खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग

राजनीति समाचार

प्रवक्ता मोहन कृष्ण महर्जन
यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले २ गते देखि १९ सम्म विभाग तथा मातहतका कार्यालयहरुबाट १८० वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको छ। निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्डहरु र अभिलेख नपाइएको हुँदा खाद्य बमोजिम नमूना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ्ग गर्ने स्थान सिलबन्दी गरिएको छ ।

यसैगरि धापासी –०६, स्थित सनराइज वेभेरेज नेपाल प्रा. लि.मा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ्ग गरी विक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको र अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ। ६ गते अर्जुन डेरी प्रा.लि., का.म.पा.११, एकता मार्ग, नयाँ बानेश्वर सिलबन्दी गरिएका ढुसी लागेको बटर, घ्यू र चिज स्थानीय जानप्रतिनिधिको रहोवरमा २४० के जी वटर, २५ के जी चीज र ४४ के जी घ्यू नष्ट गरिएको। प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, गोदावरी न.पा.११, ललितपुरको शिलबन्दी गरिएका नक्कली घ्यू स्थानीय प्रतिनिधिको रहोवरमा ९५ के जी घ्यू नष्ट गरिएको। प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल ९, काठमाडौँको घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा मिति २०८१÷०६÷१० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रहोवरमा ८० के जी घ्यू र ३० के जी नौनी नष्ट गरिएको छ।

यसै गरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन ६ थान, खुवा ६० केजी, खाद्य रङ्ग, मापदण्ड भन्दा बढी खाद्य रङ्ग प्रयोग गरिएको पुरी २ केजी, बिस्कुट, ससेज ४ केजी, बिरयानी मसला ५ केजी, मह ४ किलो, कोदोको पिठो ६ किलो, पेय पदार्थ ५१ बोतल, चिली हटसस लगायत अन्य खाद्य पदार्थ करिब १०,८५० बराबरको जफत नष्ट गरिएको छ। १४ गते सरन मिनरल वाटर एण्ड वेभेरज प्रा.लि.रियल माउन्ट एभरेस्ट वेभेरज प्रा.लि., सिटि मिनिरल वाटर एण्ड वेभेरज प्रा.लि, काठमाडौँ ग्रीनल्याण्ड मिनिरल वाटर एण्ड बेभेरज प्रा.लि, कालिका रेष्ट्रो एण्ड चमेना गृहमा अनुगमन गरेको छौं ।

त्यस्तै विभागले बिहीबार मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी बजार निरीक्षण अनुगमन सुरु गरेको छ। विभागको टोलीले निरीक्षणको क्रममा पेप्सीकोलास्थित ए बी टिपिकल थकालीलाई बेकरी सर्टेनिङको प्रयोग नगर्न निर्देशन दिएको छ । पेप्सीकोलामै रहेको सूर्यमुखी डेरी पसलमा प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत पाइएको विभागले जनाएको छ । विभागले विस्तृत परीक्षणको लागि नमूना संकलन गरी प्रयोगशालामा पठाएको छ । अन्य तीनवटा डेरीमा पनि विभागले अनुगमन गरे पनि कुनै पनि कैफियत नपाएको जनाइएको छ ।

पेप्सीकोलामै रहेका काभ्रे डेरी, गोलोक डेरी, अनुप डेरी र सूर्यमुखी डेरी पसलमा अनुगमन भएको छ । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको छ । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौँमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ ।

सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएकोे छ ।टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौँमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ । बेकर्स बेकरी उद्योग काठमाडौँ महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, कामनपा–३१ बानेश्वर, काठमाडौँमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो ।

बिनालेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको छ । मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरथिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको दिएको छ । सिफान स्टोर, मध्यपुरथिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताउनुभयो । जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको छ । चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *