स्वास्थ्य मन्त्री पौडेल सचिव पोखरेलको फन्दामा पर्दै

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडल स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई कसरी अगाडि बढाउने हुन्, त्यो एकिन भइसकेको छैन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले तत्कालीन स्वास्थ्य मन्त्री द्वय गगन थापा र मोहन बस्नेतसँग समन्वय गरेर अगाडि बढ्छन् कि आफ्नै ढंगले काम गरेर अगाडि बढ्छन् त्यो हेर्न बाँकी छ । कांग्रेसका आशालाग्दा युवा नेता पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि उनीबाट सर्वसाधारण जनताले केही आशा र भरोसा गरेका छन् ।

तर, मन्त्री पौडेललाई स्वास्थ्य माफियाहरुले चंगुलमा नपार्लान् भन्न सकिन्न । यसअघिका स्वास्थ्यमन्त्रीहरुलाई मेडिकल माफिया र विचौलियाहरुले गुमराहमा पारेर ंआर्थिक लाभ लिँदै आएका थिए । स्वास्थ्य क्षेत्रमा विचौलिया र माफिया त हावी छन् नै, स्वास्थ्य सचिव रोसन पोखरेलको हालीमुहाली विगत लामो समयदेखि चल्दै आएको छ । जुनसुकै पार्टीबाट स्वास्थ्यमन्त्री बनेर आए तापनि पोखरेलले ती मन्त्रत्रीहरुलाई आफ्नो पासोमा पार्ने काम गर्दै आएका छन् । सरकारी अस्पतालको सेवाप्रवाहमा समेत सचिव पोखरेलले असर पु-याउने काम गर्दै आएका छन् । पोखरेलले सरकारी अस्पतालको लागि आवश्यक सामग्री खरिददेखि ढुवानीमा समेत ठूलो मात्रामा चलखेल गर्दै आएका छन् ।

नेपालकै ठूलो वीर अस्पतालदेखि अन्य सरकारी र सामुदायिक अस्पतालमासमेत सचिव पोखरेलको प्रभाव रहेको बताइन्छ । वीरदेखि अन्य सरकारी अस्पतालमा विरामीहरुले पाउने सेवा, सुविधा र खानामा समेत सचिव पोखरेलको गिद्देनजर पर्ने गरेको स्वास्थ्य क्षेत्रकै कर्मचारीहरुको भनाइ छ । कतिपय सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई यहाँ बेड खाली छैन महिनौ लाग्छ भनेर छिटोछरितो उपचारको लागि आफ्नो क्लिनिक विराटनगर जान सुझाउँछन् । उनी हरेक शुक्रवार काठमाडौंबाट विरानगरस्थित आफ्नो क्लिनिकमा पुगेर विरामीहरुको रेखदेख गर्ने र आइतवार काठमाडौं फर्कने गर्दछन् ।

सचिव पोखरेलका कारण अधिकांश सरकारी अस्पतालका विरामीहरुको उपचारमा समेत प्रभाव पर्ने गरेको छ । पोखरेलले धेरैजसो विदेश भ्रमण गरेर राज्यको अर्बौं रुपैयाँ हिनामिना गर्ने गरेका छन् । सचिव पोखरेल विभिन्न देशको स्वास्थ्य क्षेत्रको अनुभव बटुलेर नेपालमा लागु गर्न खोजेजस्तो गरेर मन्त्रीहरुलाई झुक्याउँदै आएका छन् । विदेश भ्रमणमा जाँदा स्वास्थ्य मन्त्रालयका सम्बन्धित क्षेत्रका कर्मचारी नलगेर आफ्ना आसेपासे र भरौटेहरुलाई लगेर राज्यको पैसा दोहन गर्ने गरेका छन् । अब नवनियुक्त स्वास्थ्यमन्त्री पौडेललाई कसरी रिझाएर अगाडि बढ्छन् त्यो भविष्यले देखाउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *