डिभिजन प्रमुखहरु कमिसनमा मस्त, सडकहरु अलपत्र

राजनीति समाचार

काठमाडौं । वर्षायामसँगै सडकहरु जताततै भासिने, भत्किने र खाल्डाखुल्डी पर्ने क्रम जारी छ । सडक डिभिजन प्रमुृखहरु आर्थिक क्लोजिङको कमिसन लिन व्यस्त छन् । निर्माण व्यवसायीहरुले डिभिजन प्रमुखहरुको गोप्य कोठामा गएर खामबन्दी बुझाउने क्रम जारी नै छ । तर, उता सडक भने जताततै लथालिङ्ग अवस्थामा गुज्रिइएको छ । यात्रु र यातायातका साधनहरु बीच बाटोमा अलपत्र पर्ने क्रम जारी नै छ ।

त्यसको एउटा उदाहरण लिन सकिन्छ नयाँ ठिमीहुँदै हर्षचोकबाट तर्खल जाने बाटोलाई । केही अगाडि रातभरको पानीले भक्तपुर जमग्न भएको थियो । त्योसँगै सडक भास्सिएर सवारी यातायातमै समस्या परिरहेको छ । तर, भक्तपुृर सडक डिभिजन कार्यालय भने कानमा तेल हालेर बसिरहेका छन् । यसमा सम्बन्धित निकायको ध्यान जाने कि नजाने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *