विद्युत् प्राधिकरणमा माफियाहरुको चलखेल कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । नेपालमा जति पटक सरकार फेरबदल हुन्छ, त्यतिनै पटक माफिया र तस्करहरुको हालीमुहाली हुने गर्दछ । सरकार फेरिनेबित्तिकै राजश्व छल्नेहरुले राजश्व छुट गराउनको लागि विभिन्न दलका शीर्ष नेतादेखि उच्च तहका कर्मचारीलाई प्रभावमा पार्ने गर्दछन् । नेता र कर्मचारीलाई कमिसनको लोभ देखाएर प्रभावमा पारेपछि राजश्व छुट गराउने गरेको थुप्रै उदाहरणहरु छन् । त्यसरी राजश्व छुटको नाममा कर छली गर्नेमा ठूला उद्योगी, व्यवसायीहरु पर्दछन् । त्यसको गतिलो उदाहरण बनेको छ यतिबेला नेपाल विद्युत् प्राधिकरण ।

उद्योगी, व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क साढे आठ अर्ब हाराहारी रहेको छ । प्राधिकरणले विद्युत् महसुल नबुझाउने उदोगी, व्यवसायीहरुको विद्युत् लाइन काटिदिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत लाइन जडान गरिदिन निर्देशन दिएका थिए ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी, व्यवसायीहरुले शुल्क नतिरेसम्म विद्युत् लाइन जडान नगर्ने भनेपछि सरकार र विद्युत् प्राविधिकरणबीच घम्साघम्सी चलेको थियो । सरकारसँग टकराव भएपछि प्राधिकरण उद्योगी, व्यवसायीको विद्युत् लाइन जडान गर्न वाध्य भएको थियो । यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाटै हटाउन खोजेपछि घिसिङको पक्षमा सडक आन्दोलन सुरु भएको छ । घिसिङ आउनु पहिला ३६ अर्ब घाटामा गएको प्राधिकरण आठ वर्षमा ४७ अर्ब नाफा कमाउन सफल भएको बताइन्छ ।

उता, उद्योगीहरुले प्राधिकरणलाई तिर्नुपर्ने आठ अर्ब २६ करोड विद्युत् महसुल बक्यौदा उठाउन बाँकी छ । तर, ती उद्योगीहरुले विद्युत महसुल नतिर्नको लागि सरकार र विभिन्न दालका नेताहसँग हारगुहार गरिराखेका छन् । यति हुँदाहुँदै पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्वच्छविका व्यक्ति भने होइनन् । घिसिङ बाहिर आफू इमानदार व्यक्ति भएको देखाउँदै कमिसन खान माहिर व्यक्ति हुन् ।

घिसिङले प्राधिकरणका विभिन्न ठुलाठुला विद्युत आयोजनाको ठेक्काहरु आफन्तलाई दिएर लिगल रुपमा सम्पत्ति आर्जन गर्न सफल भएका छन् । त्योसँगै घिसिङले प्राधिकरणभित्रका अनियमितता र भ्रष्टाचारका समाचारहरु बाहिर नआउन् भनेर केही मिडिया हाउस र केही पत्रकारलाई खामबन्दी बुझाएर आफ्नो पक्षमा समाचार सम्प्रेषण गराउन माहिर छन् । यिनै मुठ्ठीभर मिडिया, केही पत्रकार र युटुबरलाई नजराना टक्र्याएर आफ्नो पक्षमा माहोल बढाउन व्यस्त रहेको स्रोतको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *