काठमाडौं । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ ।
मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउन शिविर सञ्चालन गर्न लागिएको बोर्डले जनाएको हो। चलचित्र मार्फत समभावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचिको अध्ययनरसर्वेक्षण गर्ने, मधेसका युवा चलचित्रकर्मीहरूलाई चलचित्र नीति, विधिबारे अभिमुखीकरण गर्ने, मधेसी समाजका मौलिक, नवीन औ उत्कृष्ट कथाहरूको खोजी गर्ने, चलचित्रसँग सम्बन्धी विषय क्षेत्रबारे बहसरविमर्श गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी गराएका छन्।
बोर्डले चलचित्र शिविर अभियान सञ्चालन गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविर अन्तर्गत चलचित्र प्रदर्शन, पोष्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलन जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।