बौद्धमा रोपाईंजात्र हेर्न स्वदेशीदेखि विदेशीको भीड

समाचार

काठमाडौं । नेपाललाई विभिन्न जातजाति, भेषभुषा, धर्म, संस्कृतिको साझा फूलबारीको रुपमा विश्वले चिन्ने गरेको छ । त्यही विविधताभित्रको एक परम्परा हो गाईजात्रा र रोपार्ईँजात्रा जसलाई (घोनाई) जात्रा पनि भनिन्छ । तत्कालीन राजा प्रताप मल्लाका छारोको सानै उमेरमा मृत्यु भएपछि रानी पुत्र शोकले भावविह्वल भएको भनाइ छ । पुत्र शोकले भावविह्वल भएकी रानीलाई सान्तोना दिन राजाले आफ्नो मात्रै नभएर आफन्तको मृत्यु भएका अन्य सर्वसाधारणको घरबाट पनि जाईजात्रा निकाल्ने परम्परा बसालेका भनिन्छ ।

रानीलाई आफ्नो छोराको मात्रै मृत्यु नभएर अन्य प्रजाका आफन्तको पनि मृत्यु भएको देखाएर रानीको मन बुझाउने कोसिस गरेको भनाइ पनि छ । त्यसको उपलक्षमा बौद्धनाथ तामाङ कल्याण गुठी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी आज गाईजात्रा, रोपाईँजात्र (घोनाई) मनाउँदै छ । सो जात्रामा दिवंगत भएका आफन्तहरुको सम्झनामा घर–घरबाट रोपार, बाउसे, हली बनाई सहभागी गराइँदै छ । सो रोपाइँजात्रामा विभिन्न झाँकी, ख्याली, हाँस्य–व्यंग्य, लाखे, घोडा आदिको बेजोड प्रस्तुती देखाइने गरिन्छ । उक्त जात्रा हेर्न स्वदेशीदेखि विदेशीहरुको ठूलो भीड लाग्ने गर्दछ । श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्व र बौद्धनाथ क्षेत्र विकास समितिको विशेष सहयोग र विभिन्न स्थानीय संघ–संस्थायहरुको सहभागितामा सो रोपाईंजात्रा आज भव्य रुपमा सम्पन्न गरिँदै छ । रोपाईंजात्रा मनाउनको लागि काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धले प्रत्येक वर्ष रु. १५ लाख सहयोग गर्दै आएको छ ।

उक्त रोपाईंजात्रामा लाखे, रोपाहार, बाउसे, हाँस्य–व्यंग्य, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हली, घोडा र विभिन्न विद्यालयहरुको विविध प्रस्तुती देखाइने गरिन्छ । उक्त प्रस्तुती देखाउनेहरुलाई प्रथम, द्वितीय, त्रितीय र सान्त्वना पुरस्कार दिने व्यवस्था गरिँदै आइएको छ । त्यसमा प्रमथ पुरस्कार १० हजार राखिएको छ भने द्वितीय पुरस्कार ७ हजार, त्रितीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार २५ सय रहेकोे आयोजक पक्षले एक पत्रकार सम्मेलन गरी जनाएको छ । उक्त कार्यक्रमको गाईजात्रा तथा रोपाईंजात्रा मूल समारोह समिति बौद्ध, आयोजक, श्री बौद्ध तामाङ कल्याण गुठी संयोजक र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध र श्री बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध विशेष सहयोगी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *