नेपाल प्रहरीमा एआईजी भिम ज्ञवालीको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । दलीय आधारमा नेपाल प्रहरीका सातजना एआईजीहरु कसले कति काम देखाउने भन्ने प्रतिस्पर्धा गराउने अवस्था सिर्जना भएको छ । आईजीपी बसन्त कुँवर कांग्रेसका आधार हुँदा एआईजीद्वय टेकप्रसाद राई र भिम ढकाल एमाले बनेका हुन् । नेतासँगको सम्बन्ध र पारिवारिक भेटघाटमा एआईजी राई अख्तियार आयुक्त प्रेम राईकै भाइ परे । प्रेम राई एमाले अध्यक्ष केपी ओलीको विश्वासिला व्यक्ति हुन् । आईजीपी कुँवर अहिले ग्रिस भ्रमणमा छन् ।
अहिले एआईजी ढकाल कार्य विभागको प्रमुख छन् ।

उनले आईजीपी देशमा नभएका बेला कार्यवाहक आईजीपी टेकप्रसाद राईसँग समेत समन्वय नगर्दा विवाद चर्केको छ । ढकालले ४१ उपरीक्षक, १४३ नायब उपरीक्षक सरुवा गर्दा कार्यवाहक एमाले आईजीपी राईसँग समन्वय नगर्दा यो विवाद खडा भयो । मंसिरमा अवकाश हुने ढकालले गृहमन्त्री र कांग्रेसी कित्ताको कुरा मानेर आफ्नो अधिकार प्रयोग गरे ।

१२ जिल्लाका एसपी र डिएसपी प्रमुख हुने १६ जिल्लामा प्रमुख फेरिएका छन् । मानव स्रोत विभागले कार्यवाहक आईजीपीलाई सोधनुपथ्र्याे । प्रशासन, अपराध, उपत्यका, सीआईबी, तालिम केन्द्र प्रदेश विभाग जस्ता ठाउँमा एआईजी नेतृत्व छ । अधिकार क्षेत्र आफ्नो भएपनि राय सुझाव लिनुपथ्र्याे । तर ढकालले गृहमन्त्रकिो दबाब थेग्न सकेनन् । त्यो सत्य जगजाहेर छ । कांग्रेस र एमालेले प्रहरीलाई पार्टीको भातृ संगठन बनाएका छन्् भन्ने कुरा यसपटक पनि देखियो । चाडवाडको समयमा प्रहरीको सक्रियता बढी हुन्छ । कमाण्डर बनेर जानेहरुले समयको ख्याल पनि गर्दैन भन्ने कुरा छर्लंग भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *