राजश्व अनुसन्धानमा विचौलिया र तस्करीको हालीमुहाली, निर्देशक विसी दशैंको नाममा उठ्तीपुठ्तीमै व्यस्त

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले गत हप्ता राजश्व विभाग र राजश्व कार्यालयमा केही कर्मचारीहरु सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामकुमार गुप्ताले राजश्व र भन्सारको मात्रै कर्मचारी सरुवा गरेका छैनन् स्थानीय तहदेखि प्रदेश र संघमा समेत मनपरी ढंगले कर्मचारी सरुवा गरेर दशैं खर्च बटुलीरहेका छन् । त्यसैगरी राजश्व कार्यालय इटहरीमा उत्तमकुमार घिमिरेलाई पठाएका छन् । उता, पथलैया राजश्व कार्यालयमा हरि शर्मालाई पठाएका छन् । हरि शर्मा कर्मचारीभित्र रकम चलखेल गर्न र सोर्सफोर्स लगाउन माहिर खेलाडी हुन् । उनै शर्मा तत्कालीन राष्ट्रिसभा सदस्य गणेश तिमिल्सिनाको सोर्सफोर्स लगाएर पथलैया राजश्व कार्यालय पुगेका हुन् ।

त्यसैगरी बुटवल राजश्व कार्यालयमा विवेक घिमिरे पुगेका छन् । उनी तत्कालीन केपी ओली नेतृत्व सरकारको पालामा प्रधानमन्त्री कार्यालयको सचिवालयमा रहेका थिए । अहिलेको सरकारमा उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सचिवालयमा सबेका थिए । प्रधानमन्त्री ओली र मन्त्री भण्डारीको सोर्सफोर्स लगाएर घिमिरे बुटवल राजश्व कार्यालयमा पुग्न सफल भएका हुन् । उता, उमेश रिमाल बाँकेको कोहलपुर राजश्व कार्यालय पुगेका छन् । रिमाल पनि शक्तिकेन्द्रको सोर्सफोर्स र रकम चलखेलको आधारमा मालदार अड्डाको प्रमुख हुन सफल भएका हुन् ।

राजश्व अनुसन्धान विभागको अनुगमन तथा अनुसन्धान शाखाका टेकबहादुर अर्याल जागिरबाट अवकास भएका छन् । अर्यालय अवकास प्राप्त भएपछि राजश्व अनुसन्धान विभागको २ नम्बर शाखामा रहेका शशी लम्साललाई भूमि व्यवस्थामा सरुवा गरिएको छ । राजश्व अनुगमन तथा अनुसन्धान शाखाका रामकृष्ण श्रेष्ठलाई उद्योगमन्त्रालयमा सरुवा गरिएको छ । उनीहरुको ठाउँमा तत्कालीन महानिर्देशक दीर्घराज मैनालीको पालामा कार्यरत कर्मचारीहरुलाई फेरि राजश्व अनुसन्धान विभागमा लगिएको छ । राजश्व अनुसन्धान विभागमा तरमार्न जानेहरुमा राजकुमार खतिवडा, प्रकाश पोखरेल, मणिराम पौडेललगायत छन् । राजश्व अनुसन्धान विभागको निर्देशकमा राजन विसी रहेका छन् ।

उनै निर्देशक विसीले दशैं आयो, सबैलाई चित्त बुझाउनपर्छ भन्दै वीरगञ्जका ठूला–ठूला व्यापारी तथा तस्करहरुबाट करोडौं उठाउने धन्दा चलाउन थालेका छन् । पान तथा गुड्खा व्यापारी कमलमान मालपाने, मुस्लिम थरका मुर्तुजा भन्ने गाडी तस्कर, अर्का राजकुमार रुम्टा ट्रान्सफर व्यापारी र रुन्चेमदन गुप्ता चामल तस्करी गर्ने व्यक्तिहरुसँग मोटो रकम उठाइरहेका छन् । विसी पहिला पनि पथलैया र बुटवल राजश्व कार्यालयमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिमा गनिन्छन् । तिनै विसी अहिले पथलैया अथवा बुटवल राजश्व कार्यालयको प्रमुख बनेर जान खोज्दा प्रधानमन्त्री कार्यालयले रोकेको समाचार स्रोतको दावी छ । राजश्व अनुसन्धान विभागको महानिर्देशक र निर्देशक बनेर जाने व्यक्तिलाई पहिला नै हरेक व्यापारी तथा तस्करहरुले अग्रिम बुकिङ्ग भनेर ५० लाखका दरले पैसा बुझाउने गर्दछन् । राजश्व अनुसन्धान विभागको महानिर्देशक र निर्देशक बनाउन व्यापारी तथा तस्करहरुले नै व्यक्ति रोज्ने गर्दछन् ।

तिनै व्यापारी तथा तस्करहरुले प्रधानमन्त्री कार्यालयलाई प्रभावमा पारेपछि राजश्व अनुसन्धान विभागको महानिर्देशक र निर्देशक आफूले रोजेको व्यक्ति बनाउन सफल हुने गरेका छन् । अनि त्यसरी नियुक्ति भएका राजश्व अनुसन्धान विभागका महानिर्देशक र निर्देशकले कसरी उठाउन सक्छन् राजश्व । काठ तस्करी, कपडा तस्करी, हुण्डी कारोबारी, गाडी तस्करी, खैनी तथा गुड्खा व्यापारी, सुन तस्करीलगायतले राजश्व छली गरिराखेका हुन्छन् । तिनै व्यक्तिहरुसँग राजश्व अनुसन्धान विभागका कर्मचारीको मिलेमतो भएपछि ठूलो मात्रामा राजश्व चुवाट हुने गरेको छ ।

राजश्व चुहावट रोक्न खोज्ने कर्मचारीलाई ६ महिनादेखि वर्षदिन नपुग्दै तिनै तस्करहरुको मिलेमतोमा छानीछानी सरुवा गर्ने गरिन्छ । हाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डि घिमिरे रहेका छन् । घिमिरेमाथि पनि विभिन्न राजश्व र भन्सार कार्यालयमा बसेर अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । घिमिरे केही वर्ष अगाडि मात्रै सहसचिव बनेका थिए । उनी खान, खुवाउन र सोर्सफोर्स लगाउन माहिर भएका कारण राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न सफल भएका छन् । चाडवाड नजिकिएसँगै व्यापारी, उद्योगी र तस्करहरुले ठूलो मात्रामा राजश्व छली गरी सामान भित्र्याइरहँदा महानिर्देशक घिमिरे गुमनाम जस्तै भएर बसेका छन् । उनै महानिर्देशक घिमिरेले पैसा उठानको लागि उपसचि र शाखा अधिकृतको टिम बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *