स्कटल्यान्ड र युक्रेन भिड्दै

समाचार

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान बनाउन युरोपेली छनोटअन्तर्गत प्लेअफमा आज (बुधबार) स्कटल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ ।

स्कटल्यान्डको हाम्पडेन पार्कमा हुने खेल नेपाली समयअनुसार साढे १२ बजे सुरु हुनेछ । यसअघि यो खेल २५ मार्चमा हुनुपर्ने थियो । तर रुसले युक्रेनविरुद्ध सैन्य आक्रामण गरेपछि खेल स्थगित भएको थियो । यस खेलको विजेताले फाइनलमा वेल्सको सामना गर्नेछ ।

युक्रेनका चर्चित रक्षक ओलेक्जेन्डर जिन्चेन्कोले रुसको आक्रमणका बीच युक्रेनले विश्वकपमा खेल्ने आशा व्यक्त गरेका छन् । २५ वर्षीय जिन्चेन्कोले इंग्लिस प्रिमियर लिगको उपाधि युद्धका कारण घरवारविहीन भएका युक्रेनी जनतामा समर्पित गरेका थिए ।

जिन्चेन्कोले केही हप्ताअघि मात्रै म्यानचेस्टर सिटीबाट इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *