यही हो त, प्रहरीभित्रको सुशासन ?

राजनीति समाचार

काठमाडांै । नेपाल प्रहरीभित्र जुनसुकै व्यक्ति आइजीपी भए तापनि देशको शान्ति सुरक्षा गर्ने देखि सुशासन ल्याउने काम गर्न सकेका छैनन् । नेपाल प्रहरीमा जति आइजीपी बनेका छन् उनीहरुले आफ्ना नाम र फोटो झुण्ड्याउने काम बाहेक अन्य कुनै सुधारको काम गर्न सकेका छैनन् । राजनीतिक दलहरुले पनि तिनै प्रहरी अधिकृतहरुलाई प्रयोग गरेर कमाउधन्दा चलाउने गरेका छन् । नेपालमा चोरी तस्करी, मानव बेचविखन र लागु पदार्थ ओसारपसारका घटनाहरु मौलाइरहँदा त्यसलाई रोकथाम गर्नुको साटो उल्टै उनीहरुसँग मिलेर कमाउधन्दा सुरु गर्ने काम प्रहरीबाट हुँदै आएको छ ।

त्यसको उदाहरण बनेको छ ललितपुरको इमाडोलस्थित इलाका प्रहरी कार्यालय । इमाडोलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख रहेका छन् प्रहरी निरीक्षक उदयशमशेर जबरा । त्यस्तै असही रहेका छन् हिमाल पौडेल । जबरा र पौडेलको मिलेमतोमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भनेजस्तै काम हुने गरेको छ । गत शुक्रवार ग्वार्खोस्थित किष्ट अस्पतालको गल्लीमा व्यापार गर्ने निरज चौधरी र ओम प्रकाश गुप्ताबीच वादविवाद भएको थियो । सो विवादमा ओम प्रकाश गुप्ताले निरज चौधरीलाई कुटपिट गरेको भनेर किष्ट अस्पतालमा घाउचोट चेकजाच गर्न प्रहरीले पठाएको थियो । तर, सो कुटपिटबाट चौधरीलाई कुनै घाउचोट नलागेको भनेर किष्ट अस्पतालले प्रमाणित गरिदियो । ओम प्रकाश गुप्तालाई प्रहरीले चौधरीलाई कुटपिट गरेको भनेर तीन दिन थुनामा पनि राख्यो ।

टोलवासीहरुले कुनै कुटपिट नभएको वादविवाद मात्रै भएको बताउँदा पनि निरज चौधरीको पक्षमा लागेर प्रहरीले १० हजार घुस लिएको बताइन्छ । चौधरीबाट प्रहरीले १० हजार घुस लिएपछि ओमप्रकाश गुप्तालाई ३० हजार औषधि उपचार खर्च तिर्नुपर्ने कागज गरेर छाडिएको थियो । प्रहरीले यस्तो व्यवहार गरेको टोलवासीले थाहा पाएपछि प्रहरीबाट उनीहरु रुष्ट भएका छन् । इमाडोलको यो घटना त प्रहरीबाट हुने ज्यादतीको एउटा उदाहरण मात्रै हो । प्रहरीबाट देशका विभिन्न भाग हुने अन्य घटना त कति छन् कति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *