अस्पताल मर्न होइन बाँच्न जाने हो

राजनीति लेख

मानिसको ‘जन्म र मृत्यू’ लेखेर ल्याएको हुन्छ भन्ने पूर्विय दर्शनमा पढ्न पाइन्छ । यसमा दैवीय योगदान मानिन्छ । पूर्व जन्मको कमाई भन्ने पनि गरिन्छ । विज्ञानले जन्म र मृत्यूलाई प्राकृतिक मान्ने गरिन्थ्यो । तर पछिल्लो अवस्थामा जन्म र मृत्यू पनि प्राकृतिक हुन छाडेको छ । अप्राकृतिक वा कृतिमताले गाँजेको छ । जन्म र मृत्यूको पनि योजना आवश्यक पर्दछ । जन्मका सन्दर्भमा मातापिताले योजना जरुरी छ । त्यसै गरी मृत्युका बारेमा पनि योजना वनाउनु पर्नेछ । अबको मृत्यू झन असहज हुने अवस्था देखिदैछ । मृत्यूका बारेमा चर्चा गर्नै हुँदैन भन्ने गरिन्छ । यसका वारेमा छलफल गर्नु आवश्यक छ । यस लेखमा जन्म र मृत्यूका सन्दर्भमा चर्चा गर्ने कोशिस गरिएको छ ।

प्राकृतिक जन्म
पूर्विय दर्शन र ज्योतिष शास्त्र अनुसार मान्छे जन्मेको समयको आधारमा नामाकरण गर्ने गरिन्छ । कृतिम तरिकाले वच्चा जन्माउने प्रकृयाले गर्दा कुन समयमा जन्मदा ग्रहको अवस्था राम्रो हुन्छ भनेर लेखाजोखा गर्ने चलन पो चलि सकेको छ । ग्रहको राम्रो अवस्थीति भएको समयमा आमाको पेट चिरेर निकाल्न डाक्टरलाई अनुरोध तथा दबाव दिने चलन वढेको छ ।
यस वर्ष डेढ महिनाको अवधी भित्र मेरो पारिवारिक सदस्यहरु ३ जना वढे । एक जुम्ल्याहा सहित ३ वटा बच्चीको जन्म भयो । जन्म भयो भन्दा जबरजस्त जन्माइयो । आमाको पेट चिरेर निकालियो । डाक्टरले दिएको बच्चा जन्मने संभावित मिति भन्दा १५,२० दिन अगाडी नैं आमाको पेटवाट जवरजस्ती निकालियो । यो प्रकृयालाई प्राकृतिक मान्न सकिएला र ? जन्म प्राकृतिक हुन्छ, कसैले चाहेर जन्म हुँदैन भन्ने परम्परागत भाष्यमा परिवर्तन भएको छ । प्राय जसो बच्चा जन्मदा यो कृतिम तरिका अपनाएको पाइन्छ । जसको कारणले बच्चाको जन्म छिटो जन्मन पुगेको छ । गर्भ रहेको निश्चित दिन पछि जन्मदा जति परिपक्व हुन्थ्यो होला तर यो जबरजस्तले के गर्दछ भन्न सकिँदैन । अस्पतालहरुको व्यवसायको रुपमा हेर्न थालिएको छ भने कतिपय आमाको रुप खराव होला भनेर पनि सल्यक्रिया गराउने कोशिस गरिन्छ भन्ने पनि चर्चा छ । अनी प्राकृतिक रुपमा बच्चा जन्मदा आमालाई हुने पिडावाट वच्न शल्यक्रियाको साहारा लिइन्छ भन्ने आरोप पनि सुन्नमा पाइन्छ ।

पारिवारीक मृत्यू
प्रायः जसोले आफ्नो सहज मृत्यू खोज्दछन् वा अपेक्षा गर्दछन् । आफ्नै घरमा मृत्यूको अपेक्षा गर्दछन् । विगतमा अन्तिम समयमा धर्मकर्मको कुराकानी हुन्थ्यो । विभिन्न दान दातव्यका काम हुन्थ्ये । अराइपराइ संझाइ वुझाइ कामहरु हुन्थ्ये । परिवारजनमा लेनादेना, ऋणधनको कुराहरु भन्थ्ये । घर छेउमा तुलसीको मोठ हुन्थ्यो । अन्तीम स्वास त्यही फेर्ने चाहाना हुन्थ्यो । त्यती मात्र हैन सास जाने बेलामा आफन्तले पानी पिलाउन, सकेमा अन्त्यदान पनि गरुन् भन्ने हुन्थ्यो । अहिले त्यो अवस्था परिवर्तन भएको छ । अन्तीम अवस्थामा आफ्नो घरमा वस्न नपाउने अवस्था सिर्जना भएको छ । परिवारजनको काखमा टाउको राखेर आफ्ना सन्तानको हातबाट पानी खाने चाहाना एकादेशको कथा भएको छ ।

घरमा भएको विरामी पनि अलि गाहे जस्तो लागेमा हतार हतार अस्पताल पु¥याउँछौं । यसो गर्नुमा आफन्तको माया लागेर पनि हुन सक्छ संभावित झन्झटबाट मुक्ती पाउन पनि हुन सक्छ । अस्पतालमा लगेर भेन्टिलेटरमा राखिन्छ । छेउमा आफन्तजन पनि वस्न दिइन्न । जती धेरै सन्तान भए पनि जीवनको अन्तिम क्षणमा कोही न कोहीको अवस्था सिर्जना भएको पाइन्छ । मेडिकल्ली डेथ भए पनि सन्तान मुलुक वाहिर वा टाढा भएमा कृतिम स्वास दिएर केही दिन जबरजस्ती राखिन्छ । त्यसले विरामीलाई सहजता देला कि पिडा ? त्यती मात्र होइन, अस्पतालको सेवा पनि व्यापारी तथा व्यवसायमा केन्द्रीत भएका हुन्छन् । शुभलाभको कारणले पनि कृतिमता सिर्जना गरिन्छ ।

पछिल्लो समयमा जन्मनु र मृत्यु प्राकृतिक हुन्छ भन्ने विगत देखिको भाष्य गलत हुँदै गएको छ । कुनै जिव पैदा भएछ पछि नास हुन्छ यो शास्वत सत्य मानिन्छ । यसलाई धु्रव सत्य पनि भन्न सकिन्छ । यसको मतलव जिव नासवान हुन्छ । अनी जन्म र मृत्यू प्राकृतिक हो पनि भन्ने गरिन्छ । अझ जन्म त कसैैले चाहेर हुँदैन । मृत्यू बरु सम्वन्धीत व्यक्तीको वसमा हुन सक्छ । कुनैले अप्राकृतिक रुपमा ज्यान छाडेका छन् । तर जन्म सम्वन्धीत व्यक्तिले चाहेर हुँदैन । त्यसैले जन्मलाई प्राकृतिक मान्ने गरिन्थ्यो तर अहिले फरक भएको छ । जन्म प्राकृतिक हुन छाड्यो अनी मृत्यू पनि सहज हुन छाड्यो ।

अस्पताल मर्ने ठाउँ होइन
अस्पताल जाँदा हिंडेर गएको तर मरेछ भनेको सुनिन्छ । पछिल्लो अवधीमा यस्तो चर्चा धेरै सुन्नमा आइरहन्छन् । हुनत मृत्यूलाई सधैं असमायिक भन्ने गर्दछौं । सय वर्ष नाघेको मानिसको मृत्यू भए पनि त्यसलाई दुखद र असमायिक भन्ने चलन छ । किनकी यो मानविय संवेदनासँग सम्वन्धीत विषय हो । तर मृत्यूका वारेमा चर्चा नैं गर्नु हुन्न भन्ने भाष्यलाइ परिवर्तन गर्न जरुरी छ ।

अन्नपूर्ण न्युरो अस्पतालका. डाक्टर बसन्त पन्तका अनुसार मृत्यूको योजना वनाउन सक्नु पर्दछ भन्नु हुन्छ । मृत्युको तयारी गर्नु पर्दछ भन्ने मान्यता डा. पन्तको रहेको छ । तर हाम्रो संस्कारमा मृत्यूको कुरा गर्न नैं चाहादैंनौं । यस बारेमा कुरा गर्न खोजेमा अलक्षिण लाग्छ भनी रोक्ने गर्दछौं । स्वर्गमा बास होस् भन्ने गर्दछौं तर स्वर्ग जाने कुरा गर्न डराउँछौं । अब हामीले खुलेर मृत्यूको बारेमा चर्चा गर्नु आवश्यक छ । पुरानो चलन असाध्यै राम्रो रहेछ । घरका परिवारका साथमा मृत्यू बरण गर्ने तर अहिले यस पद्धतीवाट टाढा पु¥याइदैछ । अस्पताल भनेको बच्ने र वचाउने ठाउँ हो ।

मर्ने स्थान होइन । तर पछिल्लो अवधीमा अस्पताल मर्ने स्थानको रुपमा पहिचान पाइरहेको छ । विरामी अन्तिम अवस्थामा पुग्ने बेलामा दौडाएर अस्पताल लैजान्छौं । सामान्य विरामी हुँदा अस्पताल लगेर ठिक पारेर ल्याउनु पर्ने हो । त्यो बेला चाँही घरमा राख्ने तर मर्ने बेलामा चाँही अस्पताल लैजाने तरिका फेर्नु पर्दछ । यसरी अस्पताल मानिस मर्ने स्थानको रुपमा विकास हुँदा डाक्टरलाई यमराज भनिन्छ कि भन्ने चिन्ता वढेको छ । डाक्टरलाई देवताको रुपमा हेरिन्छ । देउताले हानी गर्दैनन् बचाउँछन् भन्ने भाष्यलाई कायम राख्नु पर्दछ ।

अहिले अधिकांश मानिसको जन्मने र मर्ने स्थान अस्पताल भएको छ । जन्मदा सम्वन्धीत वच्चा र आमाको सुरक्षाको निम्ति अस्पताल जानु वा त्यही वच्चा जन्माउनु ठिकै होला । तर निकाल्ने होइन जन्मने हुनु पर्ने हो । आमा र वच्चाको स्वास्थ्य सामान्य अवस्थामा छ भने विभिन्न वाहानामा शल्यक्रिया गर्नुलाई अपराध मानिनु पर्दछ । त्यसै गरी अस्पताल मर्ने स्थान हुनु भएन । अस्पताल त वाँच्ने स्थान हुनु पर्दछ । अव डाक्टरहरुले अन्तिम सास अस्पतालमा होइन सम्वन्धी परिवारको साथमा हुने वातावरण तयार गरिदिनु पर्दछ ।

अन्त्यमा आमा र शिशुमा गम्भिर अवस्था हुने बाहेक अरुमा शल्यक्रिया गरि अप्राकृतिक वच्चा निकाल्ने काम बन्द गरिनु पर्दछ । अनी मृत्यू पनि सकेसम्म आफ्नै निवासमा परिवारका साथमा हुने व्यवस्था मिलाउनु सान्दर्भिक हुने छ । नभए पनि मृत्यूको बेलामा परिवारवाट टाढा भेन्टिलेटरमा राख्ने पद्धतीलाई वदल्नु पर्दछ । अनी हाम्रो परिवार तथा समाजमा पनि सहज मृत्यूका वारेमा चर्चा गर्नु पर्दछ । नत्र त जन्मन र मर्न पनि प्राकृतिक तवरले नहुने अवस्था आउने हुने भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *