कैदीबन्दीका लागि फुटबल कार्यक्रम

समाचार

काठमाडौं । केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीको पुनर्स्थापनाका लागि फुटबलसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० र एसियाली फुटबल महासंघ ९एएफसी० सँग समन्वयन गर्दै सेल्टर आश्रय नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम ल्याएको हो ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल प्रोग्राम’ नामक कार्यक्रम सार्वजनिक गरिएको हो । आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्र आदान–प्रदान गरे ।

आयोजकले कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगकको साथै आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । कार्यक्रम आगामी ५ जुनबाट सुरु हुनेछ । एक वर्षभित्र दुई चरणमा कार्यक्रम सञ्चालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *