काठमाडौं । नेकपा एमालेको ७७ जिल्ला, ७५३ स्थानीय तहमै पार्टीको उपस्थिति छ । स्थानीय तहमा एमाले दोस्रो ठूलो दल पनि हो । तर पनि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा बसेर विपक्षी दल माओवादीलाई गाली गरिरहेका छन् । प्रधानमन्त्री ओलीलाई कुन ठाउँमा कसरी बोल्ने भन्नेबारे कुनै ध्यान छैन । ओलीका सल्लाहकारहरुले ओलीको प्रशंसा गरेरै आफ्नो स्वार्थ पुरा गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले निजामती कर्मचारी दिवसमा पनि विपक्षी दलका नेता प्रचण्डलाई सरापे । जबकि त्यस कार्यक्रममा कर्मचारीबाहेक अरुको उपस्थिति थिएन । कुन कुरा कहाँ बोल्ने भन्ने हेक्का नभएका प्रधानमन्त्री ओलीलाई सम्झाउने व्यक्ति पनि कोही भएनन् । पार्टीका काम भन्दा स्वार्थका कामले बद्नाम भएको थाहा नपाउने प्रधानमन्त्री ओलीले वर्गीय धरातल त्यागेका छन् । मुखले समृद्धि र विकासको नारा लगाउने तर व्यवहारमा भने माफियाको हितका लागि निर्णय गर्ने काम प्रधानमन्त्री ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले विद्युत महसुलको ८ अर्ब २६ करोड छुट दिन खोज्दा नेपाली कांग्रेस बाधक बनेको छ । एनसेलको १९ अर्ब पनि चर्चामा छ ।
सार्वजनिक लेखा समिति प्रयोग गरेर विद्युतका कार्यकारी हटाउने षड्यन्त्र पनि कांग्रेसल असफल बनाइदिएको छ । प्रधानमन्त्रीका कुरा आफै मात्र जान्ने अरुलाई नटेर्ने प्रवृत्तिको छ । प्रधानमन्त्री ओली २÷४ जनाको घेरामा बाँधिएका छन् । २१औं निजामती कर्मचारी दिवसका दिन पनि प्रधानमन्त्री ओली माओवादीमाथि जाइलाग्ने काम गरे । गणतन्त्र, लोकतन्त्र र संघीयताको व्यवस्थापन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको दायित्वमा पर्छ । अर्काेतर्फ, सांसदहरु पिए र ड्राइभर राखेर राज्यकोषमाथि दोहन गरिरहेका छन् । अझ उनीहरुका लागि दशैं खर्चको माग गर्दै संसदका महासचिवसम्म पुग्ने गर्दछन् ।
प्रधानमन्त्री ओलीले निजामती कर्मचारी ऐनको समेत ख्याल गरेनन् । अख्तियारले भ्रष्ट ठहर गरेका र पक्राउ गरेका ५२४ जना कर्मचारी छन् । तीमध्यउे ४२८ जना निजामती सेवाकै छन् । यसमा १२ सचिव सरहका, २४ सहसचिव सरहका र अन्य अधिकृत र नासुहरुको भ्रष्टको ठूलो टोली छ । तर प्रधानमन्त्री ओलीले कहाँ के बोल्ने भन्ने हेक्का भने राखेनन् ।