महालेखा कार्यालयमा यी कर्मचारीको मस्ती

राजनीति समाचार

काठमाडौं । अर्थ मन्त्रालय मातहतको महालेखा कार्यालयमा तीनजना कर्मचारीको सिण्डिकेटमा चल्दै आएको छ । सरदार मलेनिकाको कर्मचारी हुँदै सडक विभाग पुगेका लेखा उपसचिव रविन कोइराला, अर्थ मन्त्रालयमा कार्यरत लेखा उपसचिव ज्ञानेन्द्रराज ओझा र मलेनिकाका स्टोर किपर हेमचन्द्र कार्कीहरुले महालेखा नियन्त्रक कार्यालय चलाउँदै आएको लेखाका कर्मचारीहरुले टिप्पणी गर्ने गरेका छन् । यी कर्मचारीहरुले मलेनिकामा बसेर लुट मच्चाइरहेको कर्मचारीहरु बताउँछन् ।

अदालतको डिठ्ठाबाट जागिर सुरु गरेका रविन कोइराला लेखाको अधिकृत भएपछि पशु सेवा विभाग, अख्तियार जस्ता निकाय बसे । उपसचिव भएपछि इलाम कोलेनिका, रानी जमरा सिँचाई, आयोजना कार्यान्वयन निर्देशनालय, मलेनिकाको कर्मचारी प्रशासन शाखा हुँदै सडक विभाग पुगेका छन् । अहिले सडकमा पुगेर पुरानो मिति राखेर ठेक्काको म्याद थप्ने र आर्थिक लाभ लिने कार्यमा सक्रिय रहेको लेखाकै कर्मचारीहरुको आरोप छ । यस्तै लेखा अधिकृत हुँदा झापा सिंचाई, तनहुँ सडक र उपसचिव भएपछि झापा कोलेनिका, केन्द्रीय आयोजना कार्यान्वयन इकाई हुँदै अर्थ मन्त्रालय पुगेका ज्ञानेन्द्रराज ओझा तिनै कर्मचारी हुन,जो राष्ट्रिय बीमा कम्पनीको ६ महिने सिईओ बनेका उनी लेखाका डन उपसचिवका रुपमा चिनिन्छन् ।

स्टोरका अर्काे डन हेमचन्द्र,सुव्वा तहकै भएर पनि सरकारी नम्बर प्लेटको गाडी चढ्ने शक्तिशाली सुब्बाका रुपमा परिचित छन् । अख्तियार, त्रिभुवन विमानस्थल भन्सार कार्यालय हुँदै मलेनिकामा पुगेका उनी ज्ञानेन्द्र र रविनहरुकै आर्शिवादका कारण मलेनिकाबाट दायाँबायाँ हुनु परेको छैन । लेखाका कर्मचारीहरुको सरुवा धन्दा गर्ने कर्मचारीको कोर टिमभित्र पर्दछन्,ज्ञानेन्द्र, रविनका अलवा निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी,प्रकाश पुडासैनी भुवन काफ्ले । उनीहरुले आफ्नै साथी सर्कलबीचमा मात्र आकर्षक भनाउँदा आयोजना बाँडफाँड गर्ने र कमाउ धन्दामा सक्रिय रहने गरेको आरोप छ ।

ज्ञानेन्द्रराज ओझा अर्थ मन्त्रालयमा ३ वर्षदेखि एक छत्र राज गरिरहेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा)मा बसेर काठमाडौंको बानेश्वरमा करोडौंको घर र गाडी जोड्न सफल भएका छन् । अहिले यो समूहले नै महालेखाभित्र आतंक मच्चाएको छ । उनका चेला हेमचन्द्र कार्की महालेखा नियन्त्रक कार्यालयको स्टोर किपर ४ वर्षदेखि जमेर बसेका छन् । नेकपा एमाले निकट कर्मचारी संगठनको नाम बेचेर कार्कीले उठ्ती धन्दा चलाउँदा उक्त संगठनको समेत बदनाम गराएका छन् । यता,हालैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिफ्ट भएर खेलाडी मन्त्रीका रुपमा चिनिएका शरद्सिंङ्ग भण्डारीले सम्हालेको श्रम मन्त्रालयमा पुगेका सचिव मुकुन्द निरौलाले लेखनाथ कोइरालाहरुको पाउ परेर श्रममा गराएको चर्चा छ । कालो काँग्रेसीको रुपमा परिचित मुकुन्दलाई सामान्यबाट श्रममा सार्नमा लेखनाथहरुको ठूलो भूमिका रहेको छ,भनिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *