प्रधानमन्त्री ओलीको प्रतिबद्धताले पाउला त सार्थकता ?

राजनीति समाचार

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिसभालाई सम्बोधन गर्दै देश र जनताको लागि तत्काल गर्नुपर्ने कामहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले गरेका बुँदागत ती काममा क्षमता अभिवृद्धि, मूल्याङ्कन, नीतिगत सुधार र समस्याको समाधान रहेका छन् । स्वास्थ्य, शिक्षा, सुरक्षा, सामाजिक संरक्षण र ठूला पूर्वाधार निर्माण गर्ने पनि प्रधानमन्त्री ओलीले प्रतिवद्धता जाहेर गरेका छन् । त्यसको लागि लगानी जुटाउन फानान्सिङको मोडालिटी तयार गर्ने उल्लेख छ । सरकारले देशभित्र रहेका सम्पूर्ण स्रोतहरुकोे कमाण्ड गर्ने र देश बाहिरबाट प्राप्त गर्न सकिने स्रोत, साधनलाई उपयोग गर्ने । प्रधानमन्त्री ओलीले ल्याएको अवधारणमा यस्तो भनिएको छ ।

नेपालीहरुले तिब्र फड्को पार्नुपरेको छ । त्यसको लागि विकासको ढाँचा परिवर्तन गरी आफूसँग भएको कहाँ लगानी गर्ने र कस्तो परिणाम हासिल गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बेला भएको बताएका छन् । शिक्षा क्षेत्रमा जनशक्ति अभाव हुन नदिने, आपूर्तिको तुलनात्मक विश्लेषण गरी राष्ट्रिय जनशक्ति तयार गर्ने, कृषि क्षेत्रबाट अर्थतन्त्र चलायमान बनाउने बताइएको छ । गरीवी र भोकमरीबाट बचाउँन कृषि क्षेत्रलाई चलायमान बनाइ आमनागरिकलाई दीर्घकालीन खाद्यान्न अभावको अन्त्य गर्ने । प्राविधिक र उद्यमशीलताको विकास गरी कृषिमा अल्झिएका जनतालाई अन्य क्षेत्रतिर प्रेरित गर्ने । उत्पादकत्व वृद्धि गरी कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउने । आधुनिकरिण र व्यवसायिकरणमार्फत उत्पादन बढाइ कृषि उपजको निर्यात गर्ने । अर्थमन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयसँग समन्वय गरी कृषि तथा पशुपन्छी मन्त्रालयलाई ठोस जिम्मेवार बनाउने । वैदेशिक रोजगारीले अर्थतन्त्रमा परेको असरलाई कसरी परिवर्तन गर्ने भन्ने विषयमा अध्ययन गर्ने ।

नेपालीहरुमा खानपिनलाई परिवर्तन गरी स्वस्थ, सन्तुलित र पोषणयुक्त खानाको अवधारणा बनाइ लागु गराउने । त्यसमा कृषि तथा पशुपन्छि विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई परिचालन गरिने । सबै पालिकामा खाद्यान्न भण्डारणको व्यवस्था गरी स्थानीय तहसँग मनन्वय गर्ने । निरपेक्ष गरिवीलाई छिटोभन्दा छिटो हटाउन योजना आयोगको नेतृत्वमा संयन्त्र तयार गर्ने । सडक बालबालिकाको व्यवस्थापन गर्ने । जुनसुकै ठाउँमा जन्मिएको भएपछि बालबालिकालाई भोकै पर्न र कुपोषणको सिकार हुनबाट जोगाउने । सबै बालबालिकाको लागि गाँस, बास, कपास र पढाइको व्यवस्था मिलाउने । तराई–मधेसका आर्थिक विपन्नमा परेका मधेसी, दलित, सामाजिक बिभेद र भेदभावमा परेका व्यक्ति, अशक्त, बेसहारा, संक्रमित, आश्रयबिहीन भई अलपत्र पर्नेहरुलाई सरकारले प्राथमिकतामा राख्ने । भ्रष्टाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडिएका विषयलाई छानविन गरी दोषी ठहरिएकालाई कडा कारबाही गर्ने । सुशासनको लागि ‘स्टन्ट’वाजी नगरी ‘इन्टेन्सन’ आवश्यक भएकाले त्यसको लागि सरकारले आफू अग्लो हुन अरुलाई होच्याउन नदिने । माथि उल्लेखित प्राथमिकताबाहेक सरकारले सार्वजनिक सेवा प्रभावकारी बनाइ नागरिकको जीवनलाई सहज बनाउने ।

सेवा प्रवाभ, नीति निर्माण र विकासका कामहरु अगाडि बढाउने । नेपालका जस्तोसुकै भौगोलिक विकटतामा बसोबास गर्ने नेपाली नागरिकलाई राज्यले नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र अनलाइन प्रणालीबाट उपलब्ध गर्न व्यवस्था मिलाउने । घरजग्गा र सम्पत्ति खरिद विक्री कर, विद्युत, खानेपानी लगायतका सरकारी शुल्क तथा कर अनलाइन प्रणालीबाट तिर्ने व्यवस्था मिलाउने । जनता, प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनउत्तरदायी बनाउने । सार्वजनिक सेवा–प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने । स्वास्थ्य तथा कृषि प्राविधिकको सेवाहरु अनलाइन प्रणालीबाट उपलब्ध गराउने । शिक्षक र निजामती कर्मचारीको विचाराधिनमा रहेका विधेयकहरुलाई नयाँ ऐन तर्जुमा गरी समाधान गर्ने ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको केन्द्र बनाउन पहल गर्ने । पर्यावरणीय प्रणालीको दीगो संरक्षण गर्दै जलवायु परिवर्तनको असरलाई कम गर्ने । रोगी नेपाललाई निरोगी बनाउन निरोधात्मक र प्रतिरोधात्मक पद्धतिको विकास गर्ने । गर्भवती महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकको स्वास्थोपचार र पोषणको व्यवस्था सरकारले गर्ने । सुकुम्वासी, हलिया, कमैया र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै विदेशबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई उपयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभियान थाल्ने ।

खेलकुदलाई राष्ट्रिय एकता, अन्तर्राष्ट्रि प्रतिष्ठा र मित्रता बढाउने माध्यम बनाइ सामाजिक सद्भाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुताको रुपमा अगाडि बढाउने । सुशासन र जनताको हक अधिकारको लागि न्यायालयप्रति जनताको विश्वास गजाउने काम गर्ने । असल छिमेकीपनमा विश्वास गरी व्यवहार गर्ने । छिमेकीका जायज चासोहरुको सम्वोधन गरी नेपालीका जायज मागको छिमेकीले सम्वोधन गर्ने अपेक्षा गर्ने । देशलाई समृद्धितिर हिडाउँन बलियो प्रणाली लागु गर्ने जस्ता विषयलाई समेटेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र नेपाली जनतालाई दिग्भ्रमित पारेका छन् । माथि उल्लेख गरिएका विषयहरु लागु गरेर देखाएको खण्डमा प्रधानमन्त्री ओली जनतासामु धन्यवादको पात्र बन्ने छन् । नत्र प्रधानमन्त्री ओली विवादित पात्र मात्र हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *