मिस एसईईको उपाधि शाहलाई

मनोरञ्जन समाचार

काठमाडौँ । यो वर्षको मिस एसईई स्टारको चौथो संस्करणको उपाधि रितिका शाहले पाउन सफल हुनुभएको छ । भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न ग्रान्ड फिनालेमा शाह एसईई स्टारको ताज पहिरिन सफल हुनुभएको हो । उहाँले गिफ्ट ह्याम्परका साथमा मिस ट्यालेन्ट र बेस्ट ड्रेसको टाइटलसमेत जित्न सफल हुनुभयो ।

मिस एसईई ग्रेसको उपाधि भने मुस्कान नेवारले हात पार्न सफल हुनुभएको छ । उहाँले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत जित्नुभएको छ । यस्तै आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिँदै मिस मल्टिमिडियोको टाइटल जित्नुभयो । सेकेन्ड रनरअपको उपाधिसहित विदिस्मा कुँवरले मिस फ्रेन्डसिपको टाइटल प्राप्त गर्नुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *