यस्तो छ उर्जा आयोगका सहसचिवको नालीबेली

राजनीति समाचार

काठमाडौं । सरकारले सहसचिव र सो भन्दा माथिल्ला तहका कर्मचारी, संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि सवारी दिँदै आएको छ ।

तर यसरी दिइदै आएको सवारीमा समेत कर्मचारीहरुको लुट छ । यस्तै लुट देख्न पाइन्छ जल तथा उर्जा आयोगमा । मापदण्ड अनुसार,सचिवले एक वटा सवारी साधन पाउँछन् तर उर्जा आयोगका एक सहसचिवले रोजी छाडी तीन-तीन वटा सरकारी सवारी उपयोग गर्दै आएका छन् । उनले विभागमै करार सेवामा कार्यरत छोरी,साली,सालोका लागि समेत मापदण्ड विपरित सवारी र इन्धन सुविधा दिलाइरहेको भेटिएको छ । यसरी राज्यको सम्पत्तिमा लुट मच्चाउने सहसचिव हुन कलानिधि पौडेल । उनले जल तथा उर्जा आयोगको सचिवालयलाई आफन्तको भर्तिकेन्दै बनाएका छन् भने ती आफन्तका नाममा ऐन-कानुन विपरित सवारी साधनदेखि इन्धन सुविधा समेत उपलव्ध गराउँदै आएको उक्त कार्यालयकै कर्मचारीहरुले बताएका छन् ।

कानुन सेवा तर्फका सहसचिव हुन पौडेल,निजामती ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षभित्र अनिवार्य सरुवा हुनुपर्दछ भन्दछ तर न्यायधीश कुरेर बसेका उनी विगत चार बर्षदेखि सचिवालयमा बसेर सवारी साधनदेखि इन्धनसम्ममा चरम लुट मच्चाइरहेको कर्मचारीहरुले जनाएका छन् ।

विभागका अनुसार बा १ झ ९१२८ नम्बरको महिन्द्राको स्कारपिओ र बा १ झ ९२७० नम्बरको महिन्द्राकै अर्काे स्कारपिओ उनले चढ्दै आएका छन् । सरकारी यो सवारीमाउनका साला सालीको छोरा छोरीदेखि घरायसी प्रायोजनका लागि समेत प्रयोग गर्दै आएका कर्मचारीहरुले बताएका छन् । यस्का अलवा बा १ झ ९४३४ नम्बरको गाडी समेत उनकै सेवामा तैनाथ रहन्छ । उनले सरकारी कार्यालयका सवारी साला सालीलाई चढ्न दिएर उल्टै साझा पेट्रोल पम्पबाट तेल भर्ने गरी तेलको कुपन समेत दिँदै आएको बताइन्छ । मन्त्रालयमा सबैभन्दा बढी गाडीको दुरुपयोग गर्ने कर्मचारी उनै हुन ।

सचिवलाई जी हजुर गर्ने उनी अरुलाई मान्छे गन्दैनन् । सालोको बूढीलाई अहिले कार्यालयमा चिया पकाउने जिम्मेवारी दिएर राखेका छन् । सालोलाई कम्युटर अपरेटरको जिम्मेवारी दिएर मन्त्रालयमा राखेका छन् तर कम्युटर अपरेटर भनिएको सालो लक्ष्मण भण्डारीलाई कम्युटरको क समेत चलाउन आउँदैन । यस्तै आफ्नै छोरी दीक्षा पौडेललाई समेत करारमा कम्युटर अपरेटरका रुपमा नियुक्ति दिएका छन् । यस्का अलवा पौडेलले ००२ बा ६६६४ नम्बरको गाडी समेत चढ्दै आएका छन् । ववरमहलमा बस्दै आएका उनले उक्त कार्यालयबाटै फेरि फेरि तीन तीन वटा सवारी चढ्दै आएको र ती सवारी साधनका नाममा इन्धन समेत निकाल्दै आएको भेटिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *