विश्वभरी नेपालको व्यापार घाटैघाटा

राजनीति समाचार

काठमाडौं । सरकार प्रमुख कतिसम्म आत्मरतिमा रमाइरहेका छन ! भन्ने कुरा अहिले १६५ भन्दा बढी देशसँग सामान किनबेच गर्दै आएको छ । जसमध्ये १३४ वटा देशसँग त घाटाको व्यापार गरिरहेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको भन्दै सामाजिक सञ्जालको भित्ता रङ्गाइरहेका छन् । गत वर्ष धेरै निर्यात भएका वस्तुको पहिलो स्थानमा देखिन्छ सोयाबिनको तेल । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरण अनुसार नेपालले १ खर्ब ६ अर्ब रुपैयाँको निर्यात गरेको छ । नेपालमा सोयाबिन अझैंसम्म आत्मनिर्भर छैन ।

अहिले हामीले भारतमा निर्यात गरिरहेको सोयाबिन तेल अर्जेन्टिना लगायतको देशबाट आयात गरेर सोही सोयाबिन प्याकिङ गरेर भारतलाई बेचिरहेका हो । यस्तै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुको दोस्रो सूचीमा देखिन्छ सूर्यमुखी तेल छ । नेपालले गत बर्ष २ अर्बको मात्र निर्यात गरेको छ । सरकार प्रमुख यसैमा गर्व गरेर प्रचार गरिरहेका छन् कि नेपाल आत्मनिर्भरको बाटोमा लाग्यो । चार वर्ष पहिले पाम तेलको निर्यात ४१ अर्ब हुँदा पहिलो पटक नेपालको निर्यात दुई खर्ब पुगेको थियो । तर, पछि भारतले नीति परिवर्तन गरेपछि यसको निर्यात घटेर चालु आर्थिक वर्षमा २ अर्बमा सीमित भएको छ ।
अर्काे तथ्यांक पनि हेरौं,गत आर्थिक वर्षमा १५ देशबाट १ खर्ब ९ अर्बको भटमास आयात गरी १ खर्ब ६ अर्बको निर्यात गरेको छ । सरकारले निर्यात गरेको ८१ प्रतिशत बढेको दाबी गरिरहेको छ ।

तर, त्यो निर्यात नेपालको वास्तविक निर्यात भने होइन । गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्बको निर्यात भएको छ । त्यसमा तेलको हिस्सा ४४ प्रतिशत रहेको छ । गत वर्ष कुल १ खर्ब २२ अर्बको तेल निर्यात भएको छ, जुन गत वर्ष ७ अर्ब ४३ करोडको मात्रै थियो । नेपालले गत वर्ष निर्यातमा छलाङ मारेको क्षेत्र भटमासको तेल अघिल्लो वर्ष ९० करोडको मात्रै निर्यात भएको थियो । एकाएक एकै वर्षमा ९० करोडबाट १ खर्ब ६ अर्बको निर्यात कसरी भयो त ? भन्सारका सूत्रहरु भन्छन्,नेपालले अर्जेन्टिना, ब्राजिल लगायतका १५ देशबाट १ खर्ब ९ अर्बको भटमास आयात गरी प्रशोधान गरेर १ खर्ब ६ अर्बको निर्यात गरेको हो । सबैभन्दा बढी अर्जेन्टिनाबाट ८८ अर्ब ९० करोडको ५८ करोड ५० लाख किलो भटमास आयात भएको छ ।

त्यस्तै ब्राजिलबाट ९ अर्ब ९९ करोडको, इराकबाट १ अर्ब ९२ करोडको, चीनबाट १ अर्ब १ करोडको आयात भएको छ । यी देश बाहेक बेनिङ, टोगो पाराग्वे, जर्मनी, भारत, कोरिया, मलेसिया र अमेरिका गरी १५ देशबाट भटमास आयात भएको छ ।

अझैं रोचक त नेपालले घाटाको व्यापार गर्ने देशको नाम हेर्नुभयो भने तपाई दंगै पर्नुहुन्छ । युद्ध र गरिबीले ग्रस्त अफ्रिकी मुलुकबाट हुने आयात हामीले गर्ने निर्यात भन्दा ठूलो छ । नेपालले २०८१ साउनदेखि २०८२ असारसम्मको एक वर्षमा १८ खर्ब ४ अर्ब रुपैयाँको सामान आयात गर्छ । निर्यात भने जम्मा २ खर्ब ७७ अर्बको गर्छ । यो भनेको नेपालले विदेशबाट ९ रुपैयाँको सामान किन्दा जम्मा १ रुपैयाँको सामान मात्र बिक्री गर्छ । कंगोबाट नेपालले ७ करोड २९ लाखको सामान किन्यो ।

तर यहाँबाट ६ लाख ७४ हजार रुपैयाँको सामान बिक्री गरेको छ । यसरी कंगोसँगको व्यापारमा नेपालले ७ करोड २३ लाख रुपैयाँ घाटा सहेको छ । यस्तै नेपालले सोमालियाबाट १ लाख ३६ हजार रुपैयाँको सामान किनेको छ । तर त्यहाँ बिक्री भने १ रुपैयाँको पनि गर्न सकेन । अफ्रिका महादेशकै तान्जानियासँग नेपालले ७४ करोड ५७ लाख रुपैयाँ ब्यापार घाटा सहेको छ । अनि जिम्म्बावेसँग ६७ करोड ३१ लाख । अफ्रिका महादेशकै बेनिनसँग ४३ करोड र ग्वाटेमालासँग ३९ करोड ४४ लाख रुपैयाँ घाटा सहेको छ ।

भन्सारको तथ्यांक अनुसार इजिप्टसँग २५ करोड ४४ लाख र सेनेगलसँग ३० करोड ६९ लाख, टोगोसँग २१ करोड ४० लाख र नाइजेरियासँग ६ करोड ८९ लाख रुपैयाँको व्यापार घाटा छ । यस्तै,दक्षिण अफ्रिकासँग २० करोड ८९ लाख र इथियोपियासँग १४ करोड ४१ लाखको घाटा छ । गाबोन, युगान्डा, मादागास्कर, सर्बिया, नाइजर, गुयना, भानुआतु, रुवान्डा, सियरालियोनसँग समेत नेपालले व्यापार घाटा सहिरहेको छ । त्योसँगै भुटानसँग समेत १ अर्ब ३८ करोड रुपैयाँको घाटाको व्यापार गरिरहेको छ नेपालले । भन्सार विभागको तथ्यांक केलाउँदा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा चाहिँ भारतसँग चलिरहेको छ । भारतसँगको व्यापारमा नेपाललाई ८ खर्ब ४६ अर्ब घाटा छ ।

चीनसँग ३ खर्ब ३८ अर्ब र अर्जेन्टिनासँग ९९ अर्ब २९ करोडको व्यापार घाटा खाइरहेको छ । युक्रेन, यूएई, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र ब्राजिल नेपालको धेरै व्यापार घाटा हुने मूलुकको सूचीमा टप टेनमा छन् । त्यसको साथै कतार, फ्रान्स, साउदी अरेबिया, क्यानडा, अमेरिका, भियतनाम, कोरिया, सिंगापुर, जापान, बंगलादेश, टर्की, बेलायत, ओमान, म्यान्मार र तुर्कीमिनिस्तानसँग पनि नेपालले घाटाको व्यापार गर्छ । यस्तो स्थितिमा सरकार प्रमुख गलत मिथ्यांक राखेर सरकारले भ्रम छरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *