काठमाडौं । यही असोज १० देखि १२ गतेसम्म लगातार अविरल वर्षा हुँदा देशका अधिकांश भू–भागमा ठूलो धनजनको क्षति भएकोे छ । सो बाढीपहिरोले पु-याएको धनजनको क्षतिको विवरण अहिलेसम्म एकिन भइसकेको छैन । दशैंको मुखमा गएको बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ । उक्त बाढीपहिरोले पु-याएको क्षतिको कारण सुधारोन्मुख अर्थतन्त्रमा ठूलो असर पारेको छ । चालु आर्थिक वर्षको विकास बजेट बाढीपहिरोले भौतिक संरचना पु-याएको क्षतिको पुननिर्माणमा खर्च हुने देखिन्छ । त्यसले गर्दा नयाँ विकास निर्माणका काम ठप्प हुने भएका छन् ।
बाढीपहिरोले १७६९ वटा घरमा क्षति पु-याएको छ भने ५५ वटा पक्की पुल काम नलाग्ने भएका छन् । त्योसँगै ६० भन्दा बढी सहडकहरु क्षतविक्षत भएका छन् । यिनै सडक र पुल मर्मत सम्भारमा आचु आर्थिक वर्षको विकास बजेट खर्च हुने देखिन्छ । देशमा सरकारको लक्ष्यअनुसार राजश्व पनि उठ्न सकेको छैन । उद्योगधन्दा कलकारखानाहरु पनि राम्रोसँग चल्न सकेका छैनन् । सरकारले स्थल र हवाई यातायातमा सुविधा र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा पर्यटकहरु नेपाल आउन हिचकिचाइरहेका छन् । नेपालमा लक्ष्यअनुसार पर्यटक नभित्रिँदा पर्यटन विकास हुन सकेको छैन । बरु उल्टै अध्ययन र रोजगारीको लागि नेपालीहरु विदेसिँदा ठूलो मात्रामा नेपाली पैसा विदेसिएको छ ।
त्यस्ता विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे बेखर जस्तै बनेर बसेका छन् । सरकार बनेको दुई महिना नाघिसक्दा पनि कुन मन्त्रालयका मन्त्री को हुन् भनेर सर्वसाधारणले पहिचानसमेत गर्न पाएका छैनन् । त्यसैगरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएर अख्तियारमा बयान दिँदैमा हैरान छन् । महानिर्देशक अधिकारीलाई पोखरा विमानस्थल, लुम्बिनी विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लागेको छ । महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा भवन निर्माण गर्दा अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप खेपिरहेका छन् ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे रमिते बनेका छन् । उता नेपाल पर्यटन बोर्डको सिईओमा दीपकराज जोशीलाई नियुक्त गरिएको छ । तत्कालीन एमाले सरकारमा नेता आनन्द पोखरेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा उनै दीपकराज जोशी सिईओ थिए । त्यतिबेला जोशी सिईओ हुँदा नेपाल पर्यटन बोर्डलाई तहसनहस बनाएको आरोप छ । त्यतिबेलाका सिइओ जोशीले पर्यटन बोर्डसँगै पर्यटन क्षेत्रका विभिन्न निकायमा संग्राहलय स्थापना गर्ने, विदेशी पर्यटकहरु नेपाल भित्र्याउने नाममा टुरिजम व्यवसायीहरुसँग मिलेर ठूलो मात्रामा आर्थिक लाभ लिने गरेको आरोप उनीमाथि लागेको थियो । त्यतिबेला जोशीलाई भ्रष्टाचार मुद्दा लाग्नुपर्नेमा पैसा र राजनीतिक पावरको भरमा जोगिएका थिए ।
पर्यटन क्षेत्रका विज्ञहरु हुँदाहुँदै पर्यटन सम्बन्धी पटक्कै ज्ञान नभएका जोशीलाई सिईओ बनाएपछि पर्यटन क्षेत्र झन् तहसनहस बनाएको आरोप उनीमाथि लागेको थियो । हालको एमाले र कांग्रेस मिलेर बनेको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उनै भ्रष्ट चरित्रका जोशीसँग ठूलो मात्रामा आर्थिक लाभ लिएर नेपाल पर्यटन बोर्डको सिईओ बनाएको आरोप पर्यटन व्यवसायीहरुले लगाएका छन् । त्यसकारण पनि सिईओ जोशीमाथि भ्रष्टाचार र अनियमितता गरेर अकुत सम्पत्ति कमाएकाले छानविन गर्नुपर्ने आवाज पर्यटन क्षेत्रमा उठ्न थालेको छ ।