीलाई रिझाउन नसक्ने नेता, कार्यकर्ता सधैं पछि पर्ने गरेका छन् । अध्यक्ष ओलीलाई रिझाउने नेता कार्यकर्ताहरु सधैं मालामाल हुने गरेका छन् । एमालेभित्र अहिले ओलीलाई भँजाएर खाने नेता÷कर्यकर्ताहरुको पनि लर्को त्यत्तिकै छ । प्रधानमन्त्री ओलीले राखेका सल्लाहकारहरु ओलीको इसारामाभन्दा पनि एनजिओआईएनजिओको इसारामा चल्ने व्यक्ति हुन् । यस्ता एआजिओ आईएनजिओको इसारामा चल्ने व्यक्तिहरुले प्रधानमन्त्री ओलीलाई कस्तो सल्लाह दिन्छन् र प्रधानमन्त्रीले कसरी काम गर्दछन् भन्ने चर्चा सर्वत्र चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *