सहकारी ठगी : सरकारको बार्गेनिङको मुद्दा

अर्थ/वाणिज्य राजनीति समाचार

आरोप–प्रत्यारोपको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो प्रवृत्ति अहिले नेपालको राजनीतिमा लागू भएको छ । विभिन्न प्रकरण र भ्रष्टाचारका काण्डलाई राजनीतिक बार्गेनिङको मुद्दा बनाइएको छ । सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारका प्रकरण र मुद्दाले प्रत्यक्ष सरोकार राख्दछ । राजनीतिक दलका व्यक्तिमाथि लागेको आरोप ढाकछोप गर्नकै लागि सरकार ढाल्ने र नयाँ सरकार गठन गरेर प्रतिपक्षका व्यक्तिहरुको भ्रष्टाचार र प्रकरणहरुको अनुसन्धान अगाडि बढाउने आलोपालोको बार्गेनिङ प्रणालीको प्रत्यक्ष प्रभाव नेपाली जनतामा परिरहेको छ ।

अहिले नेपाली जनता सरकारको असक्षमता र भ्रष्ट मानसिकताको सिकार भइरहेका छन् । पछिल्लो समय भ्रष्टाचार र ठूला प्रकरणहरु बाहिर आइरहेका छन् । नेपाल जस्तो सानो मुलुकमा ठूला ठूला भ्रष्टाचार र बेथितिले चेपुवामा पार्नु भनेको अर्थतन्त्र धरासायी बन्नु पनि हो । नेपाली सर्वसाधारणले भविष्यका लागि बचत गरेर राखेको रकममाथि भ्रष्ट मानसिकता भएका र राजनीतिक दलसँग जोडिएका व्यक्तिहरुले ठगी मच्चाउने काम गर्दा सरकारले कारबाही गर्न सकेको छैन । सरकारले विभिन्न कार्यदल बनाएर छानबिन भन्दै आलटाल गरिरहेको छ । सर्वसाधारण जनतालाई दुख दिने र आँशु झार्न बाध्य पार्नेलाई कसरी कारबाही गर्नुपर्छ भनेर उत्तर कोरियाबाट सिक्न जरुरी छ । उत्तरकोरियालगायत विभिन्न मुलुकले भ्रष्ट र जनतालाई सास्ती दिने जोकोहीलाई पनि कडाभन्दा कडा कारबाही गर्ने गर्दछन् ।

तर यसरी नेपाली जनताको बचतमाथि ठगी गर्नेमा सत्तापक्ष नेपाली कांग्रेसकै उपसभापति धनराज गुरुङ संलग्न भएको तथ्य पछिल्लो समय बाहिर आएको छ । रास्वपाका सभापति रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति हुन् । सहकारी ठगीका प्रमुख नाइके भनिएका जीबी राई राजनीतिक संरक्षणमा नै बच्दै आएका छन् । ‘तँ रोए झैं गर, म पिटे झैं गर्छु’ भन्ने उखान यो सहकारी ठगी प्रकरणमा लागू भएको छ । भ्रष्टहरुले मुलुकलाई तहसनहस पारिसक्दा पनि जनता टुलुटुलु हेरेर बस्न बाध्य छन् । राजनीतिक दलको संरक्षणकै कारण भ्रष्ट र ठगहरु नै नेपालमा खुलेआम ठगी गर्दै हिँडिरहेका छन् । अझ भन्नुपर्दा राजनीतिक दलका नेताहरुस् नै यसरी ठगी प्रकरणमा मुछिनुले निरीहताको संकेत दिने गर्दछ । राजनीतिक दलहरुले यस्ता प्रकरणहरुलाई सत्ताको भ¥याङ बनाउन बन्द गर्नुपर्छ र दोषीलाई कडाभन्दा कडा कारबाही गरेर मुलुकको लागि नयाँ स्थापित गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *