नेपाली महिलाहरु खाडी मुलुकको घरेलु हिसांमा फस्दै

राजनीति समाचार

सावित्री खत्री
काठमाडौं । जनता समाजवादी पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरदसिंह भण्डारी योसहित २० औं पटक मन्त्री बनिसकेका छन् । तर, श्रममन्त्री बनेका भण्डारीेले नेपाली महिलाहरुलाई बिचौलिया र मेनपावर व्यवसायीको मिलेमतोमा घरेलु कामदारको लागि खाडी मुलुक पठाउने धन्दा चलाइरहेका छन् । मन्त्री भण्डारीले त्यसलाई रोक्नुपर्नेमा उल्टै कमिसन खाएर तिनै विचौलिया र म्यानवार व्यवसायीलाई संरक्षण दिने काम गर्दै आएका छन् । २०७३ साल चैत्र महिनामा तत्कालीन सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई कुबेत, बहराइन, ओमन, युएई जस्ता देशमा नपठाउने भनेर प्रतिबन्ध लगाएको थियो । तर मेनपावर र बिचौलियाहरुले लुकीछिपी भारतको बाटो हुँदै खाँडी मुलुकजस्ता देशहरुमा महिलालाई घरेलु कामदारको रुपमा पठाउँदै आएका छन् । घरेलु कामदारको रुपमा विदेश जाने महिलाहरुलाई रोक्ने प्रयास भएको छैन ।

उल्टै श्रममन्त्री भण्डारीले खाँडीलगायत अन्य नयाँ मुलुकहरुमा नेपालका युवायुवती पठाउने सम्झौता गर्दै आएका छन् । अधिकांश घरेलु कामदारको रुपमा खाडी मुलुक गएका महिलाहरु घरेलु हिंसामा पर्ने, अंगभंग हुने, अनैतिक काममा फस्ने, अलपत्र पर्ने गरेका समाचारहरु सञ्चार माध्यममा नआएका होइनन् । त्यसलाई रोक्नको लागि नत श्रममन्त्री भण्डारीले ध्यान दिएका छन् नत सम्बन्धित निकायले नै ।

हालसम्म खाडी मुलुकहरुमा ४० हजारभन्दा बढी नेपाली महिलाहरु घरेलु कामदारमा कार्यरत रहेका छन् । ती महिलाहरुलाई आइपरेको समस्याको बारेमा विदेशमा रहेका श्रम सहचार्यले नै ध्यान दिएका छन् नत नेपाल सरकारले पहल गरेको छ । चाडवाड नजिकिएसँगै विदेश जाने युवायुवतीहरुको ताँती लाग्न थालेको छ । मेनपावर र बिचौलियाले चाडवाडको मौका छोपेर लुकिछिपी खाडी मुलुकहरुमा महिला पठाउने धन्दा फस्टाउँदै गएको छ । त्यसमा फिरी भिसा, फिरी टिकट भने तापनि मनलाग्दी तरिकाले पैसा असुल्ने गरेका छन् । सम्झौता एकातिर गर्ने व्यवहार अर्काेतिर गर्ने मेनपावर कम्पनीहरुको धन्दा नै आवश्यकभन्दा बढी पैसा असुल्ने हो ।

श्रम तथा रोजगार मन्त्री भण्डारीले जतिसुकै श्रमका बारेमा भाषण गरे तापनि त्यसको समाधान हुन सकेको छैन । उल्टै मेनपावर सञ्चालकहरुसँग मिलेर आर्थिक लाभ लिइरहेका छन् । त्यस्तै, श्रम मन्त्रालयअन्तर्गत विभाग र कार्यालयहरुमा गोष्ठी सेमिनार श्रमिक तालिमको नाममा व्यापक रुपमा खर्च हुने गरेको छ । त्यो खर्चमा लजिङ, फुडिङदेखि खानपिनमा समेत श्रमिकहरुको पैसा खर्च हुने गरेको छ । त्योसँगै श्रममन्त्री भण्डारीले श्रमिकहरुले जम्मा गरेको बोर्डको पैसामा खाडी मुलुकदेखि विभिन्न देश भ्रमण गरेर नेपाली युवायुवतीलाई विदेश पठाउने सम्झौता गरेर हिडिरहेका छन् । नेपालमा रोजगारीको अवसर नपाएपछि त्यसकोे लागि के श्रमिक, के विद्यार्थी, के युवा सबै विदेशतिर भौतारिन थालेका छन् ।

नेपालमा श्रमशक्ति विदेशिन थालेपछि युवायुवती कम हुँदै गएको र उद्योगधन्दा, कृषि, व्यापार व्यवसाय धरायसी बन्दै गएको छ । सरकारले त्यतातिर ध्यान नदिएर रेमिट्यान्स भित्राउने नाममा नेपालीहरुलाई विदेश पठाउनु कति उचित होला ? उतातिर सरकारले जतिसुकै अनलाइन सिस्टमबाट विदेश जानको लागि सहज बनाइदिको भनिए तापनि विभिन्न बहानामा नेपाली युवायुवती ठगिँदै आएका छन् । मेनपावर सञ्चालकहरुले विभिन्न बहाना बनाएर विदेश जाने युवाहरुलाई ठगिनै रहेका छन् । सरकारले जतिसुकै श्रम सुधारका योजना ल्याए तापनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । अहिले बैदेशिक रोजगार विभागमा गएर हेर्ने हो भने ठगिका केसहरु प्रशस्त मात्रामा देख्न सकिन्छ ।

बैदेशिक रोजगार विभाग ताहाचलमा ठगिको केस मिलाउनको लागि प्रहरी र कर्मचारीलाई हैरान छ । त्यो हैरानीसँगै पैसाको चलखेल कमिसनको चक्कर त्यत्तिकै छ । विदेश जाने युवायुवतीले घरजेथासमेत गुमाउन वाध्य हुनुपरेको छ । तर, श्रममन्त्रालय, वैदेशिक रोजगार विभाग र सम्बन्धित निकाए भने तिनै विचौलियासँग मिलेमतो गरेर कमिसनमा लिप्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *