काठमाडौं । सरकार बनेको ३ महिना पुग्दा नपुग्दै धरमराउन थालेको छ । कांग्रेस र एमालेको सरकारले आर्थिक उन्नति र विकासको लागि प्राथमिकता दिनुको साटो राजनीतिक स्वार्थ साँधेर एकअर्काप्रति दोसारोपण गरी आफू पन्छिने काम गरिरहेका छन् । कांग्रेस र एमाले ठुला दुई दल मिलेर बनेको सरकारले नत बाढिपिडितलाई राहत दिनसकेको छ नत बस्ने बासको व्यवस्थापन नै गर्न सकेको छ । सत्ता लम्बाउन कहिले दुर्गा प्रसाइ त कहिले रवि लामिछानलाई पक्राउ गरेर तमासा देखाइरहेका छन् । यी दुई ठूला दल आफ्नो स्वार्थको रवि र दुर्गा प्रसाईलाई पक्राउ गरेर आफू तल पर्ने काम गरिरहेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर रास्वपा कार्यकता तताउने भन्दा अन्य काम गर्न सकेको छैन ।
सहकारी ठगी काण्डमा कांग्रेस नेता धनराज गुरुङ र एमालेका नेतालहरु लाग्दा सत्ताको आडमा छुटकारा दिने तर रवि लामिछानेलाई भने पक्राउ गरेर कसैलाई काख कसैलाई पाखा गर्ने काम भइरहेको छ । अहिले राजधानीदेखि देशका विभिन्न भागमा रवि लामिछानेको पक्षमा नारा जुलुस घन्किरहेको छ । त्यसको अर्थ हो रवि लामिछानेमाथि हुन लागेको छानबिनलाई प्रभावित बनाउनु । रविलाई निर्दोष सावित गर्न देशैभरी रवि लामिछानेका कार्यकर्ताले ‘रवि आउँ देश बचाउँ सहकारी ठगी काण्ड झुठ्ठा हो भन्ने जस्ता नारा लगाइरहेका छन् । रविका कार्यकर्ताहरुको हर्कत देख्दा रविलाई ठुला राष्ट्रवादी नेता बनाइरहेको भान हुन्छ । त्यसले गर्दा जनताको नजरमा कांग्रेस र एमाले गिर्दै गएका छन् ।
सहकारी काण्डमा मुछिएका नेताहरुलाई सरकारले छानविन गर्न खोज्दा पार्टीका कार्यकर्ताले जोगाउनु भनेको अपराधलाई राजनीतिक संरक्षण दिनु हो । जुनसुकै पार्टीको नेता, कार्यकर्ता होस् यदि अपराध गरेको हो भने छानविन हुनुपर्छ । होइन भने हिजो कांग्रेस नेताहरु गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरिञ्जिवी वाग्ले जस्ता नेताहरुलाई भ्रष्टाचारको आरापमा कांग्रेसकै सरकारले कारबाहीको दायरामा ल्याएको थियो । अहिले सहकारी ठगी काण्डले देशैभरि उग्र रुप लिँदै छ । यदि साच्चिकै छानविन गर्ने हो भने कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका पुराना दलका नेता, कार्यकर्ताहरु कति कारबाहीमा पर्नेहुन् त्यो एकिन छैन ।