काठमाडांै । जनताले साथ दिँदा सत्ता मोहलाई केन्द्रीत गर्ने कुर्सीमा पुगेर जनता बिर्सने राजनीतिक दलको स्वभावबाट दलहरु बद्नाम छन् । संविधान जनताको लागि भएन । पार्टी भनेका ठूला व्यापारी, ठेकेदार र तस्कहरुको पेवा भएका छन् । जनयुद्ध लडेर आफैंले स्थापित गरेको व्यवस्थालाई बद्नाम गर्ने काम माओवादीबाट भएको छ । अहिले माओवादी भनेको कांग्रेस र एमालेको जुवा खालको च्याँखे दाउ भएको छ ।
माओवादी यसरी पतन हुन्छ भन्ने सोच धेरैलाई थिएन । तर भयो त्यस्तै । अहिले सबैतिर अपच भएपछि माओवादीले राष्ट्रपतिलाई कार्यकारी बनाउने योजना ल्याउँदै छ । कांग्रेस र एमालेलाई राष्ट्रपति बाँडेर हिजो स्व.गिरिजा कोइरालालाई धोका दिएर आफ्नै खुट्टामा वञ्चरो हानेको कसले हो ।
अहिले माओवादीले गरेका कामको सुरुवात गर्दा एमाले र कांग्रेस कसरी तर्सिए ? नेतृत्वले ख्याल गरेको छ ? माओवादीमा प्रचण्डलाई धम्क्याएर मन्त्री लिने र कम्बल ओढेर घिउ खाने गृह तथा उपप्रम हुँदा गृहकी महिला उपसचिवलाई म्यासेज पठाउने त्यो पनि रातिमा । त्यस्ता नैतिकवान कति छन् । महराको त देखियो. । मन्त्रीकै लागि पार्टी महासचिवका लागि जनादृनले रातोपाटी अनलाइन प्रयोग गरेको कसले देखेन ? जनार्दन र वर्षमान भनेका कांग्रेसकी डा.आरजु राणाका कारिन्दा हुन् । महंगी नियन्त्रण, कालोबजारीमाथि हस्तक्षेप यिनले गरेनन् ? जनताले कम्य्ुनिष्ट पार्टीबाट ठूलो चाहना नै राख्दैन ।
शिक्षा र स्वास्थ्य गास र बास हो । गरिबी माथि राजनीतिक स्वार्थ खोज्ने जातजाति भाँड्ने योगदान भएको पार्टी माओवादी हो । जसले संविधानले गरेको व्यवस्था कार्यान्वयन गरेन । आदिवासी जनजाति, महिला, दलित, लोपोन्मुख वर्ग, खस आर्यजस्ता शब्दमा माओवादी नेतृत्व स्वार्थमा खेल्यो । गल्ती धेरै त्यसकै छन् । पार्टी निरन्तर सत्तामा छ । फाइदा तिनैले दोहो¥याइ तेहे¥याई लिएका छन् ।
अब कार्यकर्ताको साथ चाहिएको छ । प्रचण्ड ३ पटक प्रधानमन्त्री भए । उनैले जनयुद्धका बेला ढाल बनेर पार्टी नेता बचाएका जनयुद्धका लडाकुलाई कति सहयोग गरे ? शरीरमा गोलीका छर्रा बोकेका कतिको उपचार भयो ?
कुनै पनि क्षेत्र माओवादीले यो राम्रो ग¥यो भन्ने छैन । कुनै दलबाट लोकतन्त्र स्थापनापछि सफल छैनन् । लुट्ने र लुटाउने बाहेक केही नगर्ने, उपाय नलागेपछि नयाँ फण्डा ल्याउने माओवादी अब जनतालाई राष्ट्रपतिको तुरुप फाल्दैछ । त्यो पनि सत्ताबाट हटेको एक कमहिना ६ दिन साउन २६ गते नै ।