२६औं मुख्यसचिवमा भट्टराई कि अर्याल ?

राजनीति समाचार

काठमाडौं । यही भदौ १५ पछि मुख्यसचिव लिलादेवी गड्तौला उमेर हदको कारण अवकास प्राप्त हुँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठलाई छाडेर कनिष्टलाई महिलालाई प्राथमिकता दिएर गड्तौलालाई मुख्य सचिव बनाएका थिए । त्यतिबेला प्रधानमन्त्री ओलीले वरिष्ठ सचिव तोयम नारायण ज्ञवाली, रामकृष्ण सुवेदीलगायतका सचिवलाई पछि परेर गड्तौलालाई मुख्य सचिव बनाएका हुन् ।

अब मुख्य सचिव बन्नको लागि एकनारायण अर्याल र दिनेश भट्टराई न्वारनदेखिको बल निकालेर लागेका छन् । रामकृष्ण सुवेदी र तोयम नारायण ज्ञावलीको उमेर हदका कारण जागिरे अवधि सकिन लागेकाले मुख्यसचिव हुने देखिँदैन । अर्यालको जागिरे अवधि पनि लामो छैन । सरकारले जेष्ठता र ठरिष्ठताको आधारमा मुख्य सचिव बनाउँदा तोयमराय ज्ञवाली अथवा रामकृष्ण सुवेदीलाई बनाउनुपर्ने हुन्छ । ज्ञवाली कांग्रेस निकट रहेका छन् भने रामकृष्ण सुवेदीलाई माओवादी ट्याग लागेको छ । त्यसकारणले पनि उनीहरु मुख्य सचिव बन्ने सम्भावना देखिँदैन ।

अर्याल र भट्टराईमध्ये एकजना मुख्य सचिव बन्ने छन् । अर्यालले पटक–पटक अवसर पाइसकेका छन् । उनी भारतस्थित कलकत्ताको महावाणिज्य दूत पनि भइसकेका छन् । काठमाडौं महानगरपालिकाको सचिव पनि भए । गृहसचिव पनि बने, त्यस्तै अन्य मालदार मन्त्रालयको सचिव पनि बनिसकेका छन् । अर्यालयले सात पुस्तालाई पुग्न सम्पत्ति पनि आर्जन गरेको बताइन्छ । त्यही अनियमितता गरेर कमाएको पैसाको आडमा मुख्य सचिव बन्न खोज्दै छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको र एमाले कर्मचारी संगठनले पनि अर्याललाई मुख्य सचिव बनाउन जोडबल गरिरहेका छन् । अर्यालको सम्भावना पनि त्यत्तिकै छ । अर्याल काम गरेजस्तो गरेर खान र खुवाउन माहिर छन् । उता, दिने भट्टराईले भने अर्याललेजस्तो अवसर पाएका छैनन् । उनीले प्रदेश र गृहसचिव बन्नेबाहेक अन्य अवसर पाएका छैनन् । भट्टराई पनि एमाले निकट सचिव हुन् ।

त्योसँगै उनको गृहजिल्ला झापा हो । प्रधानमन्त्री ओली र उनको जिल्ला एउटै भएकाले भट्टराई मुख्य सचिव बन्ने सम्भावना पनि त्यत्तिकै छ । तर, भट्टराईलाई मुख्यसचिव बन्नबाट रोकेर आफू बन्नको लागि अर्याल लागिपरेका छन् । अर्यालले भट्टराई गृहसचिव हुँदा उनीविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउने काम गरेका थिए । त्यो हर्कत गरेर अर्याल आफू गृहसचिव बन्न सफल भएका थिए । अहिले फेरि मुख्यसचिव बन्नको लागि तिनै भट्टराईलाई रोकेर आफू अगाडि जान खोज्दै छन् । अर्यालका यस्ता हर्कत त कति छन् कति ।

आगामी दिनमा ती हर्कतका समाचारहरु सार्वजनिक नहोलान् भन्न सकिँदैन । अर्यालले पावर र पैसा प्रयोग गरी केही पत्रकारलाई हात लिएर मुख्यसचिव बन्नको लागि प्रयास गरिराखेका छन् । यदि अर्याल नै मुख्यसचिव बने भने कर्मचारी प्रशासन कस्तो बन्ला भन्दै छन् केही कर्मचारीहरु । कतिपय कर्मचारीले भन्ने गरेका छन्, ‘अर्याल काम गर्न र खान सिपालु छन्, देशको लागि हित गर्दैनन्’ । अर्याल मुख्य सचिव बन्न सकेनन् भने अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *