धितोपत्र बोर्ड कब्जा गर्दै शुलभ अग्रवाल

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । एकातिर अहिले विश्व आर्थिक मन्दीमा छ । अमेरिकाजस्ता शक्तिशाली मुलुकमा शेयर बजार ओरालो लाग्दा नेपालको शेयर बजारमा किन हरियाली छाइरहेछ ? अहिले नै यो बिषय प्रकाशमा नआए पनि कालान्तरमा यो बिषय बाहिर आउने नै छ । आंशका छ,शेयर बजारमा समेत शंकर ग्रुपजस्ता कुनै ठूला घरानियाले खेलिरहेका छन् ।

अहिले धितोपत्र वोर्डमा लमजुङ्गे महेश बराललाई लगिएको छ । बराल एयरपोर्ट भन्सारमा कार्यरत छन् । उनलाई त्यहाँ लैजाने भूमिका सुलभ अग्रवाल लगायतका व्यापारीको ठूलो हात छ भनिदैंछ । कारण सुलभ अग्रवालहरुले यस अगाडि देखि नै धितोपत्र वोर्डमा आफू अनुकुलका पात्रलाई अध्यक्ष बनाउन चाहन्थें । उसले खोजेको पात्र त्यहाँ फिट नहुँदा सरकार ढलेको बताउँदै हिड्न थालेका छन्,बर्षमान पुन । अग्रवाल समूहको हिमालय स्टक एक्सचेन्जबाट ३ सय करोड अधिकृत पुँजी राखेर शंकर ग्रुपले कारोबार सुरु गर्न खोजेको छ । हालसम्म एक द्वारमार्फत हुँदै आइरहेको सेयर बजारको कारोबार निजी क्षेत्रबाट पनि सञ्चालन गर्ने उद्देश्यले हिमालयन स्टक एक्सचेन्ज कम्पनीलाई शुलभ अग्रवालले अघि सारेका छन् ।

र त्यही सपना साकार पार्नका लागि अहिले यो खेलो भइरहेको छ भनिन्छ । उसो त यस अघि नै थर्मल गन प्रकरणमा मुछिएका अग्रवाल समूहले हिमालयन रि–इन्योरेन्सको लाइसेन्स हात पारिसकेको छ । यो ग्रुप आफैंमा एक विवादित व्यवसायिक घराना हो । शंकरलाल आग्रवाल अध्यक्ष रहेको सो ग्रुपको उपाध्यक्ष शुलभ अग्रवाल हुन् भने प्रवन्ध निर्देशक शाहिल आग्रवाल छन् । यो कम्पनीले जगदम्बा होल्डिङ्गस् र जगदम्बा ग्रुप चलाउँदै आएको छ ।

जसको मातहतमा सिमेन्ट, स्टिल, वायर, अटोमोबाइल, हस्पिटालिटी, स्प्रिड, ट्रेडिङ, इन्सोरेन्स, टोबाको, एग्रोका साथै जगदम्बा, ऋद्धिसिद्धि, सौर्य र शुभश्री सिमेन्ट, प्रोटोन गाडी, टिभिएस मोटरसाइकल, बलेफी, लोअर मोदी, अपर बलेफी हाइड्रो, होटल हिलटन, मोइट, डन एन्जल(रक्सी), बम्बै डाइङ फाइबर, सिको घडी तथा हिमालयन रि–इन्सोरेन्सको कारोबार दुई कम्पनीहरुमार्फत हुँदै आइरहेको छ । जसमध्ये एक हो हिल्टन होटल । हालैमात्र गृहमन्त्री र प्रधानमन्त्रीले उद्घाटन गरे तर महानगरपालिकाबाट नक्सा पास नै नभइ होटल बनेको बिषय अहिले सार्वजनिक भएको छ । त्यही ग्रुपका उद्योगले बालेको विजुलीको २ अर्ब बढी बक्यौता नतिर्ने गरी अहिले खेलोमेला यसरी शुरु भएको छ कि संसदको सार्वजनिक लेखा समितिभन्दा बाहिरै तिनै व्यापारीको योजना अनुरुप कुलमान घिसिङ्गलाई कारवाही गर्ने,उनीमाथि अख्तियार,राजश्व अनुसन्धान र सिआइबी लगाउने प्रतिवेदन तयार पारिएको छ । व्यापारीलाई जोगाउने नाममा,बालेको विजुलीको रकम छुट दिने नाममा एक व्यक्तिमाथि सिंगो राज्य नै लागेको स्थिति छ अहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *