एकताका नेपाल राष्ट्रको मुहार बदल्नको लागि सबै नेपाली जनता उठौं भन्दै नेपाली जनताको घरदैलोमा नै पुगेर प्रतिबद्धता जनाएका दलहरु आज आफै भष्मासुर बनेर निस्केका छन । सत्तामा पुग्ने बित्तिकै नेपालको राष्ट्रधर्म वैदिक सनातनी हिन्दूधर्मलाई अन्य धर्म सरह बनाईदिए । धर्मनिरपेक्षताको आडमा दलका शीर्ष नेताहरुले खुल्लमखुला नेपालमा इसाई धर्मको प्रचार प्रसारलाई तिब्रता दिए । फलस्वरुप आज नेपालै भरी चर्चहरु बनेका छन भने माओवादी जनयुद्ध ताका भत्काईएको मठमन्दिरहरुको पुनरनिर्माण भएको छैन । दलहरुको सहयोग लिएर बिदेशीले पैसाको खोलो बगाउँदै सोझा सिधा नेपालीहरुलाई इसाई बनाएका छन ।
एक छाक मासु भात पेटभरी टन्न खान पाउने लोभमा दलहरुलाई भोट हालेका सोझा सिधा नेपाली जनता दिनदिनै मासुभात पेटभरी खान पाउने भएपछि रमाई रमाई अफ्नो पितापुर्खा देखि मान्दै आएको वैदिक सनातनी धर्मलाई त्यागेर इसाई भएका छन । भगवान श्रीकृष्णले गीतामा भनेका छन आफ्नो धर्मलाई त्यागेर पराई धर्ममा लाग्नु जस्तो पाप अरु कुनै छैन । दलहरुले गर्दा नेपाली जनता यसरी महापापको सिकार भएकाछन । नेपाल हिन्दूराष्ट्र हो भन्ने परम्परागत पहिचानलाई मेटाउने काम बिदेशीको दलाल बनेका धर्म बिरोधी दलका नेताहरुले नै गरेकाछन ।
नेपालको स्थापित इतिहास नमान्ने र नेपालको राष्ट्रिय धर्म वैदिक सनातनी हिन्दूधर्मलाई पनि नमान्ने दलका नेताहरुले गर्दा नेपालको हिन्दूराष्ट्र हो भन्ने पहिचान र राजतंत्रले २४३ बर्ष लगाएर निर्माण गरेको नेपाली राष्ट्रियताको पहिचानलाई मेटाउने महाअपराधी काम दलका शीर्ष नेताहरुबाट भएकाछन । नेपालको संबिधान २०७२ दलहरुले नेपालको राजनीतिलाई आफ्नो जागिर बनाउने हिसाबले तयार पारेका थिए । खर्चिलो शासकिय स्वरुप बनाएर आफ्ना राजनीतिक कार्यकार्ताहरुलाई भर्ती गरी जागिर खुवाउने प्रबन्ध मिलाएका थिए । साथै सीमान्तकृत नेपाली जनता र नेपाली भूभागहरुको बिकास गरी नेपालको मूलधार बिकासमा समाहित गर्ने उद्देश्यले समानुपातिक र समावेसी आरक्षण कोटाहरु नेपालको संबिधान २०७२ मा तोकिएको भएतापनि दलका नेताहरुले त्यसको चरम दुरुपयोग गरी आफ्ना आफन्तलाई मात्रै फाईदा दिलाउने काम गरेकाछन । दलका शीर्ष नेताहरुको यस्तो हर्कतले गर्दा नेपालमा चरम भ्रष्टाचार र अपराध फैलिएको छ भने सोझा र निर्धा नेपाली जनता निर्घातरुपमा ठगिएका छन् ।
इमान जमान भएका सोझा सिधा मेहनत पूर्वक कामगरी खाने नेपाली जनता भने अतिनै पीडित भएकाछन । त्यस्ता तप्काको नेपाली जनताले नेपालमा आफ्नो योग्यता अनुसारको रोजगारी पाउन नसक्दा वैदेशिक रोजगारीमा जान बध्य भएकाछन । वैदेशिक रोजगारीमा पठाउने दलाल कंपनी पनि दलका नेताहरु तिनका झोलेहरुले नै खोली चलाएको हुँदा बिदेशमा पुगेर काम गरी कमाउनु भन्दा पहिले नै ऋणपान गरीगरी मोटो कमिसनको रकम वैदेशिक रोजगारीका दलालहरुलाई बुझाउन करलागी छ । कती वैदेशिक रोजगारीमा पुगेका सोझासिधा नेपाली जनता उताका जेलमा बसेर सजाय भोग्नु परको छ भने कतीको बिनाकाल ज्यान समेत गएको छ । नेपालका वैदेशिक रोजगारी दलाल कंपनीहरुले उताको त्यस्तै दलाल कंपनीहरु सित मिलेर संझौतामा उल्लेख भएका सर्तहरु अनुसार काम र दाम नपाएको गुनासो वा बिरोध गर्ने नेपाली कामदारलाई झुट्टो आरोप लगाएर बिदेशी जेलमा कोच्ने वा दुर्घटनामा पारी मार्ने सम्मका कसुर गर्ने गरेको चर्चा परिचर्चा सुनिएका छन । बिदेशको के कुरा गर्नु बिदेश त बिदेश नै भईहाल्यो ।
स्वदेश नेपालमा नै पनि नेपाली कामदारहरुको हालत राम्रो छैन । दलका नेताहरुले माडवाडी जस्ता वेईमान व्यापारीहरु र व्यवसायीहरु सित मिलेर नेपाली कामदारहरु माथि अन्याय अत्याचारहरु भरमार गरिरहेका नै छन । नेपालमा त विनोद चौधरी जस्ता माडवाडी नै साँसद बन्न सफल भएकाछन । उस्तै परे उहाँ नेपालको मंत्री वा प्रधानमंत्री नै पनि बन्न सक्छन । संसारको धनीमानीमा गनिएका बिनोद चौधरी पैसा कै बलमा नेपाली काँग्रेसको टिकट किनेर नेपालको तराईमा पर्ने एक चुनाव क्षेत्रबाट चुनावै लडेर साँसद भएका छन । बिनोद चौधरीले नेपालमा राजपरिवार सितै मिलेर व्यापार व्यावसाय चलाएर पैसा कमाएको हो । नेपालबाट राजतंत्र समाप्त हुने भएपछि कागजात पहिले नै आफ्नो पक्षमा बनाईराखेका बिनोद चौधरी समूह एकाएक रातारात नेपालको मात्र होइन संसारकै धनी व्यक्तीमा रुपान्तरित हुने सफलता पाएका छन् । त्यो समूहका व्यापारीहरु र व्यवसायीहरु अन्य पनि नेपालको राजनीतिमा सक्रिय छन र पैसाले पेलेर नै नेपालको राजनीतिलाई प्रभावित तुल्याउन सक्ने क्षमता राख्दछन । नेपालको उद्योगीघराणा भनेका तिनै माडवाडी व्यापारीहरु र व्यवसायीहरु नै हुन् ।
एमालेका शीर्ष नेता ओली पनि नेपाली काँग्रेस जस्तै तिनै माडवाडी व्यापारीहरु र व्यवसायीहरुलाई रिझाउन व्यस्त छन । प्रधानमंत्री ओलीको अघिल्लो कार्यकालमा उक्त औद्योगिकघराणाबाट मंत्री समेत नियुक्त भएका थिए । अहिले पनि एमालेको केन्द्रिय कार्यालय च्यासलमा तिनै व्यापारिक समूहले उपलव्ध गराएको घरमा नै बसेको छ । भाडा कती तिर्छन थाहा छैन तर जहाँ सम्म सुनेको अनुसार निशुल्क नै हो भन्ने चर्चा चलेको छ । जेहोस अहिले सत्तामा भएका दलहरुलाई उक्त समूहका व्यापारीहरु र व्यवसायीहरुले सर्पले झै कुण्डली मारेर नै बसेकाछन । त्यसकारण उहाँहरुको लागि श्रम ऐन वा श्रम नियमावली संसोधान गर्नु गराउनु भन्ने कुरा वाँया हातको खेल बराबर नै हो । नेपाली उद्योगहरुमा काम गर्ने नेपाली कामदारहरुको अवस्था झन नराम्रो छ भन्ने कुरा स्वाभाविक नै छ । वैदेशिक रोजगारीमा गएकाहरुले तुलनात्मक रुपले राम्रै तलव सुबिधा पाएको हुन सक्छन भने नेपालमा नै काम गरी बसेका नेपाली कामदारहरुले न्युन तलव र सुबिधाहरु पाउँदै आएकाछन ।
राजतंत्र कालमा नेपालीको पहिचान वीर गोर्खाली भन्ने थियो भने अहिलेको दलिय कालमा सोपरिचय बदलिएर अदक्ष कामदार पठाउने मुलुकको रुपमा नयाँ पहिचान निर्माण भएको छ । दलका शीर्ष नेताहरुलाई नेपाली विज्ञहरुको ज्ञान र शिप माथि बिलकुलै भरोषा नभएको हुँदा बिकास परियोजनाहरुको बारेमा निर्णय लिनु पर्दा बिदेशी बैंकहरुले उपलव्ध गराउने बिदेशी विज्ञहरुको सिफारिसको आधारमा निर्णय लिन्छन । यसै कारण नेपालको बिकास निर्माण नेपालको समृद्धि सित नजोडिएर बिदेशीको व्यापार र समृद्धि बढाउने तिर जोडिएका छन । बिकास निर्माणको मामलामा दलका नेताहरु खोटा सबित भईसकेका छन । दलका नेताहरुले नेपाली जनता खुसी र नेपाल राष्ट्रको समृद्धि सित नजोडिएको परियोजनाहरु मात्रै बनाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाउने काम गरेकाछन ।
अहिले पनि दलका नेताहरु सुध्रेको वा चेतेको जस्तो महसुस नेपाली जनतालाई भएको छैन किनकि दलका शीर्ष नेताहरुको पुराना हर्कतहरु अहिले पनि दोहरिने क्रममा भएको देखिएकाछन । वर्तमान प्रधानमंत्री ओलीले हालै माडवाडी समूह कै केडिया समूहले नेपालमा प्रवर्द्धन गरी निर्माण गरेको पाँच तारे हिल्टन होटेलको उद्घाटन गर्नु भयो । उक्त होटल नेपालको अतिनै भिडभाड हुने कोर एरिया नक्साल भगवती मन्दिर क्षेत्रको नजिकै बनेको छ । निर्माण सुरु हुँदा पनि ३० मिटर जमिन मुनी देखि बनाउँदै ल्याएको हुँदा सडक नै भत्किएकाले ठुलो बिबाद उत्पन्न भएको थियो । आजका दिन सम्म पनि उक्त होटलको नक्सा काठमान्डौ महानगर पालिकाले स्वीकृत गरेको छैन । वातावारणीय परिक्षण गरी स्वीकृत भएपछि मात्र निर्माण थाल्नु पर्ने ऐन कानुनलाई त शक्तिशाली केडिय व्यपारीक समूहले धोती नै लगाईदिएको छ । अहिले आएर बलेन जस्ता मेयरले पनि केडिया समूहलाई दबाब दिएर नियम कानुन पालना गर्न गराउन असफल भएकाछन ।
यसको कारण वर्तमान प्रधानमंत्री ओली नै हुन किनकि उहाँले हतार हतार गएर नक्सा नै पास नभएको गैरकानुनी तरिकाले निर्माण सम्पन्न भएको हिल्टन होटेलको उद्घाटन गरी दिए । केडिया समूहले उक्त होटेल बनाउन नेपालको निजी बैंकहरुबाट ९ अर्ब ऋण लिएका छन । सोऋण मद्धे ५ अर्बमा उक्त होटेलको निर्माण सम्पन्न गरिएको छ भने बाकी ४ अर्ब सिंहापुरको बैंकमा लगेर राखिएको छ । दलहरुले त्यसबाट के कती कमिसन खाए वा पाएकाछन भन्ने बारे दलहरु नै जानकार भएकाले त्यसको थप चर्चा यहाँ गरीराख्नु जरुरी ठानिएको छैन । नेपालमा यस्ता बैंकमार्फत नै ठगी धन्दा गर्नेहरुलाई पनि सत्तासिन दलहरुले संरक्षण दिईराखेको हुन्छन भन्ने कुरा यो घटनाबाट प्रमाणित हुन्छ ।
पहिले राजतंत्रको नेतृत्वमा चलेको पञ्चायत कालखण्डमा नेपाललाई सुन्दर, शान्त र बिशाल देश भन्ने गरिएको थियो । त्यो काल राजाको सुनीति अनुसार चलेको हुँदा अहिलेको जस्तो भ्रष्टाचार, अपराध र गडबड केही थिएन । नेपाल राष्ट्र अनुशासित योजनाबद्ध तरिकाले बिकासको मार्गमा अगाडि बढीरहेको थियो । तर दलहरुले नेपालको त्यो पहिचानलाई अहिले मेटाईसकेका छन । अहिलेको नेपालको पहिचान भनेको कुरुप, अशान्त र बिमार नेपाल नै हो । भ्रष्टाचारले गर्दा नेपालको मुहार कुरुप भएको छ भने अपारधले गर्दे नेपाल आशान्त बनेको छ । गाउँ घरमा इसाईकरण भएकाले गर्दा गाईगोरु हाकाहाकी कटेर खाने चलन बसीसकेको छ । तसर्थ अहिलेको नेपाल भने को बिमार नेपाल नै हो जसको लागि दलहरुले चलाएको कुशासन नै मुख्य रुपले जिम्मेवार छ ।