युनियनले छाडे चौतारीलाई अध्यक्ष

राजनीति समाचार

काठमाडौं । नेपालको पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ सत्ता गठबन्धन जता छ त्यतै लागिपरेको छ । पेशागत हितमा भन्दा कसका सदस्य कति भन्नेमा लडेका छन् । महासंघको २७ औँ अधिवेशनले तोकेको समयमा निर्वाचन गर्ने काममा नेतृत्व असफल भयो । सदस्यता विवाद समाधान गर्न डा. महेन्द्र बिष्ट, धर्मेन्द्र झा, गोविन्द आचार्यको कार्यदल बनेपनि सदस्यताको लडाईमा तिनको केही लागेन । उनीहरू जुन संगठनका अनुयायी थिए । तिनका नेताहरूलाई चित्त बुझाउन नसक्ने स्थितिमा पुगेपछि महाधिवेशनले गठन गरेको केन्द्रीय निर्वाचन समिति समेत अलमलमा परेको थियो ।

यता कांग्रेससँग सत्ता साठगाठ गरेको नेकपा एमालेको प्रेस चौतारीले अध्यक्ष पदमा दाबी नछाड्दा युनियनले चौतारी कि निर्मला शर्मालाई समर्थन गर्दै महासचिव वरिष्ठ उपाध्यक्ष खुल्ला सचिव लिन मन्जुरी दिएको छ । चौतारीले आफूले पाउने कोषाध्यक्ष महिला सचिवमा कसलाई उठाउँछ । अध्यक्ष उम्मेदवार निर्मला शर्मा २६ औँ अधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिएकी थिइन । त्यो बेला प्रेस युनियन सेन्टर समाजवादी प्रेसको संगठनले चौतारीलाई सहयोग गरेन । त्यस्तै गठबन्धन गरेर चौतारीले प्रेस सेन्टर र समाजवादी प्रेसले हो । अध्यक्ष गणेश बस्नेतबाट समयानुकूल निर्णय गरी चौतारीलाई महासंघमा ल्याउने अनुकूल वातावरण बनाउन सकेको छैन ?

अहिले सातै प्रदेशमा सदस्य सम्बन्धी विवाद छ । यो विवादले संस्थागत रुपमा महासंघको वर्तमान नेतृत्व असफल भएको छ । कांग्रेसको युनियनमा भने चौतारीलाई अध्यक्ष दिने डा. शेखर समुहका शिव लम्सालको क्षमतामा प्रश्न उठ्न थालेको छ । संस्थागत रुपमा संचारसँग जोडिएका अनुहारहरु युनियनमा कम छन् । चौतारीमा पत्रकारिता भन्दा चाकडीबाजी धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *