अख्तियार मुद्दा लगाउने, न्यायालयले छाड्ने

राजनीति समाचार

काठमाडौं । हरेक दिन जसो टंगालस्थित रातो घरले कुनै न कुनै राष्ट्र सेवक कर्मचारीविरुद्ध मुद्धा दायर भइरहेको देखिन्छ । अख्तियार यसरी आक्रामक भएर हरेक दिन मुद्धा दायर हुँदा त भ्रष्टाचारीको संख्या शून्यमा झर्नुपर्ने होइन ? तर किन दिनप्रतिदिन भ्रष्ट कर्मचारीको संख्या बढ्दै छ । अख्तियारले भ्रष्टाचार मुद्धा दायर भएका कर्मचारीहरुले सेटिङमा उन्मुक्ति पाउँछन्,तिनलाई मिलेमतोमा भगाइन्छन वा साच्चै भाग्छन् । अहिले पेचिलो रुपमा उठेको छ यो प्रश्न ।

अख्तियारले हरेक दिन जसो कर्मचारीहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर गर्दै आएको छ । सोमबारमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत व्यवस्थापन शाखा प्रमुख (प्रबन्धक) पूर्ण प्रसाद चुडाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । नगद र मोबाइल मोवाइल सेट बरामत भए । अख्तियारका अनुसार उनको साथबाट ९ बोतल मदिरा, ४ थान मोबाइलसमेत बरामद भएको छ । अख्तियारका अनुसार उनले पास बनाउन सेवाग्राहीबाट १० हजारका दरले १५ महिना बराबरको रकम दिनुपर्ने भन्दै घुस माग गरेका थिए । अब उनको मुद्धा अख्तियारले विशेषमा चलाउनेछ र विशेषबाट सफाई पाए अन्यथा नठाने हुन्छ ।

र अख्तियार विशेषको फैसलाविरुद्ध सर्वाेच्च जान्छ र कर्मकाण्ड पूरा हुन्छ । त्यसैगरी, अख्तियारले विशेषमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कानुन अनुसार पाउँदै नपाएको प्राध्यापकको पद प्रयोग गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा हालिएको । यस्तै अध्यक्ष ज्ञानेन्द्र कार्कीविरुद्ध पनि मुद्दा हालिएको छ । यसरी अख्तियारले हरेक दिन मुद्धा दायर गर्ने तर भ्रष्टहरुले उन्मुक्ति पाउने श्रृंखला जारी छ ।

भ्रष्टाचार मुद्धा लागेका कर्मचारी सेटिङमा भागेका र भगाइएका होइनन् भने,यस अघि गत भदौंमा साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल फरार हुँदा समेत अख्तियारदेखि प्रहरीसम्म के जुम्रा मारेर बसेका थिए । गत भदौंमा नक्सालबाट पक्राउ परेका अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ प्रमोद नेपाल फरार रहेको बुझिएको छ ।

सरकारी लगानीमा बेलायतमा उपसचिव पढ्न गएका र त्यहाँबाट फर्किए लगतै आठ महिनामै घुससहित पक्राउ परेका उनी अहिले फरारको सूचीमा रहेको उनीविरुद्ध विशेषमा मुद्धा चलिरहेको बेला उनी फरार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । प्रमोद आफूलाई भविष्यको मुख्य सचिव हुँ भन्दै हिड्ने गर्दथें । पाँच महिना अगाडि पक्राउ परे लगतै कोभिड देखियो भन्दै अस्पतालमा सुतेर बसे । त्यहाँबाट उम्किए लगतै अहिले फरार रहेको अख्तियारले जनाएको छ ।

विशेष अदालतका कर्मचारी स्रोतले तामाकोसी सन्देशलाई दिएको जानकारी अनुसार प्रमोद आजसम्म बिशेष अदालतमा बयान दिन गएका छैनन् । आखिर सेटिङमै कर्मचारीलाई भगाइन्छ र सफाया दिइन्छ भने यति विधि नौटङ्की किन र के का लागि गर्नू ? भ्रष्ट भन्ने जगजाहेर भएका विजय गच्छदारलाई दश लाख तिराएर उन्मुक्ति दिने त्यही अदालत हो ।

२ अर्ब भ्रष्टाचारमा डामिएका विक्रम पाण्डेलाई उन्मुक्ति दिएर सांसद हुँदै मन्त्री बन्न बाटो खुल्ला गर्ने त्यही विशेष अदलात हो । पछिल्लो समयमा विशेष अदलात भ्रष्टहरुलाई सुन पानी छर्केर चोख्याउने अदालतको रुपमा बदनामी कमाउँदैछ । तथ्य र प्रमाणसहित भ्रष्टचारी भन्ने पेश हुँदा समेत विशेषका न्यायधीशहरुले सेटिङमा उन्मुक्ति दिँदै आएको भेटिन्छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *