दान काण्डले एमाले ओरालो लाग्दै

राजनीति समाचार

काठमाडौं । केपी ओली एमाले–एमाले नै केपी ओली भन्ने मान्यता स्थापित हुँदा पार्टीका वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरु अध्यक्षका सामु कति निरीह रहेका छन् त्यो भन्नै परेन । एमाले कुनै सिद्धान्त, नीति र विचारमा चलेको पार्टी भएन । राज्यस्रोत दोहन गरेर देश कंगाल बनाउने पार्टी कुनै छ भने त्यो एमाले हो । जसले कोरोना कालमा मृतकका लागि प्रयोग हुने कपडामा पनि कमिशन खान छाडेन । पार्टीका नाममा व्यवसायी मिनबहादुर गुरुङसँग १३ रोपनी जमिन दान लिन्छन् । जुन दान एमाले पार्टीको होइन, केपी ओली र पार्टी अध्यक्ष एक्लैको निर्णयबाट ग्रहण भएको हो । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुले मुख खोलेनन् ।

एमाले पार्टी भाटभटेनी सुपर मार्केटको अर्काे व्यापारिक अखडा बनेको छ । जसले चुनावमा टिका वितरण गर्छ र खर्च दिन्छ । भाटभटेनीमा माओवादीको लगानी छ भन्ने स्याल हुइँया मच्चाउने एमालेका साइबरे बेपत्ता छन् । एमालेमा आत्मा मरिसकेका कार्यकर्ता छन् । ओलीका दास धेरै छन् । चाकडी गरेर पद पाएका गोकर्ण, रघुजी पन्तहरुलाई बोल्ने आँट छैन । आफ्नो क्षमताले उनीहरु न त सांसद भए न त पार्टी नेतृत्वमा पुगेका छन् ।

तानाशाहीकरणको पार्टी एमाले बन्दैछ । ११ रोपनी जग्गा एउटा व्यापारीले कुन स्वार्थमा दिएको छ । जुन व्यापारीले आफ्नो स्टोरमा जम्मा भएको सामानको भुक्तानी नदिँदा एउटा व्यवसायीले आत्मदाह गरेको तीन वर्ष पुरा भएको छ । केपी ओली कस्ता मान्छे हुने, स्वार्थका लागि के गर्छन, त्यो देखियो । एमाले माफियालाई विद्युत महसुल नतिर भन्न पछि परेन । तिनै माफियाको पैसाले ०४८ सम्मका सुकुम्बासी रातारात भैंसेपाटी देखि बालुवाटारसम्म जग्गा खरिद गर्ने हैसियतमा पुगे । विष्णु पौडेलले केपीको कृपाले पाएको उपप्रम तथा अर्थमन्त्री पद र पार्टीको उपाध्यक्षको समेत गरिमा राखेनन् ।

केपीको शासनमा कुनै माफिया, तस्कर, राजस्वमारा माथि कारबाही हुँदैन । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा खान सिकाउने ओली विद्यु्त प्राधिकरणलाई प्राप्त हुने २२ अर्ब महसुल तिर्न र उठाउन प्राधिकरण र व्यापारीहरुलाई कडिकडाउ गर्दैनन् । किनकि पैसा ओलीले हजम गरेका छन् । एनसेलको १९ अर्ब राजस्वको कुरा पनि त्यही हो । एमालेले खोजेको समृद्धि र विकास त्यही हो । जसले कालो बजार चम्काउँछ, देश टाट पार्दै विदेशी ऋण बढाउँछ । राजस्व उठाउन दिँदैन भन्ने पुष्टि गर्दछ ।

एमालेको सामुहिकताको अर्थ छैन । जहाँ पार्टीको बद्नामी हुँदा समेत नेतृत्वमा भएका कसैले मुख खोलेका छैनन् । माओवादीलाई लगाएको आरोप आफैंतिर फर्केको छ । हात्ती लम्किन्छ, कुकुर भुक्छ भनेजस्तै एमाले छिया छिया बन्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *