दुई मोहनको छैन अत्तोपत्तो ?

राजनीति समाचार

काठमाडौं । कम्युनिष्ट आन्दोलनका दुई थरी सक्रियताले ग्रस्त पार्दा एकाएक पार्टी टुटफुट भए । तर विचार र सिद्धान्त मिल्ने तर व्यवहार नमिल्दा भत्केको घर बन्न सकेन । कम्युनिष्ट पाटोमा निर्मल लामा छाडेर मोहन वैद्य र मोहनविक्रम सिंहको जोडी ०४१-०४२ मा भत्कियो । त्यसपछिका यी दुई विद्वानले पार्टी बनाएनन् । बरु पार्टी बनाउन उनीहरुले त्यो बेला गुट बनाए, त्यो रोग यथावत छ ।

मोहनविक्रम सिंह श्रीमतीलाई मन्त्री सांसद बनाउन पाए पुग्यो । पार्टी उनकै स्वार्थमा चल्दै छ । चित्रबहादुर एक्लो बृहस्पति अहिले नेपाली कांग्रेस एमाले गठबन्धनको पक्षमा छन् । कुरा बुढाको तिखारिएका छन् । तर छोरालाई बेलायती साम्राज्यवादको रैकर बनाउन पठाएको धेरै भएको छैन भन्न त छोराले विदेश उड्ने दिनमा भन्यो बाबुको कर्तव्य एयरपोर्टमा गएर बिदा गरेको हुँ भन्छन् । कम्युनिष्ट आन्दोलनको यस्तै गुण देखिएको छ ।

अहिले माओवादी पतनको दिशामा छ मसाल मोहन विक्रमको खल्तीमा छ । मोहन वैद्य विचार भन्छन् पार्टीको महाधिवेशन गर्नुपर्यो भन्दै नेत्रविक्रमसँग कमाएर आएका हेमन्त ओली र धर्मेन्द्र बास्तोलालाई चन्दा उठाउन भाग लगाएर छुट्टाएको बजेट बास्तोलाले आधा लिएर भागेपछि मोहन वैद्यको संकीर्ण जमात भड्किँदैछ । यही बेला पुष्पकमल दाहाल प्रचण्डको शरणमा पुगेका अधुरो जनयुद्ध सफल पार्न हतियार उठाएका नेता विक्रमचन्द, खड्ग विकहरूलाई माओवादीमा ठाउँ दिने कि नदिने भन्ने लडाई जारी छ । कम्युनिस्ट पार्टीमा यसरी विवाद चर्केको हुन्छ । त्यो विवादले मिलेकालाई भत्काउँदै अरुलाई मिल्न सक्ने बन्न दिँदैन । त्यो नमुना मोहन वैद्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *