एमालेमा शंकरले रिस फेरे

राजनीति समाचार

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेश पार्टी संसदीय दलका नेतालाई मुख्यमन्त्री बन्न नदिएपछि चर्केको आक्रोश भुसको आगो झैं फैलिँदैछ । लिलानाथ गिरी एमाले संसदीय दलदका नेता थिए । तर उनी गुटका आधारमा उपाध्यक्ष एवं उपप्रम तथा अर्थमन्त्री विष्णु पौडेल पक्षका भएकाले पनि महासचिव पोखरेलले दलका उपनेता चेतनानरायण आचार्यलाई मुख्यमन्त्री बनाउँदा लुम्बिनीमा आक्रोश बढेको हो ।
अध्यक्ष केपी ओलीले पार्टीमा एक्लौटी गरेर आफुसँग आफूसँग प्रतिस्पर्धा गर्नेलाई पार्टीमा टिक्न दिएका छैनन् । विष्णु पौडेल उपाध्यक्ष हुन् । महासचिव शंकर पोखरेल पहिले पार्टी एक हुँदा घनश्याम भुसालसँग पराजित भएका थिए । चितवनमा सम्पन्न दशौं महाधिवेशनमा पोखरेल टिके प्रथाबाट महासचिव भएका हुन् । उनलाई लुम्बिनी अञ्चल मात्र होइन राप्तीमा समेत विष्णु पौडेल पक्षले अत्याउँदै आएको छ । रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची मात्र होइन गण्डकीका अधिकांश जिल्लामा पोखरेल गुटलाई पौडेल र पृथ्वी सुब्बा गुरुङ पक्षले अत्याएको छ ।
पार्टीको महासचिव छ अध्यक्षको स्वीकृति बिना चल्न पाउँदैनन् । पार्टीलाई पुरानै अवस्थामा ल्याउने भनिएको छ, तर ओली गुडभित्र पूर्व राष्ट्रपति विद्या भण्डारीको छुट्टै गुट छ । त्यो गुटबाट अहिले तीनजना मन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेललाई जनपक्षीय काम गर्न नदिने गरी एमालेमा सिनको नबाँचेका डाक्टर युवराज खतिवडा जस्ता जनताका शत्रुलाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाएर अर्थतन्त्रमा चलायमान बनाउनुपर्ने लगानीकर्ताको माग माथि प्रहार गरेका छन् ।
महासचिव पोखरेल धेरै नबोल्ने भित्रभित्र षड्यन्त्र गर्ने पेट सफा नभएका षड्यन्त्रकारी नेता हुन भन्ने कुरा एमालेमा लुकेको छैन । पोखरेका कारण लुम्बिनीमा मन्त्रिमण्डलमा सहभागी हुनेको नाम छनौटमा समेत विवाद भयो । गण्डकीमा पोखरेल गुटका खगराज अधिकारी मुख्यमन्त्री बन्न पाएनन् । सातै प्रदेशमा पूर्व राष्ट्रपति विद्या भण्डारीको टिम जबर्जस्त छ । जता टिम बलियो हुन्छ, उतै ढल्केर स्वार्थ पूरा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि विद्याकै टिमका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *