जसपाले पनि फिर्ता बोलाउने भयो आफ्ना मन्त्रीहरु

राजनीति समाचार

काठमाडौं । जनता समाजवादीका अध्यक्ष द्विय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको विवाद चर्किएर उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबीचको विवादले जनता समाजवादीलाई कतिखेर विभाजनमा पुु¥याउँछ भन्ने एकिन छैन । तर विवाद चर्किने कारण दुई अध्यक्ष यादव र भटराईको भान्छा अलग भएको स्थिति बनिसकेको छ ।

एकीकृत समाजवादीको निर्णयअनुसार मन्त्रिपरिषद् हेरफेर गरेलगत्रै जनता समाजवादीका अध्यक्ष उपेनद्र यादवले पनि आफ्ना पार्टीका तर्फबाट सरकारमा सामेल भएका चार जना मन्त्रीहरु राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा स्थानीय विकास, रेणुकुमारी यादव भौतिकपूर्वाधार तथा यातायात, रामसहायप्रसाद यादव वन र महेन्द्रराय यादव कृषि तथा पशुपन्छीलाई फिर्ता बोलाउने निर्णय अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी परिषद्बाट गराएका छन् ।

यति महत्वपूर्ण निर्णय गर्दा अध्यक्ष यादवले डा. बाबुराम भट्टराई तथा उनी पक्षका नेताहरुलाई भने उक्त बैठकमा सामेल गराएनन् । त्यो बैठकमा सहभागी हुन यादव पक्षले भट्टराई समूहलाई आमन्त्रणसमेत गरेनन् । यससम्बन्धमा अध्यक्ष यादव पक्षले बहुमतको आधारमा अहिले सरकारमा रहेका पार्टी सांसद्हरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्ने मात्र टिप्पणी गरेको छ ।

यसमा बाबुराम भट्टराई पक्षको केही कुनै प्रतिक्रिया आएको छैन । तर, अब उपेन्द्र यादव र बाबुराम भट्टराई एउटै पार्टीमा रहने सम्भावना समाप्त भएको छ । यही कारणले गर्दा भट्टराई यतिखेर विधिवत रुपमा पार्टी फुटाउनका लागि आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र संसद्को जोहो गर्न लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *