कांग्रेले भातृ संस्थाको अधिवेशन गर्न नसक्दा संगठन ध्वसत

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले विगत लामो समयदेखि भातृ संघ, संगठनको अधिवेशन गर्न सकेको छैन । पार्टीको आन्तरिक विवादको कारण भातृ संस्थाहरु सधैं लथालिङ्ग अवस्थामा गुज्रिइरहँदा संगठन नै ध्वस्त बन्न पुगेको छ । पार्टी नेतृत्वले संगठनलाई भन्दा गुट र नातावादलाई प्राथमिकतामा राख्दा यस्तो अवस्था सिर्जना भएको हो । विगत लामो समयदेखि संगठनको मेरुदण्ड भनेर चिनिने नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, दलित संघ, आदिवासी जनजाति संघ, मधेसी, मुस्लिम संघलगायतको आवधिक अधिवेशन गर्न सकेको छैन ।

यस्ता भातृ तथा मातृ संस्थाहरुको झन्डै दुई÷तीन कार्यकालसम्म निर्वाचन गरेर नेतृत्व परिवर्तन गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । पार्टी नेतृत्वले सधैं आफ्नो कब्जामा पारेर राख्नको लागि भातृ संस्थाहरुको अधिवेशन नगरी तदर्थ समिति गठन गरेर झारा टार्दै आएको छ । भातृ संघसंस्थाको अधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । अधिवेशन गर्दा आफ्नो गुटले नजित्ने देखेपछि अधिवेशन नगरी विवाद सिर्जना गरेर आफूअनुकूलको तदर्थ समिति गठन गर्दै झारा टार्ने काम नेतृत्वबाट हुँदै आएको छ । पार्टीको विधानअनुसार भातृ, मातृ तथा शुभेच्छुक संघसंगठनहरुको आवधिक अधिवेशन समयमै गराउन दबाब दिनुपर्नेमा त्यो नगरी पार्टी नेतृत्वले तदर्थ समिति गठन गरेर चलाउने परम्परा झागिँदै गएको छ । एकशकदेखि नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, दलित संघलगायतको अधिवेशन हुन सकेको छैन ।

अधिवेशन नहुँदा पार्टी संगठनमा इमानदारपूर्वक लागेर काम गरेका विभिन्न तह, तप्काका जुझारु कार्यकर्ताहरु सधैं पछि पर्ने गरेका छन् । नेताका आसोपासेलाई तदर्थ समितिको नेतृत्व जिम्मा लगाउँदा उनीहरुले अधिवेशन गराउन सकेका छैनन् । तदर्थ समितिमा पनि संस्थापन पक्ष र इतरपक्षको लडाइँले गर्दा त्यसले पूर्णता पाउन सकेको छैन । संस्थापन पक्ष र इतरपक्षको मात्रै गुट नभएर नेतैपिच्छेको गुट उपगुटको कारणले कांग्रेसका कार्यकर्ता छिन्नभिन्न भइरहेका छन् । कार्यकर्तामा निराशा छाएपछि गाउँतहसम्म पार्टी संगठन ध्वस्त हुँदै गएको छ । तर, पार्टी नेतृत्वले त्यतातिर ध्यान दिन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *