प्रधानमन्त्री ओलीको बोली र व्यवहार फरक, खतिवडालाई अगाडि सार्दा अर्थमन्त्री ओझेलमा

राजनीति समाचार

काठमाडांैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेपछि अर्थमन्त्री विष्णु पौडेल गुमनाम जस्तै भएका छन् । राष्ट्र बैंकले दुई हप्ता अगाडि लागु गर्नुपर्ने मौद्रिक नीतिलाई हप्तादिन ढिला गरी गत शुक्रवार मात्रै गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका छन् । ओली जति पटक प्रधानमन्त्री बन्छन् युवराज खतिवडालाई कहिले अर्थमन्त्री त कहिले आर्थिक सल्लाहकार बनाएरै छाड्छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुमा पकेटका मान्छे ल्याउँदा युवराज खतिवडालाई आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय पनि कब्जामा लिएका छन् । भौतिकमन्त्री देवेन्द्र दाहाल, भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, रक्षमन्त्री मानवीर राई प्रधानमन्त्री ओलीका पकेटका मन्त्री हुन् । यिनीहरुले प्रधानमन्त्री ओलीले जे÷जस्तो निर्देशन गर्दछन् मन्त्रीहरुले त्यसमा सही गर्ने काम मात्रै गर्दछन् ।

तर, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ भने ओली लाइनकै भएपनि उनी हक्की स्वभावका छन् । उनी व्यक्तिभन्दा पार्टी र कार्यकर्ताको हितमा काम गर्ने मन्त्रीमा गनिन्छन् । त्यसैगरी युवराज खतिवडालाई आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्री विष्णु पौडेललाई थपना मात्रै बनाएको देखिन्छ । प्रधानमन्त्री ओलीको बोली र व्यवहारमा फरक हुने पुरानो बानी हो । तत्कालीन सरकारका प्रधानमन्त्री पुष्पकमल दालहा प्रचण्डलाई ओलीले भनेका थिए, ‘स्वर्ग र नरकसँगै जाने हो, वामएकताको विकल्प छैन, कांग्रेस कोही होइन ।’ प्रधानमन्त्री ओलीले यस्तो बचन बोलेको हप्तादिन नपुग्दै असार १७ गते सरकार परिवर्तनको खाका नै तयार गरे । त्यसैगरी गत आइतबार सचिवहरुलाई बोलाएर ‘तपाईंहरु देश र जनताप्रति बफादार भएर काम गर्नुहोस् सरुवा हुनुपर्दैन’ भनेका थिए ।

तर, प्रधानमन्त्री ओली त्यसो भनेको हप्ता दिन नपुग्दै अस्ति सोमबारको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा गर्नेदेखि राजदूत नियुक्ति र प्रदेश प्रमुखहरुको नियुक्ति गरेर तमासा देखाएका छन् । प्रधानमन्त्री ओलीको बोली एउटा व्यवहार र काम गराइ अर्को हुने गरेपछि पार्टीभित्र आशंका उब्जिन थालेको छ । त्यसैगरी सत्तासाझेदार नेपाली कांग्रेस पनि प्रधानमन्त्री ओलीको व्यवहार देखेर सशंकित हुन थालेको छ । उता, एमालेभित्र भावी पार्टी अध्यक्ष कसलाई बनाउने भनेर भित्रभित्रै नेताहरुबीच खुलधुली हुन थालेको छ । एकथरी नेताहरुको भनाइअनुसार भावी अध्यक्ष पूर्व राष्ट्र विद्या भण्डारीलाई बनाउनुपर्ने छ भने अन्य केही नेताहरुलाई फेरि केपी ओलीलाई नै भावी अध्यक्ष बनाउनुपर्ने धारणा राखिरहेका छन् । एमाले पार्टीले अध्यक्ष हुन ७० वर्ष ननाघेको हुनुपर्ने अवधारणा ल्याए तापनि ओली ७० वर्ष पुग्न दुई÷चार महिना बाँकी हुँदै अधिवेशन गराएर ओली आफै पार्टी अध्यक्ष बनेका थिए । फेरि पनि पार्टीको विधान परिवर्तन गरेर भएपनि ओली आफै अध्यक्ष बन्ने मुडमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *