शस्त्र प्रहरी भित्र आचारसंहित उल्लघंन

राजनीति समाचार

काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीले संगठनका टाठाबाठाहरूलाई देखाउन र सोझा सिधालाई छेक्न बनाइएको आचारसंहिता सुदूरपश्चिम र कर्णालीका ठालुहरूले फुस्स बनाएका छन् । प्रबन्धका एसएसपी दिपेन्द्र कुँवर देउवा दरबारका ज्वाई गृहमन्त्री रमेश लेखक देउवाका सहयोगी भएकाले संगठनको निर्देशन फुस्स भएको हो । सशस्त्रले राजनीतिक स्वार्थ अनुकूल अधिकृतहरु भेटघाटमा दौडधुप गर्ने नेताका कोठा र चोटामा पुगेर स्वार्थमा आईजीपी, एआईजी, डिआईजीसम्मलाई फोन गराउन थालेका छन् ।

एआईजीहरु नारायणदत्त पौडेल, वंशी दाहाल, चन्द्र प्रकाश गौतमको सहभागितामा आईजीपी राजु अर्यालले आचारसंहिता बनाए । अहिले प्रशासनमा एआईजी वंशी दाहालले सीमामा चन्द्र प्रकाश गौतम, कार्य विभागमा नारायणदत्त पौडेल पुगेका छन् । हरेक वर्ष यिनको विभाग फेरिन्छ । एआईजी बन्छ तालिम केन्द्र हाँक्छु भन्ने कांग्रेसका किशोर प्रधान डिआईजीको पद एक वर्ष थप हुँदा पनि कांग्रेसकी आरजु राणालाई दक्षिणा चढाउन नसक्दा एआईजी बन्न पाएनन् ।
सशस्त्रमा देउवाका ज्वाइँ प्रबन्धमा बसेर लुटेको २ वर्षभन्दा बढी भएको छ ।

होम ज्ञवाली प्रशसन महाशाखामा बसेर मस्ती गरेको २ वर्ष कट्यो, समाज कल्याणमा महेन्द्र हमालले घनचक्कर चलाएको वर्षाैं भयो । तर उनीहरुको सरुवा हुँदैन । कर्णाली र सुदूरपश्चिमेलाई आईजीपीको निर्देशन संगठनको आचारसंिहता लागू नहुने भएको छ । किनकि यो टोली गृहमन्त्री रमेश लेखकको क्वार्टर र मन्त्रलयको चेम्बरमा सहजै पुग्छ । सशस्त्रले प्रवक्ता मार्फत कामको प्रकृतिअनुसार भेटघाट गर्ने नीति बनाएको छ । आईजीपी सचिवालय र जनसम्पर्क समेत प्रवक्ताको कार्यक्षेत्र भएपनि सशस्त्रमा सुदूरपश्चिम हावी भएको हो । संगठनको सूचना सन्देश समेत डिएसपी शैलेस थापाको थाप्लोमा पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *