कांग्रेसमा सिटौला ओल्लोघाट न पल्लोतिर

राजनीति समाचार

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले नेपाली कांग्रेस सबैभन्दा बढी प्रभावित भएको छ । कांग्रेसका बयोवृद्ध सभापति शेरबहादुर देउवा जेनजी पुस्ताको आन्दोलनका क्रममा निर्घात कुटपिटमा परी हाल अस्पतालमा उपचार गराइरहेका छन् । पार्टी कार्यालय र शीर्ष नेताहरुको घर आगजनी, तोडफोड र लुटपाटले ध्वस्त भएको छ । उता, महामन्त्री गगन कुमार थापा गुट उपगुटको भेला गरेर पार्टी कब्जा गर्ने रणनीति अपनाइरहेका छन् । इतर पक्षका नेताहरु एकजुट नहुँदा त्यसको फाइदा उठाउँदै अर्का नेता कृष्ण प्रसाद सिटौला पनि ओझेलमा परेका र गुट, उपगुटका नेता खोजेर भेला गर्न लागिपरेका छन् ।

पुराना गुटको खोजी गर्ने क्रममा कांग्रेसको १३ औं महाधिवेशनमा आफ्नो गुटबाट चुनाव लडेका महामन्त्री गगन थापालाई फकाउन सिटौला लागिपरेका थिए । तर, गगन थापा भने आफै सभापति बन्न भित्रभित्रै षड्यन्त्रका तानाबाना बुनिरहेका छन् । गगनले टेरपुच्छर नलाउने भएपछि सिटौला अत्तालिएर पार्टीमा भाग नपाएर बिच्किएका पुराना नेताहरुबीच हारगुहार गर्न थालेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा गृहजिल्ला झापाबाट पराजित भएपछि गुमनाम जस्तै भएका सिटौलालाई सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा उठाएका थिए ।

सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएदेखि ब्यूझिएका सिटौला कांग्रेस सभापति बन्नको लागि चलखेलमा जुट्दै आएका थिए । कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा देउवासँग प्रतिस्पर्धा गरेका सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका थिए । १४ औं महाधिवेशनमा भने उनी देउवासँग प्रतिस्पर्धा गर्ने हिम्मत गरेनन् । बरु देउवालाई सहयोग गरे ।

त्यसकारण त्यो गुन तिर्न पनि आगामी १५ महाधिवेशन सभापति देउवाले आफूलाई समर्थन गर्ने आशामा सिटौलाको दौडधूप बाक्लिन थालेको छ । तर, देउवालाई सुरुदेखि सहयोग गर्दै आएका गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, डा. शशांक कोइराला जस्ता त्यागी र दीग्गज नेताहरु पनि देउवाको आशिर्वाद पाउनेमा ढुक्क छन् । उता, १४ महाधिवेशनमा देउवासँग प्रतिपर्धा गरेका कांग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको सक्रियता ह्वात्तै बढेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र भ्रष्टाचारको आरोप नलागेका डा. कोइराला स्वच्छ छविको नेताको रुपमा परिचित छन् ।

त्योसँगै वीपीको पारिवारिक लिगेसीको सहयोग पनि कोइरालालाई नै हुने देखिन्छ । त्यसले गर्दा पनि डा. शेखरको अगाडि सिटौलाको बेमौसमी हुटहुटीले काम गर्ने देखिँदैन । डा. शेखरको देशदौडाहा र भेटघाटले जनलहर बढ्दै गएको छ । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाउँदा पनि डा. शेखरले सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाउन नमिल्दै भन्दै विरोध गरेका थिए । कोइरालाले सामाजिक सञ्चालन खोल्न आग्रह गर्दा सरकारले मानिदिएको भए आज देशले यो दूर्गति भोग्नुपर्ने थिएन । त्यसकारणले सिटौलाको सभापति बन्ने सपना साकार हुने सम्भावना देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *